अन्नपूर्ण बेसक्याम्पको मोह 

सगरमाथाभन्दा पहिले चढिएको हिमाल हो, अन्नपूर्ण हिमाल । अनि विश्वमै चर्चा कमाएको हिमालै हिमालले घेरिएको सानो उपत्यका हो, अन्नपूर्ण बेसक्याम्प । सन १९५० जुन ३ मा फ्रन्सका आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रमथ हिमाल आरोहण गरेका थिए । त्यसै कारण अहिले पनि बर्सेनि हजारौं पर्यटक पदयात्रामार्फत अन्नपूर्ण बेसक्याम्प पुग्छन् । सगरमाथा बेस क्याम्प पछिको खर्चिलो पद यात्राको रुपमा रहेको अन्नपूर्ण बेस क्याम्पमा बर्षेनी हजारौ बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् । पाका उमेरका विदेशी पनि अन्नपूर्णको रोमाञ्चककारी यात्रा गर्न पुग्छन् । पदयात्रामार्फत अन्नपूर्ण बेसक्याम्प पुग्न एक हप्ता लाग्छ । हिँड्न नसक्ने, एक हप्ते समय नभएका व्यक्तिलाई हिमाल पुगेर रमाउन हेलिसर्भिस पनि एक गतिलो माध्यम बनेको छ ।
अन्नपूर्ण बेसक्याम्पबाट संसारकै अग्ला दश हिमाल मध्ये तीन धौलागिरी, मनास्लु र अन्नपूर्ण लगायत माछापुच्छे«, निलगिरी, बार शिखर हिमालहरुको मनमोहक दृश्य अवलोकन गर्नका साथै हिउँको आनन्द लिन सकिन्छ । पदयात्राका लागि र्काित्तक–मंसिर र चैत्र–बैसाख उपयुक्त समय भएपनि अन्य समयमा एसियन मुलुकहरु भारत,बगालदेश,भुटान,चीन,थाइल्याण्डका पर्यटकहरु पद यात्रामा आउछन् । पदयात्राको क्रममा विभिन्न प्रजातिका चराचुरुङ्गी, पहाड भरी रताम्मे फुलेको लाली गुराँस लगायतका फुलहरु यात्रा अवधि भरी देख्न सकिन्छ । पोखराबाट गाडीमा घान्द्ुक हुदैं वा घोरेपानी, पुन हिल, देउराली, वनथाटी हुदै टाडापानी, चुहिले, दुरविन डाँडा हुदै छोम्ररुङ्गमा को पदमार्ग पनि उपयुक्त हुन्छ । । छोम्ररुङ्गबाट सिनुवा, ब्यामबो, दोभानहुदै हिमालय, देउराली, माछापुच्छे बेस क्याम्प हुदै अन्नपूर्ण बेस क्याम्प जान सकिन्छ ।
दशकैयता पछिको लगातार हिउँ परेको र हिमआँधीका कारण यस बर्षको फाल्गुण महिनाको मध्यतिर अन्नपूर्ण बेस क्याम्पका होटलहरु भत्किएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकहरुलाई सतर्क गराएका छन् तथा माछापुच्छ्रे बेस क्याम्पका होटलहरुमा कुनै क्षति नभएको कारण अन्नपूर्ण बेसक्याम्पमा हाइकिङ गरी माथि घुमेर माछापुच्छ्रे बेसक्याम्पमा बस्ने सुविधा छ ।
समुन्द्र् सतह देखि करिब ४००० मि. मा अवस्थित अन्नपूर्ण बेसक्याम्पमा पाइला टेक्नुमात्रपनि मानव जीवनको अमूल्य र अवस्मरणिय क्षण हुन्छ ।
शब्द /  तस्विर :  सुनिल शर्मा