हिउँले चम्किएको कालिन्चोक यात्रा

 

सेताम्मे हिउ ले ढाकिएका पहाड अनी रङीचंगि आधुनिक डिजाइन का घरहरु , झट्ट हेर्दा युरोप झै लाग्ने दृश्य। पहिलो पल्ट दोलखा को कुरी बजार पुग्दा यस्तै महसुस भयो, सोचेको भन्दा धेरै सुन्दर । अत्याधिक हिउ परेका कारण हामी ३ घण्टा दोलखाको चरिकोटको अली माथि बाट पैदल नै  हिंडेर कुरी बजार पुगेका थियौ । हिउ मा चिप्लिदै लड्दै गन्तब्य मा पुग्नु को आफ्नै दु:ख छ, तर कुरी बजार को सुन्दरता ले सबै थकान अनी दु:ख हरु बिर्साइ दिदोरहेछ । त्यो रात कुरी बजार कै एक होटेलमा बसी आफु लाई न्यानो बनायौ अनी बिहानै कालिन्चोक मन्दिरको दर्शन गर्न निस्कियौ । जिन्दगी मा पहिलो पल्ट त्यती धेरै हिउ परेको देखेर म मात्र हैन, त्यहा पुग्ने सबै को मन प्रफुल्लित थियो, कोही हिउ खेल्दै थिए, त कोही हिउ को मान्छे बनाउदै थिए र कोही गीत गाउदै नाच्दै आफु लाई न्यानो बनाउदै थिए । धेरै हिउ का कारण उकालो हिंडेर जाने सम्भब नभएपछी हामी सबै केबलकारको यात्रामा लाग्यौ । केही मिनेटमै माथि पुगेर फेरी केही समय हिउले ढाकिएको भर्र्याङ् चढेपछी बल्ल पुग्यौ कालिन्चोक देवीको मन्दिर। जहाँ हेर्यो, त्यही सेतो । घन्टी नै घन्टी झुन्डाइएका । अनी बिचमा माता को मुर्ती । एउटा छुट्टै आनन्द । हिमाल देख्न नपाए नि दर्शन पछी बल्ल घाम लाग्यो र वरिपरि को सुन्दरता हेर्ने मौका जुर्यो । माथि बाट प्राय निलो छाना भएका कुरी बजार का घर हरु टल्किए अनी केबलकार बाट झर्दा फेरी फिल्ममा देखाइने यूरोपको जस्तो झझल्को । मौसमका कारण दुई दिनको यात्रा अली सहज नभएता पनि कालिन्चोकको सुन्दरता ले मन त्यसै फुरुक्क भयो । जीवनमा एक पल्ट चाँही पुग्नै पर्ने ठाउँ रहेछ कालिन्चोक ।
शब्द तस्बिर :  सृष्टि  काफ्ले