युक्रेनी सेनाको बहादुरी देखेर चकित भएँ : वाइडेन

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनी सेनाको बहादुरी देखेर आफू चकित भएको बताएका छन्।

आफ्ना रक्षा सल्लाहकारहरूसँगको कुराकानीमा वाइडेनले भने, ‘मैले सोचेभन्दा युक्रेनी सेना बलियो पाएँ। उनीहरु आफूमाथि गर्व गर्छन्।’

यसैबीच युक्रेनी सहर मारिउपोलमा युक्रेनी फौजलाई आत्समर्पण गर्न रुसले दिएको समय सीमा सकिएको छ। तर, युक्रेनी फौजले रुसी मागलाई पालना गरेको कुनै संकेत देखिएको छैन। 

तर, समय सीमा नाघेसँगै एकहजार जना स्थानीय सर्वसाधारणसहित युक्रेनी फौजले त्यहाँको सबैभन्दा ठुलो एजोभ्सटल स्टिल कारखानामा शरण लिएको बताइएको छ । 

स्थानीय युक्रेनी कमान्डरले आफ्नो फौज सम्भवत केही दिन वा घन्टा मात्र टिक्न सक्ने चेतावनी दिएकोबेला नै मस्कोले आत्मसमर्पणका लागि अल्टिमेटम दिएको थियो।