नयाँ युगको प्रारम्भ

 

मत परिणामका हकमा अझै रुझान प्रारम्भिक नै छ तैपनि परिणामको झुकाव हेर्दा कम्युनिस्ट दलहरुको गठबन्धनले अग्रता लिइरहेको देखिन्छ । यसर्थ, यसै गठबन्धनले सरकार बनाउने सुविधा प्राप्त गरे, यसका विपक्षमा रहेका समेतले परिणामको स्वागत गर्नुपर्छ । ’cause, लोकतन्त्रमा कुनै दल विशेष यसको संरक्षक नभएर मतप्रकट गर्ने जनता नै यसका सर्वेसर्वा हुन्छन् ।

 

२१ मंसीर २०७४ मा केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै संविधानले गरेका महत्वपूर्ण राजनीतिक संकल्प पूरा भएका छन् । पहिलो चरण गए १० गते सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचन यस अगावै तीन चरणमा सम्पन्न भइसकेका हुन् । अर्थात् माघ ७, २०७४ को हदम्यादभित्रै संक्रमणकालको अन्त्य र नयाँ युग प्रारम्भ भएको छ ।

 

यसका लागि सबैभन्दा बढी हामी नेपाली जनता आफैं बधाईका पात्र भएका छौं, निर्वाचन व्यवस्थापन गर्ने निर्वाचन आयोग, यसलाई सहयोग गर्ने सत्ता र प्रतिपक्षको यसमा समवेत योगदान छ ।

 

लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो । फेरि, यस निर्वाचनको विशेष महत्व छ ’cause नेपालमा पहिलो पटक संघीयताको प्रयोग हुन प्रारम्भ भएको छ । केन्द्रमा सीमित सत्ता अब केन्द्रमा मात्र नरहेर क्षेत्रीय स्तरमा पनि फैलिन पुगेको छ ।

 

मुलुक नितान्त नयाँ संरचना र शासन प्रबन्धनमा प्रवेश गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विधिवत कार्यान्यवनको यो कालखण्ड अविस्मरणीय रहनेछ यद्यपि यतिखेर कतिलाई हर्ष र कतिपयमा विषाद् होला । तर लोकतन्त्रमा निर्वाचनद्वारा वैधताप्राप्त कुनै पनि दल अथवा गठबन्धनप्रति दुराग्रह राख्नु वाञ्छनीय हुँदैन ।

 

मत परिणामका हकमा अझै रुझान प्रारम्भिक नै छ तैपनि परिणामको झुकाव हेर्दा कम्युनिस्ट दलहरुको गठबन्धनले अग्रता लिइरहेको देखिन्छ । यसर्थ, यसै गठबन्धनले सरकार बनाउने सुविधा प्राप्त गरे, यसका विपक्षमा रहेका समेतले परिणामको स्वागत गर्नुपर्छ । ’cause, लोकतन्त्रमा कुनै दल विशेष यसको संरक्षक नभएर मतप्रकट गर्ने जनता नै यसका सर्वेसर्वा हुन्छन् ।

 

त्यसैले कम्युनिस्ट नाम धारण गरेका पात्रहरु अग्रपंक्तिमा आए पनि चिन्ता लिइरहनु आवश्यक छैन । त्यसमाथि नेपालका हरेक लोकतान्त्रिक आन्दोलन, विशेष गरी २०४६ र ०६२–०६३ का जनआन्दोलनमा विशेष भूमिका निर्वाह गरेका एमाले नेताहरुका हातमा लोकतन्त्र सुरक्षित हुँदैन भन्नु आफैंमा अन्यथा हुन जानेछ ।

 

निश्चय नै लोकतन्त्रप्रेमीहरु कम्युनिस्ट हुन सक्दैनन् तर नेपालको लोकतन्त्रमा कम्युनिस्टहरु समाहित छन् भन्ने कुरा यहाँ किमार्थ बिर्सन मिल्दैन । त्यो अझ किन भने लोकतन्त्रप्राप्तिको आन्दोलनमा उनीहरुको बराबरको सहभागिता र योगदान छ एवं परिणामलाई यसैरुपमा सकार्नु नेपाली लोकतन्त्रका लागि स्वस्थ्यकर हुनेछ ।

 

परिणामको रुझान् पक्कै पनि लोकतान्त्रिक विश्वलाई स्तब्ध र हतप्रभ बनाएको हुनुपर्छ । यसको कारण छ, र त्यो कारण हो शेष विश्वका तुलनामा नेपालको अनुभव पृथक छ । यस अनुभवसँग उनीहरु परिचित छैनन् । ’cause अन्यत्र लोकतन्त्र मास्नेहरुमा कम्युनिस्ट हुने गर्छन् भने यहाँ लोकतन्त्रप्राप्तिका लागि जेलनेल सहेका छन् । आन्दोलनको अग्रपंक्तिमा उनीहरुले लोकतन्त्रप्रेमीहरुसँगै आफ्ना स्वर्णिम वर्षहरु अर्पण गरेका छन् ।

 

यसर्थ कोही अत्तालिनु हुँदैन, यदि कम्युनिस्ट गठबन्धनले बहुमत प्राप्त गर्छ भने यसलाई पूरा अवधि काम गर्ने सुविधा दिनुपर्छ, राजनीतिक स्थायित्व र यसमार्फत् समृद्धि प्राप्तितर्फको यात्रालाई प्राथमिकतामा राख्नुपर्छ । प्रारम्भिक दिशा हेर्दा केन्द्रका साथै बहुसंख्यक प्रदेशमा कम्युनिस्ट गठबन्धनकै सरकार बन्ने देखिन्छ र यसले पनि अबका प्रतिपक्षलाई बढी चिन्तित बनाउनु स्वाभाविक हो । तर अब यो चिन्ता निरर्थक छ । बरु केन्द्र र प्रदेश, जुन जुन प्रदेशमा अल्पमतमा परिन्छ, सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु उचित हुनेछ ।

 

वास्तवमा नेपालीहरु राजनीतिक अस्थिरताबाट वाक्क भइसकेकाले यसपालि कम्युनिस्ट गठबन्धनले राम्रो प्रदर्शन गरेको हो । त्यसमा पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता प्रमुख रहेको छ । साथै, अर्को महत्वपूर्ण विषय के भने नेपालीहरु बल्ल दल र पात्रको क्रियाशीलता हेर्न थालेका छन्, पात्रहरुको कार्यमूल्यांकन गर्न थालेका छन् । यो लोकतन्त्रका लागि सुखद् संकेत हो ।

 

नेपाली कांग्रेसले विशेष गरी लोकतन्त्रलाई खतरा छ भनेर तर्साएकै भरमा मानिसले आफूलाई भोट खन्याउँछन् भन्ने मानसिकताबाट मुक्त हुनु जरुरी छ, त्यस्तै सत्ताधारी हुन गइरहेको गठबन्धनले पनि कांग्रेसको भूमिकाको अवमूल्यन हुने किसिमले टिकाटिप्पणी नगर्नु वाञ्छनीय छ ।

 

ओलीले एउटा अन्तर्वार्तामा भनेजस्तै पार्टीहरु साधन हुन्, साध्य होइनन् । साध्य लोकतन्त्रको संबर्धन हो, देशको समृद्धि हो । यसैलाई मूलमन्त्र बनाएर सत्ताधारीले शासन सञ्चालन गरुन्, प्रतिपक्षले राष्ट्रोन्नतिमा सहकार्य र सत्ता मात्तिँदा नियन्त्रकको काम गरोस् ।

 

सबैभन्दा महत्वपूर्ण, संविधानले गति लिनु हो । निश्चय नै बेथिति प्रशस्तै छन् । ती बेथितिहरुलाई क्रमैसँग हटाउनुपर्नेछ र आशा गरौं, आउँदा दिनमा नेपालीहरुले आफ्ना प्रतिनिधिहरुबाट शासित हुँदा ठगिएको महसुस गर्ने छैनन्, शासनको जिम्मा पाउनेहरु मालिक होइन, सेवक बन्नेछन् । यसो भएमात्र लोकतन्त्र फलिफाप हुनेछ । फेरि भावी सत्ता त अरु सतर्क हुनुपर्नेछ ’cause कम्युनिस्टले गल्ती गर्नासाथ, जगतले कम्युनिस्ट चरित्र नै यस्तै हो भन्नेछ । आगामी पाँच वर्षमा यसर्थ नेपालका कम्युनिस्टहरु, साँच्चै लोकतन्त्रप्रेमी हुन् भन्ने पुष्टि भयो भने यसले उनीहरुको त भलो हुनेछ नै, देशको सर्वोपरि हितमा उनीहरु सहायक हुनेछन् ।

 

जित–हार जसको भए पनि निर्वाचन सम्पन्न भएसँगै लोकतन्त्रको जित भएको छ । नयाँ युगको यस सुखद् प्रारम्भलाई स्वागत छ ।