एक नम्बर प्रदेशको महानगरमा १६ जनाको दावी

बिराटनगर। प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरमा प्रमुख पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् । १९ वटा वडा रहेको महानगरमा वडाध्यक्षका लागि १७२ जनाको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगर प्रमुखमा नेपाली काङ्ग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा र राप्रपाबाट प्रह्लाद साहको उम्मेदवारी दर्ता भएको छ।


lc 2022 v


यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काँग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहलगायत छन् । 

आइतबार स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा जसपाबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट बिन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दिएका छन् ।

महानगरको उपप्रमुखमा जनता समाजवादी पार्टीनिकट महिलाहरूको संगठन समाजवादी महिला संघकी अध्यक्ष सदिना खातुनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । विराटनगर महानगरपालिकामा गठबन्धनलाई सघाउने निर्णय गरेको माओवादीलाई वडामै समेत सघाउन कांग्रेस तयार नभएपछि उम्मेदवारी दिएको न्यौपानेको भनाइ छ ।


lc 2022c


निर्वाचन आयोगका अनुसार प्रदेश १ मा सबैभन्दा बढी उम्मेदवार मोरङमा छन् । आयोगका अनुसार मोरङमा कूल ३ हजार ५८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

देशभरिको तथ्यांकमा प्रदेशगत रुपमा सबैभन्दा बढी मधेस प्रदेशमा उम्मेदवारी परेको छ । आयोगका अनुसार मधेस प्रदेशमा कूल २४ हजार १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रोमा प्रदेश १ परेको छ । प्रदेश १ का स्थानीय तहमा विभिन्न पदका लागि १८ हजार ४९९ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।