किशोर श्रेष्ठसहित तीन जनाबिरुद्ध रविकी पत्नीले दिईन उजुरी

टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी श्रीमती निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दिएकी छिन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि बिरुद्ध भिडियो किर्ते गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी हुन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

पत्रकार सालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल र अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन् । रविलाई फसाउन खोजिएको भन्दै अहिले देश भरिका मानिसहरुले आफ्नो अविव्यक्ति दिदैं आइरहेका बेला निकिताले पनि फसाउन षड्यन्त्र गर्ने बिरुद्ध यस्तो कदम चालेकी हुन् ।