तमासा

विजयराज पोखरेल

घरभित्रै मुक्का हानाहान
एकअर्काको खुट्टा तानातान
निक्रिष्ट गालिगलौजमा उत्रिदा
सम्मानितहरुकै घट्दो छ मान ।

कोही भन्छन म यता
कोही भन्छन म उता
दुई साँढेको जुधाईले
पार्ने भए यता न उता ।

एकातिर मुर्दावाद छ
अर्कोतिर जिन्दावाद छ
सत्ताको दलदलमा फस्दा
आज देश नै बर्बाद छ ।

एकआपसमा अन्तरघात
आशामा भयंकर बज्रपात
वाकयुद्धको निरन्तर प्रहारले
घोप्टियो पस्किएको भात ।

कोही छन सत्तामा
कोही छन सडकमा
कोरोना कहरमा पनि
तमासा छ सहरमा ।

खिया लागेको छ संयन्त्र
कमाउधन्दा छ मूलमन्त्र
ब्यक्तिवादी चरित्र गाँजिदा
दिशाविहीन छ लोकतन्त्र ।

बेलाबखता बुझ्ने भए भाषा
पुरा हुन्थियो होला अभिलाषा
विधिको हुर्मत लिनेहरुको भिडमा
बिकल्प छैन अब हेर्नुको तमासा ।