युट्युवबाट हटाउन लगाइयो पशुपति शर्माको गीत ,फेसवुकमा लेखे मनछुने स्टाटस

केहि दिन अगाडी मात्र बजारमा आएको पशुपति शर्माको व्यंग्यात्मक गीत लुट्न सके लुट कान्छा गीतलाई सरकारले हटाउन लगाएको छ । शर्माले गीतमा प्रयोग गरेका केहि शब्द आपत्तिजनक रहेको भन्दै परिमार्जन गर्न आदेश सम्म दिएको छ ।

सरकार सम्बद्ध दलका संगठनले पशुपति शर्मालाई धक्की सहित उनको कार्यक्रम बहिस्कार गर्न समेत आव्हान गरेका छन् । यसै बिचमा गायक तथा सर्जक शर्माले आफु कुनै दलमा आवद्ध नरहेको र स्वतन्त्र रुपमा सिर्जना गर्दापनि सरकार विरोधीको आरोप लाउदा दुख लागेको उल्लेख गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।

 

 

उनले आफुलाई बिबादमा आउन नचाहने स्वभावको मान्छे बताउदै शब्द परिमार्जन सहित फेरी गीत युट्युवमा राख्ने बताउदै यसबाट दर्शकमा पर्न गरेको असर प्रति माफी मागेका छन् ।

 

सरकारले संकुचित विचार पालेको भन्दै कला र कलाकारको सम्मान गर्न नसकेको प्रति सामाजिक संजालमा बिरोध शुरु भएको छ । दुइ तिहाइको शक्तिशाली सरकार कलाकारको एउटा गीतबाट तर्सिएको आरोप लगाउदै शर्माको गीत जस्ताको त्यसै अपलोड हुनुपर्ने माग राख्दै बिरोध शुरु हुन थालेको हो ।

 

 

हेर्नुहोस पशुपति शर्माको स्टाटस :