प्रमाण किर्ते गर्नेहरुविरुद्ध रविकी श्रीमतीले उजुरी दिने

टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी श्रीमती निकिता पौडेल लामिछानेले रविविरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाएकी छिन् ।

उनले फेसबुकमा एक पोस्ट गर्दै यसरी किर्ते गर्नेहरुविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी हाल्ने बताएकी छिन् ।उनले आजै प्रहरीमा उजुरी दर्ता गर्ने उल्लेख गरेकी छिन् । उनले प्रमाण किर्ते गर्नेहरु को–को हुन् भन्ने खुलाएकी छैनन् ।

पत्रकार सालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल र अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन् । रविलाई फसाउन खोजिएको भन्दै अहिले देश भरिका मानिसहरुले आफ्नो अविव्यक्ति दिदैं आइरहेका बेला निकिताले पनि फसाउन षड्यन्त्र गर्ने बिरुद्ध यस्तो कदम चालेकी हुन् ।