भ्यालेन्टाइनको लागि सम्बन्ध या सम्बन्धको लागि भ्यालेन्टाइन !

सरिता अर्याल

हिन्दु धर्मलम्बीहरुको महान चाड बडादशैँ, तिहारको भन्दा बढी चहलपहल भ्यालेन्टाइनको हुन थालिसक्यो। अझ अहिले  ‘ब्लाइन्ड डेट’ खुब चलनमा रहेछ, जहा ‘सिंगल’ केटाकेटी उपस्थित हुन्छन, भव्य मनोरञ्न् गर्छन, मन मिलेकासंग कुराकानी बढाउछन । भ्यालेन्टाइनको लागि सम्बन्ध या सम्बन्धको लागि भ्यालेन्टाइन ? बुझ्नै गार्हो । 

 

प्रेम दिवस, प्रेम उत्सब एक महान दिन प्रेमिलजोडी अनि आफ्नो मायालाइ प्रेम दर्शाउने दिन हुन त यहाँ हामी दिनदिनै कोहि कसैलाई प्रेम गरेर बसिरहेका हुन्छौ यसलाई कुनै बिशेस दिन त चाहिदैन । प्रेम दिवसको इतिहासको पाना पल्टाएर हेर्दा कथा यस्तो भेटिन्छ ।

भ्यालेन्टाइन विकिपिडिया अनुसार, इ.स ३०० सालमा यूरोप एक बिशाल देशको रोम सहरको राजा कोलोड़ीओस दितिय थिए । उनि एक जिद्दी र निर्दयी किसिमका राजा थिए, उनि आफ्नो इच्छाअनुसार पुरै साम्राज्यमा हुकुम चलाउथे उनको विश्लेषण अनुसार आफ्नो राज्यमा यो पत्ता लगाए कि बिबाहित पुरुषको दाजोमा एकल पुरुष वलवान हुन्छन । त्यसपछि राजाले आफ्नो राज्यमा कुनै युवालाई विबाह गर्न मनाही रहेको कुरा घोषित गरे । यो कुरा त्यहि गाउमा बस्ने सेन्ट भ्यालेन्टाइन नामक दिलवान पुजारीलाइ चित्त बुझेन र उनले भित्र भित्रै युवाहरुको विबाह गराउदै गए । यो खबर राजाले पत्तो पाएपछी त्यस पुजारीलाइ फासी दिने कुरा दर्शाई जेल चलान गरियो ।

जेलमा बस्ने एक बृद्धको अन्धी छोरी पुजारी जेलको कोठीमा रहदा दिनकै भेट्ने गर्थिन, पुजारीलाइ मायाको महसुस भयो । एकदिन सेन्ट भ्यालेन्टाइनले आफ्ना प्रेमिल हातले त्यो स्त्रीको आखा सुम्सुम्याउछ प्रेमको चमत्कार हुन्छ त्यस स्त्रीले त्यो दिनदेखि आफ्ना आखाले सबै देख्ने हुन्छिन । यो एक साचो प्रेमको उदाहरण थियो, केहि दिनपछि सेन्ट भ्यालेन्टाइनलाइ फासी दिईदैथियो उनले त्यस स्त्रीका लागि प्रेमपत्र लेखे उही सेन्ट भ्यालेन्टाइनको नामबाट पत्र उनिको हातमा परेको थियो । फ्रेवरी १४ यानिकी यस्तो दिन हो जहा सेन्ट भ्यालेन्टाइनले प्रेमलाइ पुरै विश्वभरि फैलाएका थिए, त्यस दिनदेखि प्रेमको नाममा हरेक फ्रेब्ररि १४ का दिन भ्यालेन्टाइन डे मनाइन्छ ।

विभिन्न देशमा यसलाई आफ्नै रिति अनुसार फरक फरक नाम दिई मनाइने गरिन्छ जस्तै, अमेरिकामा भ्यालेन्टाइन डे अथवा लभ डे त्यस दिनमा सार्बजनिक बिदा पनि दिइन्छ । चाइनामा ‘नाइट्स अफ सेवेंस’, मायामा भिजेका प्रेमिल जोडीका लागि प्राथमिकता मानिन्छ । जापान र कोरियामा ‘व्हाइट डे’ यी देशमा त झन् पुरा एक महिना प्रेम महिनाका रुपमा मनाइन्छ ।

भ्यालेन्टाइन एक उत्सव नबनेर अहिले एक फेसन बनिसकेको छ । मेरो युवा साथिहरुमा देखेको चहलपहल पोहोर साल त्यसै गयो यो साललाइ भनि एउटा अथवा एउटा खोज्नुपर्ने, यता मेरा केटि साथीहरुलाइ हतार भ्यालेन्टाइन आइसक्यो ‘सपिंग’ गर्नुपर्ने अनेक ताल, उता किशोर अघिल्लो महिनाको खर्च काटेर १० हजार मात्र बच्यो भ्यालेन्टाइनको लागि भन्दै छ । सहरका रेस्टुरा, बार, गेस्टहाउसहरु एक महिना अघिदेखि खुशी छन् नया पुस्ता, युवावर्ग, युगल जोडीको दमदार उपस्थिति देखेर । एक महिना अघिदेखी तयारी रहन्छ म अचम्मित पर्छु हिन्दु धर्मलम्बीहरुको महान चाड बडादशैँ, तिहारको भन्दा बढी चहलपहल यो भ्यालेन्टाइनको देख्दा । अझ अहिलेको नया चलन  ‘ब्लाइन्ड डेट’ खुब चलनमा रहेछ, जहा ‘सिंगल’ केटाकेटीको उपस्थित हुन्छन भव्य मनोरञ्न् मनाइ मन मिलेकासंग कुराकानी बढाउछन भ्यालेन्टाइनको लागि सम्बन्ध या सम्बन्धको लागि भ्यालेन्टाइन ?

हामी नेपालि सायदै हाम्रो पहिचान मनपराउदैनौ हामी हाम्रा आफ्ना चाडपर्व चिजबिजलाई बर्णन, व्याख्या र परिचर्चा गर्दैनौ जति बिदेशि संस्कृतिलाइ गर्छौं । एक दिने मातापिता औशी मनाउन अल्छी गर्दै ७/७ दिने प्रेम उत्सवमा रुमलिएका छौ । गतबर्षको नेपाल सरकार आयातीत तत्यांक अनुसार, भारतबाट यहि भ्यालेन्टाइनको लागि १३ लाखको गुलाब फुल नेपाल भित्रिएको थियो । सुन्नमा आएको छ यो सालपनि करोडौंको गुलाब देशमा भित्रिसक्यो । अहिलेको समयको युवाबर्ग अस्ट्रेलिया, अमेरिकाको सपना बुन्दै कोल्टे फेरेका हुन्छन । रोज डे, प्रर्पोज डे, चकलेट डे, टेडी डे, हग डे, किस डे, भ्यालेन्टाइन डे प्रेमको नाममा ७ दिन ब्यर्थ बिताइरहेका छौ ।

मैले यो लेख्दा मनमा धेरै कुरा खेले कतिले अव मलाइ प्रेमको आलोचना गर्दैछ पनि भन्नुहोला, यसलाइ किन टाउको दुखाइ जस्ता कुरा पनि आउलान् । कुरा त्यसो होइन कति मानिस अहिलेको जल्दोबल्दो चलनमा भिज्न सकेका छैनन् कति भन्न लजाउछनकि उ सिंगल हो अनि यो फेसनेबल भ्यालेन्टाइनको हुड्बाज़िमा चल्दछन् । साच्चैँ अर्थपूर्ण छ त् यो भ्यालेन्टाइन कति सुमधुर बनेको छन् ति सम्बन्ध जुन पोहोर साल संगै भ्यालेन्टाइन मनाएका थिए । कि कतै पोहोर साल भ्यालेन्टाइन मनाउन नगरकोट गएकी बिबिसा बहिनीको होटेलको कोठामा भेटिएको लाश बनेको छ यो भ्यालेन्टाइन ? कि बनेको छ आशा बहिनिको आत्महत्याको कारण यो भ्यालेन्टाइन ? ति युगल जोडी कतिको त्यस्तै सुमधुर सम्बन्ध छ ? ओमप्रकाश दाजु र प्रभा दिदी ‘लिभिंग टुगेदर’मा बसेको ५ बर्सपछी पोहोर साल छुट्टिए कतै उनीहरुले यो भ्यालेन्टाइन मनाउन त बिर्सेनन ? साचिकै यसले अहिलेको सम्बन्धलाइ सुमधुर बनाएकै हो त ? भ्यालेन्टाइन एक अर्कालाइ माया, प्रेम व्यक्त गर्नको लागि मनाइदैछ, आफ्नो मायालु प्रियतमालाइ खुशी पार्नकै लागि मनाइदै छ कि यसले अर्को पाटो लिईरहेको छ ?

गत बर्ष यस्तै मार्चतिरको कुरा दाजु बाथरुम गएको बखतमा फोन लगातार आएकाले मैले उठाए बिबेक नामले सेभ नम्बरबाट ओइ सुन्न, मलाइ लास्ट टेन्सन भैइसक्यो, हेर्न अस्ति भ्यालेन्टाइनमा अलिकति गल्ति भएछ, अनिता प्रेग्नेंट छ, एकै सासमा भन्दै गए  ‘म मर्दिन्छु भनेर धम्कि दिएकी छ मलाइ जसरी नि पर्सिसम्म २०००० जोहो गर्देन यार उसको अबोर्सन गर्नु छ त्यसपछि जहाँसुकै मरोस्’ ।

कयौ अनिता यस्तो सानो गल्ति भएर आफ्नो प्रेमीको साथ नपाएकाले आत्महत्या त कति आज डिप्रेसनको दलदलमा फसेका छन् । हजारौ अनिता इच्छा बिपरित गर्भाबस्था छन्, भने कतिले सानै उमेरमा गर्भपतन गराउनु परेको छ । कसैलाई माया गर्नु प्रेम गर्नु उत्सव मनाउनु राम्रो कुरा हो । अहिलेको फेसनमा भिजेर अल्पकालीन सम्बन्धमा नरमाउ प्रेम आफैमा पबित्र छ, प्रेम कसैको मृत्युको कारण होइन बाच्नुको सहारा बनि संघर्षको प्रेरणा बनेर जगतमा मौलाओस । ह्याप्पी भ्यालेन्टाइन डे ।