तस्विरमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन उदघाटन
काठमाडौँ, २४ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उहाँले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिहरु उपस्थित हुनुहुन्छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ ।
उद्घाटन अघि पार्टीका संस्थापक र अग्रज नेताका तस्वीरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञात शहीदको सम्मानमा मौनधारण गरियो । सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी भृकुटीमण्डपबाहिर पाँच ठूला डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै स्टेज बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । यस महाधिवेशनमा ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ ।
![NZS_3134 NZS_3134](https://www.drishyatv.com/uploads/media/nzs-3134-20211210-09401741646.jpg)
मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेता बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर अङ्कित प्रचार लोगो राखिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस ’round विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।
यसैगरी महाधिवेशनका उम्मेदवारका व्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।
महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिन्छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ । प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि समारोहमा कांग्रेस काठमाडौँका सभापति कृष्ण बाँनिया (सवुज)ले महाधिवेशनमा आउनुभएका नेता तथा कार्यकर्ता र पाहुनालाई स्वागत अभिवादन गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेस जुन उद्देश्यले स्थापना भएको त्यो लक्ष्य प्राप्तिमा यस महाधिवेशनले शक्ति प्रदान गर्ने उहाँले बताउनुभयो ।
यसैबीच, महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0260-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0266-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0277-1024x666.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0287-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0289-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0294-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/MG_0298-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/CKC_KTM_RSS_242-1024x637.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/DJI_0292-1024x576.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/DJI_0312-1024x576.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/DJI_0320-1024x576.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_2225-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_4376-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_4674-1024x538.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_4706-1024x517.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_4718-1024x647.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9490-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9556-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9574-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9608-1024x681.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9767-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9797-1024x681.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/IMG_9874-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_0102-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_0119-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_3079-1024x684.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_3093-1024x684.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_3121-1024x684.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_3134-1024x633.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/NZS_3140-1024x684.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/PRADEEPRAJONTA_KTM_RSS_24_a-1024x584.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/Pro_Ktm_NC_mahadebashion-1024x439.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/PRO_KTM_RSS-1024x617.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RatnaShrestha_KTM_RSS_24-1024x617.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RatnaShrestha_KTM_RSS_24d-1024x584.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RatnaShrestha_KTM_RSS_24f-1024x664.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/ROS_KTM_PMDEUBA-1024x574.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_BIMALENDRANIDHI-1024x608.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_DEUBA-1024x600.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_KRISHNASITAULA-1024x630.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_PMDEUBA-1024x716.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_PURNABAHADURKHADKA-1024x599.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RAMCHANDRAPAUDEL-1024x696.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24-1024x683.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24a-1024x626.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24c-1024x648.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24e-1024x657.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24g-1024x630.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24H-1024x625.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24p-1024x637.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_RSS_24s-1024x606.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2021/12/RS_KTM_SASHANKAKOIRALA-1024x645.jpg)