दाग अनुहारमा लागेको हो भाग्यमा होइन पवित्रा

सम्झ जुन कस्ट र दुख थियो अब सकियो आफू जलेर अरुको लागि उज्यालो दिने ज्योति हौ तिमी । यहाँ अर्काको भाग्य र भविष्यमा एसिड खन्याउनेहरु धेरै छन् । शरीरमा मात्रै होइन जिन्दगीमा एसिड खन्याएर मार्नेहरु प्रसस्त छन् । यत्रतत्र सर्वत्र पृथक पृथक भेषमा रहेर देशको सम्मानित स्थानमा रहेर जनताको आशाको उज्यालोमा एसिड प्रहार गर्नेहरु छन । आफ्नो घर परिवार र नाता कुटुम्ब र समाजमा एसिड खन्याउनेहरु छन ।


प्रिय बैनी पवित्रा,

विशेष विशेष सहानुभूति !

शीघ्र स्वास्थ्य लाभको कामना !

अनन्त आशिर्वाद !

दुर्भाग्य एक नीच नर पिचाशले तिमीलाई तेजावले आक्रमण गर्यो । स्तब्ध छु । म जस्तै सारा नेपाली तिमीमाथि भएको एसिड आक्रमणले चिन्तित र गम्भीर छौं । दुखद घटना घटी सक्यो अब सन्ताप ,र चिन्ता लिएर बस्नु भन्दा मन बलियो बनाएर आफ्नो भविष्य खोज्नु र भविष्यमा यस्ता घटना अन्यत्र घटित नहोस भनेर पहलकदमी गर्नु अबको कार्यभार हो । आपराधिक मानसिकता भएका अमान्छेले यो घातक हतियार प्रयोग गरेर करिब सात वर्सको अबधिमा २३ जना घाइते बनेको सरकारी रेकर्ड छ । जसमा १९ जना महिला रहेका छन भने ४ पुरुष पनि यो आक्रमणको निशाना बनेका छन ।

प्राय जसो घटना प्रेम, यौन  र प्रेम प्रस्ताव अस्विकार गरेको कारण प्रतिसोध साँध्न भएको पाइन्छ । तसर्थ यस्ता घटना र सन्दर्भलाई गहिरोसँग बुझ्नु र सतर्कता आवश्यक पर्छ । तिमीलाई पनि यौन पिपासुले गलत मनसाय र प्रयोजनको खातिर मन पराएको र प्रस्ताब गरेको बुझिन आएको छ ।तिमीले अस्वीकार गर्ने अधिकार माथि धावा बोलेर अपराधकर्मीले जुन हर्कत गर्यो, गरायो निश्चय नै तिब्र रोष र क्षोभयुक्त घटना हो यसको जति भ्रत्सना गरे पनि कमि हुन्छ । आम नेपाली यो र यस्ता अमानवीय घटनाको निन्दा गर्छौ । पीडकलाई कडा कारबाहीको माग गर्दछौ । शिघ्र फास्ट ट्रयाकबाट कानुनी निशुल्क उपचार र स्वास्थ्य उपचार र राहत क्षतिपूर्ति अनि पीडितलाई सामाजिक पुनर्स्थापना हाम्रो माग रहेको छ । तिम्रो आहत दिलमा राहत दिने सामाजिक मनोवैज्ञानिक , आर्थिक र सेक्योर भविष्य नै अबको मलम पट्टि हो । त्यतातिर गम्भीर र संवेदनशील भएर लाग्न सम्बन्धित सबै निकायलाई अनुरोध छ ।

बैनी पवित्रा,

 तिम्रो अनुहारमा सामान्य दाग लागेको हो भविष्य र भाग्यमा होइन । तिमी शारीरिक आक्रमणमा परेर बचेकी छौ । मानसिक स्थिति मजबूत बनाऊ । नर पिचासको आक्रमणलाई एक दुर्घटना सम्झ र विस्मृतिमा राख । समाजमा अनेकन प्रवृतिका दुष्ट मान्छेहरु छन ’emको शिकार जानेर नजानेर बन्नुपर्ने नियति धेरैलाई छ त्यसैले तिमी आफू मात्रै र मलाई मात्रै यस्तो घटना भयो भनेर हीनताबोध नगर है । असाध्यै धेरै निर्मम घटना र दुर्घटना, कहाली लाग्दा दुखद परिस्थिति भोगेर पनि मान्छेले स्वाभिमान र सम्मानपूर्वक बाच्ने संघर्ष गरेका छन । भाग्य नै फुटाइएका मान्छेहरुले नयाँ भाग्य कोरेका र कुत्सित नियतलाई जितेर आत्मबल र प्रेरणाले माथि उठेका मान्छेहरु पनि हाम्रो ’round पाइन्छन ।

अब ’emको नियति हेर, बुझ, पढ र चित्त बुझाउने कोशिस गर । तिम्रो दुखमा द्रवित हुने लाखौ नेपाली मन र न्यायप्रेमी जनताको साथ तिम्रो लागि छ । अपराधीको अपराधको शिकार हुनु तिम्रो दोष हैन । तिमीलाई कस्ट भयो पिडा भयो तर तिम्रो आफ्नो स्वाभिमान र आत्मसम्मानमा कमि हुदैन, त्रुटी देखिदैन । तिमी कमजोरी रहित छौ । घातीको विश्वास गर्नु बाध्यता थियो काम र मामको शिलशिलामा बिश्वास गर्नु पर्ने हुन्छ पनि । यदाकदा बाध्यतालाई बलजफ्त गर्ने दुर्नियत राख्ने पापीहरु हुन्छन र अनाहकमा दुख पाउनु पर्छ । त्यसमा तिम्रो दोष रहन्न । छैन त्यसैले पश्चाताप नगर ।

दोषीलाई कार्यबाही गरेर पाता कस्न सकियो भने अरु तिमी जस्ता कैयन छोरी चेली सुरक्षित राख्न सकिन्छ । सम्झ तिमीमाथि भएको अत्याचारको कारण अरु धेरैले उक्त अपराधीबाट बच्न पाए, जोगिए । तिम्रो कस्ट र पीडाले अरु कस्ट र पिडा खप्नबाट पार पाए । अरुको दुर्दान्त दिन तिम्रो दुखले छलियो, बच्यो । आफू जलेर अनगिन्ति कस्ट खपेर अरुलाई जोगाउन सक्षम भएँ भन्ने सकारात्मक धारणा पाल तिमीले कहिल्यै दुख र कस्टको सामना आगामी दिनमा गर्नुपर्ने छैन ।

सम्झ जुन कस्ट र दुख थियो अब सकियो आफू जलेर अरुको लागि उज्यालो दिने ज्योति हौ तिमी । पापीले तिम्रो अनुहारमा एसिड छयाप्यो सौभाग्य तिमीलाई कम शारीरिक क्षति भयो । यहाँ अर्काको भाग्य र भविष्यमा एसिड खन्याउनेहरु धेरै छन् । शरीरमा मात्रै होइन जिन्दगीमा एसिड खन्याएर मार्नेहरु प्रसस्त छन् । यत्रतत्र सर्वत्र पृथक पृथक भेषमा रहेर देशको सम्मानित स्थानमा रहेर जनताको आशाको उज्यालोमा एसिड प्रहार गर्नेहरु छन । आफ्नो घर परिवार र नाता कुटुम्ब र समाजमा एसिड खन्याउनेहरु छन । कलिला नानीहरुको यौनांगमा एसिड हालिदिनेहरु छन ।

बृद्द महिलाहरुको शरीरमा तेजाब पोख्नेहरु छन । देसको सर्वोच्च न्यायालयमा बसेर न्यायको तुलोमा एसिड घोलिदिनेहरु छन । भर्खरै मात्र देख्यौ नि आफ्नी पत्नीको विभत्स हत्या गरेर ,आफ्नो शशस्त्र प्रहरी बलको डीआइजी दर्जाको दुरुपयोग गरेर, सरकारी गाडी प्रयोग गरेर श्रीमतीको शरीर टुक्रा टुक्रा पारेर काठमाडौँ बाहिर लागि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने हत्यारा रंजन कोइरालाको सजाय डिसकाउन्ट गरिदिने न्यायालय र त्यसको मठाधिस पनि तिमीलाई एसिड खन्याएर निक्रिस्ट हर्कत गर्ने अपराधी जस्तै अपराधी र पापी हो ।

मुस्कान खातुन र सिमा बस्नेतलाई एसिड छ्याप्ने पनि समाज र देसको कलंक हो । सिमा र मुस्कान खातुनको संघर्ष र जीवनी हेर अनि प्रेरणा लेऊ दुख भोगेर पनि जीवनको अभिलाषा त्याग्नु हुदैन । जीवन अरु उन्नत सार्थक र प्रेरणामुलक बनाउनु पर्छ । हेर त बैनी अरु पनि कतिधेरै मान्छेहरु, नारीहरु अन्याय र अत्याचारको जाँतोमा पिल्सिएका छन, कतिपय अपराधी को हो सम्म भनेर पत्ता लगाउन सकिएको छैन, कतिपय अपराधी पैसा पावर र पदको आडम्बर र पहुचमा छिटै थुनामुक्त बनेका छन् । कतिपय चेलीहरु आफ्नो अस्मिता हरण गर्ने व्यक्तिको कस्तो थियो र किन यस्तो गर्यो भनेर बुझ्ने अवस्थामा समेत छैनन् त्यसैले कहिलेकाँही यस्तो लाग्छ यो धर्तीमा स्त्री जन्नद्रीय लिएर जन्मनु नारीहरुको ठूलो भुल त थिएन ? आफू पनि स्त्री जनंद्रिय कै बाटो भएर आएको किन बिर्सन्छ पापी पुरुष ? १३ वर्षीय निर्मलाको बलात्कार र निर्मम हत्या भएको आज ठिक दुई वर्ष तीन दिन पुग्यो तर बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।

शायद हत्यारा बलात्कारी मखमलको बिस्तारमा पल्टेर न्याय खोज्नेको आँखामा एसिड खन्याइ रहेछ । हाम्रो देशको न्याय यस्तो छ । तिमीले आफूलाई जघन्य अपराध गर्ने मान्छे चिनेकी छौ त्यो पक्राउ पनि परेको छ त्यसले सजाय पाउछ हामी सजाय दिलाउन लाग्छौ अत सामान्य सन्तोष गर्ने ठाउँ मिलेको छ । आक्रमणकारी र मतियार दुवैले तिमीले देख्नेगरी सजाय पाउछन । कतिपय यस्ता अपराध र अपराधीहरु पनि छन जसले आफ्नो अपराध लुकाएर राखेका छन कयौंको अस्मितामा जबर्जस्त खेल्नेहरु, नाबालिकाको यौन अंग छेदन गर्ने र जीवन बर्बाद गर्ने देखि इहलिला नै समाप्त गर्नेहरु पक्राउ परेका छैनन तर पनि अभिशप्त कथा र व्यथा बोकेर जीवन संघर्षमा हार नमानी बाँच्नेहरु छन् ।  

’emको अघिल्तिर आफ्नो दुख र पिडा सामान्य सम्झ बैनी । दुख पिर आफू भन्दा धेरै खप्नेको हेरेर सुनेर चित्त बुझाउनु पर्छ । एक दिन छलीएलान, दुई दिन लुक्लान तर पापको घैला अवश्य एक दिन फुट्ने छ । तेश्रो दिन दुष्ट अपराधी उम्कन पाउने छैन । दोषी कुनै न कुनै अवस्थामा कानुनको फन्दाले कसिने छ ।

प्रेम प्रस्ताब अस्विकार गर्दा पनि एसिडको राप र तापले जल्नु पर्ने नियति किन ? के प्रेम एकाधिकार र जोर जबर्जस्तीमा हुन्छ ? मन पराउने छूट हुन्छ भने मन नपराउने छूट चै नारीको लागि अंकुशको विषय हो ? सिमा बस्नेत, जेनी खडका, संगीता मगर अनि मुस्कान खातुन र पवित्रा कार्कीको अनुहार एसिड छ्यापीनबाट बचाउन नसकीए पनि अरु हजारौ छोरी चेली वचाउन राज्यले एसिड बिक्रि बितरणमा निश्चित मापदण्ड बनाउने हो कि ? जथाभावी बेच्ने लाइसेन्स दिने ? सोच्न ढिला भएन र ?  

अरु सामान्य बस्तु झैँ सहजै बिक्रीवितरण गर्ने बस्तु होइन र बनाइनु हुदैन एसिड । एसिडको गैर कानुनी पहुचलाई सरकारले नियमन र प्रयोजन खुलाएर मात्र किन्ने स्थिति बनाउनु पर्छ । देशभर एसिड किन्नेको लगबुक तयार गरेर राख्नु पर्छ । ताकि यो रसायन अपराध कर्मको लागि प्रयोग हुन नसकोस । एसिड प्रहार गर्नेलाई आजीवन काराबासको सजाय गरिनु पर्छ ।

प्रिय बैनी पवित्रा, हामी साथ छौ, तिम्रो शीघ्रातिशीघ्र स्वास्थ्य लाभ होस् । तिमीमा उर्जा, उत्साह र उमंग सदा रहिरहोस यही कामना गर्दै बिदा चाहन्छु ।

तिमीलाई धेरै धेरै माया गर्ने दाइ

संजिव कार्की