अनिर्णयको स्थिति

बुढो फेरि चश्मा पाइएला कि भनेर खोज्न थाल्यो । चश्मा लगाएरै हेर्दा त आँखाले भ्याउन गाहारो त्यसमाथि विना चश्माले हेरेर के भेट्टाउन सक्नु ! तैपनि पाइएला कि आँखाको सहारा भनेर बुढो यताउति खोज्न थाल्यो ।

 

ध्रुव मधिकर्मी

 

चोर फर्कंदा ढोकानिर कुकुर निदाइरहेको थियो । कुकुर शायद चोरको गन्धदेखि परिचित थियो । वा कुकुर रोगग्रस्त भएको कारणले भुक्न असमर्थ थियो । चोर ढोका खोलेर बाहिर निक्लन लाग्दा एउटा केटो सँघारमै भेट भयो । केटोलाई देखेर चोर एकछिन त हक्क न बक्क भयो । भित्रभित्रै पनि भयभीत भयो । तर छिट्टै सम्हालियो । केटोले केही बोल्नु अगावै चोरले के छ बाबु भन्दै हत्तनपत्त खल्तीबाट मिठाइको सानो पोको झिकेर उसको हातमा राखिदियो । केटो त्यो अपरिचित व्यक्ति र मिठाइको पोकोलाई पालैपालो हेरिरह्यो । त्यतिञ्जेल चोर मूल ढोका नाघेर पर पुगिसकेको थियो ।

केटो मिठाइको पोको पाएर खुशी भयो । ऊ अरुले मिठाइ देख्ला भनेर एउटा कुनामा बसेर कपाकप खान थाल्यो । त्यहीबेला अर्को एकजना केटो त्यहाँ आइपुग्यो । हेर्दै मिठो होला जस्तो मिठाइ खाइरहेको देखेर उसको मुखमा पनि पानी आयो ।
“के खाइरहेको ? ,”त्यसले लोभिंदै सोध्यो ।

केही होइन । , केटोले कुरा लुकाउन खोज्यो ।

अनि त्यो मुख चलाएको किन त ? मलाई पनि देऊ नत्र म सबैलाई म भनिदिन्छु के !, मिठाइ नपाउने छाँट देखेपछि त्यो केटोले तर्साउन खोज्यो ।

पहिलो केटोले बाध्य भएर उसलाई पनि केही भाग दिनै प¥यो । अनि दुईजना मिलेर पोको फुकाउँदै स्वाद मानिमानि मिठाइ खान थाले ।

कसैलाई नभन है त !

हुन्छ ।

त्यस दिन चोर आएको र त्यसले कोठाकोठा चहारेर विभिन्न मालताल कुम्ल्याएको कुरा कसैले थाहा पाएनन् । एक त घरमा प्रायः कोही न कोही पाहुना वा कसै न कसैका साथीभाइहरु आइरहन्छन् , त्यसमाथि ठूलो परिवारमा कसै न कसैकहाँ कोही न कोही त आइरहेकै हुन्छ । त्यसैले को गयो को आयो भनेर कसैलाई पनि चियो गरिरहने खासै कुनै चासो हुन्न ।

साँझमा परिवारका मान्छेहरु घर फर्कन थाले । कोही कार्यालयबाट फर्केका थिए भने कोही ट्युशनबाट फर्केका थिए । कोही घुमफिर गरीवरि त कोही बजारमा आवश्यक किनमेल गरी आएका थिए । ती एक न एक कामबाट फर्केका हुनाले थकित झैं देखिन्थे । घर फर्केर ती आआफ्ना कोठामा केही बेर सुस्ताउन गए ।

अर्को दिन शुरु भयो ।

यसैबेला कोही करायो – ए आमा , मेरो कलम यहीं थियो, खै कसले लियो ?
विचरी आमालाई के थाहा !

बाबु , मलाई के थाहा । राम्ररी खोज न कहीं अन्तै पो राखेर बिस्र्यौ कि ?, आमाले भनिन् ।
म संधै यहीं त राख्छु । खै हिजो अस्ति हराउनु परेन , आजै मात्र हराउनु पर्ने किन ?, छोरो चाहिँ झर्कियो ।

आमा त्यहाँबाट फर्केर भ¥याङ ओर्लदै थिइन् । त्यसैबेला लोग्नेको आवाज आयो – ए सुन त, मेरो चश्मा तिमीले कहाँ राख्यौ , हेर त ?

कहाँ राख्नु नि मैले, चश्मा लाउने तपाईँ , सुत्नलाई झिकेर राख्ने तपाईँ । मलाई के थाहा हुनु । जहाँ राख्या हो त्यहीँ होला नि !

जहाँ राख्या हो त्यहाँ पाइएको भए तिमीलाई किन सोध्थें ए बुढी , नभेटिएर पो सोध्या त !, बुढो पनि आफ्नै तालले झर्कियो ।

बुढो फेरि चश्मा पाइएला कि भनेर खोज्न थाल्यो । चश्मा लगाएरै हेर्दा त आँखाले भ्याउन गाहारो त्यसमाथि विना चश्माले हेरेर के भेट्टाउन सक्नु ! तैपनि पाइएला कि आँखाको सहारा भनेर बुढो यताउति खोज्न थाल्यो ।

यसैबेला बुहारीको कोठाबाट एकासि च्याँठ्ठिएर रोएको आवाजले घरका सबै मानिस झसङ्ग भए । यसरी घरै उचालिने गरी एकासि रोएको सुनेर घरका मानिसहरु अचम्भित भए । को रोएको होला भनेर ’emले एकछिन त अनुमानै लगाउन सकेनन् । रुवाइ बुहारीको कोठाबाट आइरहेको थियो । ती सब रुवाइलाई पछ्याउँदै बुहारीको काठामा जम्मा भए । बुहारी छाती पिटीपिटी रोइरहेकी थिई – लौन मेरो त सर्वस्व गयो !

कोठाको दृश्यमा कुनै ठूलो परिवर्तन थिएन । झट्ट हेर्दा केही भएको जस्तो पनि देखिन्नथ्यो र कोठाको अवस्थालाई लिएर रुनु पर्ने कुनै कारण पनि थिएन । तर बुहारी भने आफ्नो सर्वस्व गुमेको बिलौना गर्दै रोइरहेकी थिई । छाती पिटिरहेकी थिई । कोठाको सरसामान यथास्थानमा थियो , कहीँ कतै कुनै चीज यताउति गरिएको वा भताभुङ्ग पारिएको अवस्था पनि देखिन्नथ्यो । तर कोठाको दराज भने खुल्ला थियो । दराजको भित्री भागमा रहेको सानो सेफ पनि खुल्ला थियो र त्यो पुरै रित्तो थियो । बुहारी चाहिँ असह्य वेदनाले नमीठोसित रोइरहेकी थिई ।

के भएको हो ए बुहारी ?, आमाले नजिक गएर सोधिन् ।

आमा, मेरो सर्वस्व गयो । गरगहना सबै चोरी भयो , केही बाँकी छैन । अब म कसरी बाँचू ! कसरी घरबाहिर निस्कूँ ! को होला त्यो ! त्यसको त हातै भाँचियोस् । त्यो चोरको बंश सखाप होस् !, अरु पनि के के भन्दै बुहारी आफूभित्रको आक्रोश, वेदना र छटपटी पोखिरहेकी थिई ।
अरु चुपचाप हेरिरहेका थिए ।

बैठक कोठामा घरको ठूलो छोरा टाउकोमा हात राखेर चिन्तातुर मुद्रामा बसिरहेको थियो । ऊ केही बोलिरहेको थिएन । तर सबभन्दा ठूलो पीर उसैलाई परेको हो कि भन्ने लाग्थ्यो । ऊ घरि आकाशमा हेथ्र्यो त घरि कोठाको खास ठाउँमा । त्यहाँ के थियो र अहिले छैन भन्ने’bout धेरैलाई थाहा छैन । त्यस’bout ऊ केही बोलिरहेको पनि थिएन तर उसको अप्रकट अवस्थाले ठूले चीज गुमेको तथ्य भने बोलिरहेको भान हुन्थ्यो ।

बाबु, प्रहरीलाई बोलाउने कि !, आमाले सुझाइन् ।

कोही बोलनन् । तर यसैबीच काम न काजको , अल्लारे र हाउडे भएर छोराले सबैको मुखमा बुजो लाइदियो – प्रहरी बोलाएर के हुन्छ ! आआफ्नो सामानको सुरक्षा त आआफैले पो गनुपथ्र्यो । आफ्नो सामानको सुरक्षा आफै गर्न नसक्नेलाई प्रहरीले के खाएर गर्नुृ ! पर्दैन प्रहरीस्रहरी बोलाउन । घरको कुरा बाहिर पु¥याउनु हुन्न ।

उसले प्रहरी बोलाउने कुराको विरोध गरेको देखेर एउटाले सोध्यो– तेरो त केही हराएन होला ?

मेरो के छ हराउनलाई , जसको छ त्यसैको हराउँछ र जसको छैन उसले अरुको जसरी सकिन्छ उसरी लिने हो ।, उसको कुरालाई अरुले त्यति गम्भीरतापूर्वक लिएनन् । तर ऊ भने मनमनै हाँसिरहेको थियो – तिमीहरुलाई यस्तै हुनुपर्ने हो । बल्ल स्वाद पाउने भइस् !

यसैगरी घरभरिकाहरुको केही न केही हराएको गुनासो सुनियो । चश्मा , कलम कापी , मूर्ति, गरगहना ,लुगाफाटा, टेलिफोन आदि भौतिक सरसामान मात्र होइन महत्वपूर्ण कागज , नैतिकता , इमान्दारी ,न्याय, कानुन, स्वाभिमान, संवेदना जस्ता पनि शायद हराएको थियो । जसको केही हराएको थिएन ती प्रहरी बोलाउने खिलाफमा थिए भने अरु प्रहरी बोलाउनु पर्ला कि नपर्ला भनेर कुनै निक्र्यौल गर्न सकिरहेका थिएनन् । परिवारका अधिकांश सदस्यहरु चोरीको कुराले किंकत्र्तव्यविमूढ भएर टोल्हाइरहे ।