तितो कफीमा मोहित हुनुको कारण

एजेन्सी । मानिसको जिब्रो गुलियो, स्वादिलो र मिठो मात्र खोज्ने स्वभावका हुन्छन् । तरपनी तितो हुँदाहुँदै मानिसहरु कफी भनेपछि हुरुक्कै गर्छन् ।

यसरी तितो प्रति यति संवेदनशील हुनुको सम्बन्ध व्यक्तिको जिन अर्थात् रगतको प्रकार, पाचन प्रणाली, आँखाको रंग जस्तो कारण भएकोे एक अध्ययनले देखाएको छ ।

वास्तवमा तितो मन नपराउनेहरु विशेष गरी कफीप्रती आकर्षित हुने नै अध्ययनको नतिजा रहेको छ । नर्थवेष्टर्न विश्वविद्यालय अन्तर्गतको फिनबर्ग स्कुल अफ मेडिसिनका सहायक प्राध्यापक तथा बरिष्ठ अनुसन्धानकर्ता मेरिलिन कोर्नेलिसका भन्छन्, ‘कफीको तितो स्वादमा संवेदनशीलहरुले कम कफी पिउँछन् भन्ने हामी अपेक्षा गर्छौं, तर अध्ययन अनुसार यसको विपरित अर्थात् कफीमा हुने क्याफिन तत्वको कारण यसले तितो भएपनि कफीको खान रुचाउँछन् । ’

यसलाई अर्को रुपमा भन्दा कफीको तितोपन थाहा पाउने व्यक्तिले यसमा आउने सकारात्मक तत्व पनि अनुभव गर्न सक्छन् । सामान्तया तितोपन मुखमा पर्दा हाम्रो शरिरले विशाक्त तत्व परेको भन्दै चेतावनी दिने गर्दछ । तर क्याफेन शरिरमा पर्दा हाम्रो त्यसमा भएको क्याफेन तत्व भएकोले पनि खराब तत्व होइन भन्ने कुरा दिमागले ठम्याउने गर्दछ । सोही कारण पनि पहिलो पटक कफी पिउँदा नमिठो लागेपनि खाँदै जाँदा हरेक पटक चुस्की लाउँदा औधी मजा आउँछ ।

त्यस्तै अध्ययनकै क्रममा चिया, कफी र मद्यपान जस्ता तत्वहरु खाइनुको मुख्य कारण मानिसको जिन रहेको पनि पत्ता लागेको छ । अर्का अनुसन्धानकर्ता जुइ सेङ अङका अनुसार, ‘उस्तै लागेपनि विभिन्न खाद्यपदार्थबाट आउने तितोपन हामी बुझ्छौं, यी स्वादमा हुने तितोपन थाहा पाउने गुण भने मानिसको शरिरमा निहित हुन्छ । ’

करिब ४ लाख मानिसमा गरिएको अध्ययन अनुसार तितो स्वादको हरियो तरकारी तथा टनिक वाटरको स्वाद तितो महसुस गर्नेले विशेषगरी कफी भन्दा चिया मन पराउने देखियो ।

 

त्यस्तै ब्रसेल स्प्राउट तितो लाग्नेले रक्सी अझ विशेषगरी रातो वाइन नखाने गरेको पाइयो । यो तथ्यको सहयोगले बैज्ञानिकहरुलाई नराम्रो लतको विषयमा पनि सहयोग गर्न सक्ने अङले बताए ।

अङका अनुसार अध्ययनकर्ताहरुले कफीमा प्रयोग हुने क्रिम तथा चिनी जस्ता तत्वमा ध्यान नदिएको देखियो । कतिपय अवस्थामा मानिसहरु कफीको तितो कम गर्न यि तत्वको प्रयोग गर्न सक्छन् । उनि थप्छन्, ‘यो हिसाबमा पनि हामी भन्न सक्छौं कि व्यक्तिगत स्तरहरु जस्तै सामाजिक–आर्थिक अवस्था, क्याफेन पचाउन सक्ने क्षमता तथा धुम्रपान गर्ने बानी जस्ता धेरै कुराहरुले कफी खाने प्रवृत्तिलाई असर पारिरहेको हुन्छ ।’

उनका अनुसार मानिसहरु एकै प्रकारको किफी नखाइ विभिन्न स्वादको कफी खाइरहेका हुन्छन् । सोही कारण पनि अध्ययनकर्ताहरुले समग्रमा मानवको जिनको सम्बन्ध तितो पेयसँग कसरी रहेको छ भन्ने अध्ययन गरिरहेको छ । उनि थप्छन्, ‘सम्भवत सबै प्रकारको कफीहरु एकै प्रकारको तितोपन दिइरहेको हुन्छ । ’