‘केजिएफ २’ले दुई दिनमा कमायो ३०४ करोड भारु

काठमाडौं– दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ले दुई दिनमा नै ३०४ करोड भारु आम्दानी गरेको छ। पहिलो दिन विश्वव्यापी रुपमा १६५ करोड भारु आम्दानी गरेको फिल्मले दोस्रो दिनसम्मको प्रदर्शनबाट ३०४ करोड भारुको आम्दानी गरेको छ। 

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको विश्वव्यापी कमाइ १६५ करोड ३७ हजार भारु थियो। दोस्रो दिन फिल्मले विश्वभरबाट १३९ करोड २५ लाख आम्दानी गर्‍यो। दुई दिनको प्रदर्शनबाट फिल्मले कूल ३०४ करोड ६२ लाख  आम्दानी गरेको छ।

करिब सय करोडको लगानीमा बनेको यो फिल्मको हिन्दी संस्करणले पनि ऐतिहासिक ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन ५३ करोड ९५ लाख र दोस्रो दिन ४६ करोड ७९ लाख भारुको आम्दानी गरेको छ। फिल्मको हिन्दी संस्करणले दुई दिनमा कुल कमाई १ सय करोड भारु ७४ लाख गरेको छ।

प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्म २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ’को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ।