प्रेमदान

सधैजसो आ-आफ्नो दैनिकी अनी थोरै मायाका मिठा गफ गर्दै दिनभरिको कामको थकान छ, अब सुत्नुपर्छ है प्यारी भन्दा नाइँ एकछिन भन्दै मुटुको कुनामा सँगालेर राखेकी माया एकैचोटी पस्किन्छे त्यसपछि हाम्रो मिठो भविस्यको कल्पनामा समय बितेको पत्तो नै हुदैन । बर्षौ भयो उनकै बोलि सुनेर दिनको सुरुवात अनी रातको मिठो निन्द्रामा हराउन लागेको, गुड मर्निङ्ग हजुर भन्दै उनीले फोन गरि उठाउने आज बिहानै सुक्क सुक्क गर्दै ढिलो हुन्छ अहिले फेरी हजुरलाई, उठेर फ्रेस हुनु म अहिले फोन राखे पछि कुरा गर्छु म यताबाट के भयो माया भन्दै थिए मेरो आवाज नै नशुनी कल काटीसकिछ । निकै गरुङ्गो मन लिएर बोलिराकी थिइ म महशुस गर्न सक्छु उनि उता आफुलाई गाह्रो बनाइ नमज्जाले रोइराकी छिन तर मैले केहि अनुमान लगाउन सकिराको छैन के भयो एक्कासी हिजो रातिसम्म सबै ठिक थियो खुशी हुदैँ फोन राखेका थियौ, जानि नजानी केहि गल्ति भयो कि भन्दै एकछिन म सोचमग्न भए तर केहि ठम्याउन सकिन ।

मलाइ उठ्नै मन लागेन हिजो उनीसंग बोल्दाबोल्दै निदाएजस्तो लाग्छ खोइ मोबाइल कता परेछ भन्दै छपछपाउदा कता कता बिहानिपख आधिनिन्द्रामा बजेको म्यासेन्जरको आवाज याद आयो ढिलो नगरी सिरानी नजिकै रहेको मोबाइल पाउनासाथ म म्यासेन्जरमै लागे उनकै म्यासेजको ओहिरो रहेछ तर आजको म्यासेज फरक थियो स्माइल, लभ र किस इमोजी जोडिएका उनका प्रिय सब्दले भरिने म्यासेज आज सुरुवात स्याड, रोएको इमोजिसंग छ । सागर जी, मलाई केहि थाहाछैन अब के हुनेछ आज केटा पक्षबाट भेटघाटको लागि घरमा आउदै हुनुहुन्छ छोरी तिमि तयार हुनु बिहानै बुवाको आदेश आएको छ  मलाई यो’boutमा कसैले केहि कुरा गर्नु भएको छैन कसो गर्नी के गर्नी म अलपत्र परेकी छु । हिजोका दिनसम्म कुराहरु आउदा मैले धेरै पार गरेकी थिए तर आज मलाइ एकबचन नसोधि कसरी घरमा निमन्त्रणा दिइएको छ मैले केहि जान्दिन, न म हाम्रो सम्बन्धको ’boutमा घरमा केहि भनेकी छु अझैपनि थाहा छ हजुरले मलाई अहिले केहि नभन भन्नुहुन्छ तर आज म निकै कमजोर भएकी छु । भरखरै दिनको उज्यालोलाइ अंगाल्दै बिउझेको पुरै कालो अन्धकार छायो कति सपना बुनेर बसेको आज छिनभरमै तर म कमजोर बन्नु हुदैन उनको तागत म हो मैले सम्झाउनु पर्छ उनीलाई बलियो बनाउनुपर्छ उनको रोजाई म हो, चिन्दै नचिनेकोलाइ आज एक्कासी कसरी मनपर्छ भनेर भन्न सकिन्छ तिमि त्यहि भनिदिनु घरमा भन्दै उनलाई हौशला दिइराको छु तर यता मेरो छाति बेस्सरी पोलिराको छ ।

हजुर सधै काममै व्यस्त रहनु मङ्सिर महिना अझै सक्केको छैन म अरु कसैकी हुन्छु अनि आउला नि मेरो याद, सुन्नु न आज यस्तो केटाको कुरा आको थियो उस्तो केटाको कुरा आको थियो मैले पहिले पढाइ सक्छु भनिदिए के गर्नु भन्नु त मन थियो नि मेरो हजुरले जहिले लिन आउनुहुन्छ उहासंगै जानको लागि कुरेकी छु भन्दै उनीले गरेका मजाकहरुले आज मलाइ भतभति पोलिराको छ । मलाई अंगालोमा कसेर धत् हावा किन यसरी आत्तिराको मैले मजाक गरेकी म हजुरकै हो कहाँ यति सजिलै अरु कसैकी हुन सक्छु, भनन फेरी कहिले तिमीलाई यो अंगालोबाट जान दिने थिइन हामीले संगै बुनेका सपनालाइ बिपना बनाउनु छ । साझको करिब ५ बजेतिर उनको कल आयो शितलपार्क आउनु म त्यहि छु भनेर कल काटिन । उनका गह आँशुले भरिएको छ, मैले यतिमै अनुमान लगाउन सक्छु कुरा के भएछ भनेर त्यसैले अरु केहि नसोधी के भंन्यौ तिमीले त्यति भन अरु मलाइ केहि बुझाउनु पर्दैन । रुन्चे स्वरमा मेरो कुरा कसले सुन्छ र सबै कुरा बुवाहरुले पहिले नै छिनोफानो गरेर आज औपचारिकताका लागी  मात्र हाम्रो भेट गराउनु भएको रहेछ पर्सिको लागि इन्गेजमेन्ट पक्का गरिसकेको छ ।

तिमिलाइ कस्तो लाग्यो केटा ? केहि बोल्यौ ? केहि सोध्यौ सोधिनौ ? उनि झन् कमजोर बनिराकी थिइन म कस्तो उल्लु कस्तो निस्टुरी यस्तो अवस्थामा उनीलाई कसेर आफ्नो अंगालोमा राखेर केहि हुदैन म छु हाम्रो छुट्टै संसार छ भनेर सधैका लागी त्यो हात थाम्नुपर्नी तर म सकिराको थिइन । के गर्छ्यौ अव ? मलाइ केहि थाहाछैन म यो समयलाई रोक्न चाहान्छु जहाँ म हजुरको साथमा हुनेछु, किन यति धेरै जाति बनिराकी छौ तिमि भनिदेउन ए कायर माया गर्न सकिस तर सधैको लागि आफ्नो बनाउन किन सक्दैनस ! गालि गर मलाइ किन सपना देखाइस भन, हिजो मेरो मन जित्न सक्ने त आज मेरो परिवारमाझ किन हार मानिराको छस् भन, प्रेमिका बन्न सफल मेरो घरपरिवार स्तिथिमा किन श्रीमती हुनुपर्दा समस्या भन, भनन प्रिय थाहा छ मलाई मैले मात्र आट गरे भनी तिमि नुन पानीमै रमाउन सक्छ्यौ अन्धकार भएनी यो हात जिन्दगी भरिको लागि थाम्न सक्छ्यौ तर उनी केहि भन्न सक्दिनन् मेरी उनीलाई मेरो अवस्था राम्ररि थाहा छ, त्यसैले त आज उनि आफ्नो मुटु बलियो बनाएकी छिन् । यो कस्तो समय हिजो यहि ठाउमा संगै हात समाएर भोलिको मिठो संसार सजाएका हामी आज त्यो सुनौलो सपनाको घरबाट मैले आफै मेरी उनीलाई अनमाउनु परेको छ, मुटुभरिको मायाँलाइ एकछेउ खादेर राखेर उनिको खुशीको लागि मैले मेरो प्रेम सधाका लागि दान प्रेमदान गर्नुपरेको छ ।

सायद यो भाग्यको खेल हो, सक्छ्यौ भनी मलाइ माफ गरिदिनु तिमीलाई खुशी राख्न सपानाको महल बनाउन त्यो पारि डाडामा चरी ले एउटा एउटा गरि झारको त्यान्द्रो बटुलेर आफ्नो सानो घर बनाएजस्तै मैले पनि भर्खरै संघर्षको झारहरु बटुल्दै नयाँ गोरेटो मोड्दै थिए अचानक जिबनले यो परिस्थितिमा ममाथि ठुलो खाडल खनिदियो । उसको भाग्य बलियो रहेछ तिमीलाई खुशी राख्ने आट गरेर आएको छ, जीवन भरिका लागि ओत लाग्ने छानो छाएर आएको  छ, जहाँ ति तिम्रा सुन्दर पाउलाई प्रवेश गराउने छ, कसरी भनौ केहि समय पछी हुन्थ्यो होला तर यसैगरी मैले बनाएको त्यो सुन्दर घरमा म तिम्रो प्रवेश चाहान्थे उसको समय मेरोभन्दा थोरै अगाडी रहेछ तिमीभन्दा पहिले परिवारको रोजाइमा पर्न सफल भएको छ ।

एक अर्कालाई अंगालेर हामि कतिबेर रोयौ, न उनी मलाइ छोड्न सकिराकी छिन न म उनीलाई सायद यो मेरो जीवन को पहिलो प्रिय अँगालो थियो भन्दै गर्दा अन्तिम अँगालोको दुखाइले नमज्जाले पिरोल्यो । सागर जी, एक अन्जानसंग कसरी खुशी हुन सक्छु होला, मेरो हरेक आनीबानी बुझ्न सक्छ सक्दैन हाम्रो माया, सपनालाइ चटक्कै बिर्सेर कसरी खुशी रहू ! बरु जे हुन्छ हुन्छ केहि बर्षपछी सबै ठिक हुन्छ हामि एक हौ भनेर उनि आफ्नो बोलि पुरा गर्न नपाउदै उनीलाई उठाएर कतै पर जहाँ हामि दुइ मात्र रहनेछौ त्यो सुनौलो संसारमा लैजाउ जस्तो लागेको   थियो । तर म लाचार छु, भोलिका दिनमा तिमीले भोग्नुपर्ने पिडा सम्झिदा अहिले नै मन झसंग हुन्छ, तिम्रो सानो निर्णयले तिम्रो पारीवारमा लाग्ने दाग अनि तिमीमाथि हुने आफन्ती हेलितलाइ समझदा म बिबश छु प्यारी तिम्रो बुवाको तिमीलाई कन्यादान गर्ने सपनामा मैले पनि उसलाइ तिम्रो हात थमाइदिदै मेरो प्रेमदान गर्नु पर्छ ।