तीन दिनपछि दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । तीन दिनसम्म लगातार घटेको शेयर बजार बिहीबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा विकास बैंक, व्यापार, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय २४ कम्पनीका ५४ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १२ करोड १५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नबिल बैंकको सात करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो । हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि राष्ट्रउत्थान लघुवित्तको शेयर झण्डै आठ प्रतिशत र इमर्जिङ नेपाल कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।