एउटा गीतबाट हल्लियो शिंहदरवारदेखि बालुवाटारसम्म

केहि दिन अगाडी मात्र बजारमा आएको पशुपति शर्माको व्यंग्यात्मक गीत लुट्न सके लुट कान्छा गीतलाई सरकारले हटाउन लगाएको छ । शर्माले गीतमा प्रयोग गरेका केहि शब्द आपत्तिजनक रहेको भन्दै परिमार्जन गर्न आदेश सम्म दिएको छ ।

सरकार सम्बद्ध दलका संगठनले पशुपति शर्मालाई धम्किसहित उनको कार्यक्रम बहिस्कार गर्न समेत आव्हान गरेका छन् । यसै बिचमा गायक तथा सर्जक शर्माले आफु कुनै दलमा आवद्ध नरहेको र स्वतन्त्र रुपमा सिर्जना गर्दापनि सरकार विरोधीको आरोप लाउदा दुख लागेको उल्लेख गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।

 

सरकारले संकुचित विचार पालेको भन्दै कला र कलाकारको सम्मान गर्न नसकेको प्रति सामाजिक संजालमा बिरोध शुरु भएको छ । दुइ तिहाइको शक्तिशाली सरकार कलाकारको एउटा गीतबाट तर्सिएको आरोप लगाउदै शर्माको गीत जस्ताको त्यसै अपलोड हुनुपर्ने माग राख्दै बिरोध शुरु हुन थालेको हो ।

 

पशुपति शर्मा व्यक्ति बिशेषको गीत गाउने कलाकार हैनन् ,पद्धतिको बिरोध गर्न पाइन्छ । कलाकार हुनुभन्दा पहिले नेपालको नागरिक हुन् ,देशको चिन्ता गर्ने बिरोध गर्ने अधिकार छ । सधैभरि आफुनै सर्वेसर्वा हुन्छु भन्ने घमण्ड नगर सरकार,भोलि अर्को कुनै शक्ति पुग्ला सरकारमा त्यो बेला लुट्न सके लुट गीतमा सबैभन्दा बढी नाच्ने तिमीहरु नै हुन्छौ ।

 

आफ्नो अनुहार गतिलो छैन ऐनालाई दोष दिएर हुन्छ त ? अनुहार गतिलो आउन त पहिला मुख सफा बनाउनुपर्यो नि ? दुइ तिहाइको सरकार पनि आफ्नो अनुहार ऐनामा हेरेर तर्सियो ,तर्सिएको मात्रै हैन ऐनानै फुटायो ।

 

 

पशुपति शर्माको गीतलाई सरकारी तवरबाट हटाइएको त हैन तर मानशिक रुपमा उनलाई पिडा दिएर हटाउन बाध्य बनाइएको भने पक्कै हो । दुइ तिहाइको सरकार ,इतिहासको सबैभन्दा बलियो सरकार,जनताको ढुकढुकी भनेर चिनिन खोजेको सरकार एउटा गीत बाट किन डराएको ?

 

 

चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाऊछ भन्थे हो रहेछ ? कसैको नाम तोकेर गीतमा व्यक्तिलाई आरोप लगाएको छैन । पद्धतिको बिरोध गर्ने अधिकार सबैलाई छ । देशमा हत्या हिंसा बलात्कार जस्ता अपराध दिनहु हुन्छन सरकार चुप बस्छ,काण्डनै काण्डले भरिपूर्ण भएको सरकार एउटा सत्य बोलीबाट तर्सिन्छ ।

 

गीत गाउनेलाई हैन लुट मच्चाउनेलाई कारवाही गर्न सक्नुपर्छ । तर सरकार एउटै गीतबाट अत्तालिएको जस्तो देखिएको विश्लेषण भने भएका छन् । यो गीत’bout प्रधानमन्त्री निवास बालुवाटारमै छलफल भएको र हटाउन दबाब दिइएको बताइन्छ ।

 

यसै सन्दर्भमा विभिन्न व्यक्ति र संघ संस्थाले पशुपति शर्माको साथमा बोलेका छन् ।बिबेकशील साझा ,नया शक्ति लगायतका पार्टीले सरकारको यो कामको खुलेर आलोचना गरेका छन् ।

 

‘नेपालको संबिधानको धारा १७ को उपधारा २ (क) को विचार र अभिव्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको  निश्कर्ष छ।

 

 

गीतको सरकार सम्बद्ध दलका केहि संगठनले बिरोध गरेपछि पशुपति शर्माले फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यसै :

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपति शर्मा

 

जनताले बोल्न नपाउने,अलि लै बोल्यो सुन्न नसक्ने ,हामीले ल्याएको के -के तन्त्र आज हामीमाथि नै भारि पर्दै छ । शर्माको पक्षमा कलाकारहरु खुलेर समर्थनमा लागेका छन् । बोल्न पाउने अधिकार सबैलाई छ ,कलाकारलाई देशको चिन्ता गर्ने अधिकार नहुने हुन्छ ?