‘केजिएफ २’ ले ११ दिनमा कमायो ८८३ करोड भारु

काठमाडौं– ‘केजिएफ २’ले ११ दिनको प्रदर्शनबाट ८८३ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। १४ अप्रिलमा प्रदर्शनमा आएको फिल्मले सोमबारसम्म विश्वभरको प्रदर्शनबाट ८८३ करोड भारतीय रुपैयाँको आम्दानी गरेको हो।

विश्वभरबाट फिल्मले ८८३ करोड भारतीय रुपैयाँको आम्दानी गर्दा भारतमा मात्रै ६२३ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। 

फिल्मको हिन्दी भर्जनले ३२१ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। योसँगै ‘केजिएफ २’ को हिन्दी भर्जन छोटो समयमा तीन सय करोड भारतीय रुपैयाँ आम्दानी गर्ने फिल्मको सूचीमा परेको छ।

दक्षिण भारतीय रकिङस्टार यशको मुख्य भूमिका रहेको यो फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका हुन्। फिल्ममा यशसँगै सञ्जय दत्त, श्रीनिधी शेट्टी, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ।साभार: drishyatv.com