हिउँ खेल्ने र दर्शन गर्न जानेको अझै घुइँचो

 

 

 

दोलखाको सदरमुकाम चरिकोटबाट १७ किलोमीटर उत्तरमा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चाेक भगवती यतिबेला लगातारको हिमपातले सेताम्य भएर डाँडाकाँडा हिउँले ढाकेकाे छ । प्राकृतिक रूपमा अत्यन्त मनोरम कालिञ्चोकबाट रोल्वालिङ हिमशृङ्खलाको चित्ताकर्षक दृश्यले जो कोहीलाई आल्हादित बनाउँदछ ।

आन्तरिक पर्यटकले खचाखच दोलखाका सबै होटलहरु कालिन्चोक भगवती दर्शनार्थीले भरिएका छ्न । पुस महिनाको तेस्रो साताबाट सामान्य हिमपात सुरु भएको कालिञ्चोक यतिबेला तीन फिटसम्म हिउँले ढाकिएकाे छ ।

समुन्द्र सतहबाट ३८४२ मिटर उचाईमा रहेको कालिन्चोक भगवतीकाे दर्शन र हिउँको मज्जा एकैपटक गर्न सकिने भएकोले यतिबेला दर्शनार्थीको भीडलागेको छ ।

शब्द तस्वीर : शरद क्षेत्री /सुशील सुबेदी