धिक्कार

–बिजयराज पोखरेल

अस्पतालमा एकपछि आर्को ज्यान ढलिरहेछ
श्मशानमा लाम लागेर लास जलिरहेछ
महामारीको उत्कर्समा पनि कुर्सीकै लागि
संसदमा हाम्रा उस्तादहरुकोे खेल चलिरहेछ ।
***
एकपछि अर्को आए सत्तामा दल
पाँैठाजोरीमै खर्चिए भएभरको बल
देशभन्दा ठूलो “म” सर्वोपरि भएपछि
निस्कियोस कहाँबाट समस्याको हल ?
***
पुग्यो भन्थिए गाँउगाँउमा सिंहदरवार
कहिले बालुवाटार त कहिले खुमलटार
यतिमै यो जीवन घुमिरह््यो फनफनी
बाचा रहेछ झुठो, भन्नै पर्छ धिक्कार !
***
भोको पेट, रित्तो हाँडी
युवा पलायन, मलेसिाया–खाडी
बुझ्न बाँकी अब के नै छ र ?
जब समाएकै हो सबको नाडी ।
***
पल्टाएरै बित्ने भयो संविधानको धारा
बुझ्नै गाह्रो कताबाट आउँछ, के इसारा
बिरालो मुसा खेलाउन माहिर भएपछि
तुक छैन तताउनुमा कसैले कन्पारा ।