मेस्सी आक्रोशित, हारको दोष रेफ्रीलाई

एजेन्सी – स्टार फुटबलर लियोनल मेस्सीले अर्जेन्टिनाको हारमा रेफ्री दोषी रहेको बताएका छन् । कोपा अमेरिका २०१९ अन्तर्गत गएराती भएको खेलमा ब्राजिलसँग २–० गोल अन्तरले पराजित हुनुमा रेफ्रीले ब्राजिलको हितमा निर्णय गर्नु मुल कारण रहेको उनको आरोप छ ।

बार्सिलोनाबाट अनेक कीर्तिमान कायम गरेका मेस्सीले फेरी एकपटक अर्जेन्टिनालाई उपाधि दिलाउने सम्भावना यो सँगै समाप्त भएको छ । नेमार बिना खेलेको ब्राजिल विरुद्ध मेस्सीको अर्जेन्टिना हावी हुने विश्लेषण विपरित अर्जेन्टिना पराजित भएपछि फुटबल वृत्त चकित भएको छ ।

 

ब्राजिलको लागि ग्याब्रियल जेसस र रोबर्टो फिर्मिनोले क्रमशः खेलको १९ औं र ७१ औं मिनेटमा गोल गरेका थिए । ब्राजिलले अब चिली र पेरु बिचको विजेतासँग प्रतियोगिताको उपाधिको लागि भिड्नेछ ।

 

मेस्सी भने हारको मुल कारण भिडियो असिष्टेन्ट रेफ्री (भीएआर) र म्याच अफिसियलको भुमिकामा रहेका रोडी जाम्ब्रानो रहेको बताइरहेका छन् । खेलपछि मिडियासँग कुरा गर्दै मेस्सीले उनको भुमिकाको आलोचना गर्दै फिर्मिनोले गोल गर्नुअघि सर्जिलो अगुइरोलाई पेनाल्टी नदिएकोमा आक्रोश पोखेका छन् ।

 

मेस्सी भन्छन्, ‘उनीहरु (ब्राजिल) हामीभन्दा उत्कृष्ट थिएनन् । हामीले भन्दा पहिले उनीहरुले पहिलो गोल गर्न सके । तर दोश्रो गोल हाम्रो हुने थियो, अगुइरोलाई पेनाल्टी नदिएकोले मात्र त्यसो हुन सकेन । ’

 

म्याच अफिसियलको आलोचना गर्दै उनले अगुइरोले पेनाल्टी पाउनुपर्ने अवस्थामा भीएआर पनि नहेरेको बताए । खेलमा रेफ्रीले प्रशस्तै गल्ती गरेको उनको आरोप छ ।

 

हारको कारण बताउँदै उनले भने, ‘खेलभरी नै यस्तो भइरह्यो । पहिलो पटकको सामान्य रुपमा छोएकोमा अफिसियलले ब्राजिलको पक्षमा निर्णय गरे । रेफ्रीले यस्तो जथाभावी निर्णय गरिरहँदा हाम्रो ध्यान खेलमा टिक्न सकेन ।

उनले अब बहाना बनाएर नहुने बताउँदै यो घटनाको भने पुनर्मुल्यांकन हुनुपर्ने बताएका छन् । यसको लागि दक्षिण अमेरिकी फुटबल महासंघले केहि गर्ने विश्वास उनको देखाएका छन् ।

 

खेलमा ब्राजिलको तुलनामा अर्जेन्टिनाले बढि आक्रामक खेलेको थियो । गोलको लागि अर्जेन्टिनाले १४ शट प्रहार गरेको थियो भने ब्राजिलले ४ शट मात्र हान्न सकेको थियो । खेल’bout बोल्दै उनले भने, ‘हामीले राम्रो खेल्यो भन्ने लागेको छ । हामीले खेलमा उत्कृष्ट मेहनतका साथ प्रदर्शन ग¥यौं, उनीहरु (ब्राजिल) हामीलाई उत्कृष्ट थिएनन् । ’

 

सन् २००७ यता कोपा अमेरिकाको उपाधि जित्न नसकेको ब्राजिलले आगामी आइतबार मारकानामा फाइनल खेल्नेछ । आज राती भने चिली र पेरुको भिडन्तबाट दोश्रो फाइनल पुग्ने टोलीको निक्र्यौल हुने बताइएको छ ।