राहु काल : राहु केतु जाग्रत अवस्था

 

प्राचिन ज्योतिष ग्रन्थ अनुसार राहुकालमा गरेको कार्यले सफलता प्राप्त हुँदैन । अतःराहुकालमा शुभकार्य कहिल्यै नगर्ने । ज्योतिष विद्वानको मत यसै प्रकारको रहेको छ । राहुकालको अवधि डेढ घण्टाको हुन्छ त्यो यस प्रकारको रहेको छ :-
आइतबार :- साँझ चार तिस देखि छ बजे सम्म
सोमबार :-प्रात:सात तिस देखि नौं बजे सम्म
मंगलबार :-अपरान्ह तिन देखि चार तिस सम्म
बुधबार :-दिवा बाह्र देखि एक तिस सम्म
गुरुबार :-दिवा एक तिस देखि तिन सम्म अर्चना
शुक्रबार:-पुर्वाहन दश तिस देखि बाह्र सम्म
शनिबार :-प्रात:नौं बजे देखि दश तिस सम्म

यसै तालिका अनुसार आफ्नो कार्यमा सफलता प्राप्त गर्न राहुकाललाई ध्यान राखी कार्य गर्दा अवश्य पनि कालको प्रभावले जीवनमा सहि गति प्रदान गर्दछ । राहु कालमा गरिएको कार्य निश्चित रुपमा सफल हुदैन । तर राहु केतु दोषको निवारणका लागि राहुकालमा भगवान शिवको पुजा अर्चनाले राहु केतु दोष शान्ति हुन्छ र शुभफल प्राप्त हुन्छ ।

 

मैले स्वयम् पनि यस कुरामा सात अनुभव गरेको छु।सोहि अनुभवको आधारमा मैले यो लेख लेख्दै छु।यहाँहरुले पनि यसै प्रकार जीवनमा काललाई प्रतिपादित गर्नु भएमा निकै अनुकुलता मिल्छ ।

 

राहु केतु जाग्रत अवस्था

 

यदि जातकको जन्म कुण्डलीमा दशम भाव खाली छ भने धन भावको ग्रहले कार्य गर्दैन।अर्थात् दशौं भावमा रहेको ग्रह सुप्ता हुन्छ,सुतेको अवस्था हुन्छ।यदि जन्मकुण्डलीमा धन भाव अर्थात् दोस्रो कोठा कुनै ग्रह छैन भने खाली छ भने नवम तथा दशम भावको ग्रह सुप्त अर्थात् सुतेको अवस्थामा हुन्छ यी सुतेका ग्रह कहिले उठ्छन जागृत हुन्छन कहिले कार्य गर्छन यसको वर्णन प्रसिद्द प्राचिन लाल किताबमा पाइन्छ।जातकको आयु ३६ देखि ४२ को बिचमा जातकको ससुरालीमा शुभकार्य विवाह आदि हुन्छ भने राहुले सुप्तअवस्था छोडी जागृत हुन्छ।यसै प्रकार जातकको जन्म राहु नक्षेत्र भएको छ भने जातकलाई ४४ र ४८ वर्षमा अशुभ भोग भोग्नु पर्छ। केतु ग्रहको जाग्रतको ’boutमा लाल किताब अनुसार जब जातकको प्रथम अथवा दोस्रो सन्तान हुन्छ । त्यस बेला केतु जाग्रत अवस्था हुन्छ अर्थात् जाग्रत भैदिन्छ ।जन्म कुण्डलीमा यहि जेतु शुभ छ भने जातकलाई शुभफल प्राप्त हुन्छ।यदि केतु अशुभ वा पापी छ भने जातकलाई अशुभ फल प्राप्त हुन्छ। जो कोहि जातकको कुण्डलीमा काल सर्प दोष उपस्थित छ भने त्यस जातकको जीवनमा ४८ वर्ष पछि अर्थात् ४९ वर्षमा विस्तारै विस्तारै सफलता प्राप्त हुन्छ।

 

उन्नति प्रगतिमा बाधक  राहुकेतु

काल सर्प योग राहुकेतुको माध्यमले नै बन्ने योग हो जो जातकको कुण्डलीमा काल सर्प दोष योग हुन्छ। त्यो जातक राहु केतुको अधिन हुन्छ।जस्ता जातकले जति धेरै मेहेनत गरेपनि पूर्णफल प्राप्ति हुदैन।कष्टले कहिलै छोडदैन। भाग्यले साथ दिदैन। दुख कष्टले गर्दा जीवनमा धेरै संघर्ष गर्नु पर्दा जीवनलाई राम्रो सित जान्न सकिन्छ । जिन्दगिलाई ज्यादै नजिकबाट जान्ने अवसर प्राप्त हुन्छ ।जीवनमा धोखा अपमान,दरिद्रता ,जल झेल छल झेल्दा झेल्दा यिनीहरु परिपक्क हुन्छन। यावत समस्याले गर्दा यिनीहरु भगवानलाई मान्ने भगवान प्रति विश्वास गर्ने भगवानसित जोडिने हुन्छन । संघर्ष मै जीवनको ६०/७० प्रतिशत आयु समाप्त भैसक्छ। राहु तथा केतुले आधा भन्दा बढी आयु अभावमै बित्छ।यस्ता जातक त्यसै बस्दैन केहि न केहि विषयलाई लिएर संघर्ष जारी नै रहन्छन ।