टिकट वितरणमा चलखेल भयोः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् ।

आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् ।

विज्ञप्ति जारी गरी कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’


279048554_2342351432590837_5487020050876026579_n

साभार: drishyatv.com