सरकारको कामबाट इमरान खान डराए : पाकिस्तानी सूचनामन्त्री

काठमाडौं– पाकिस्तानका सूचनामन्त्री मरियम औरङ्गजेबले पूर्वप्रधानमन्त्री इमरान खान प्रधानमन्त्री शाहबाज शरीफले जनताको लागि गरुेको सेवाबाट डराएको बताएकी छन्।

बुधबार मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन गर्दै मरियम उक्त कुरा बताएकी हुन्। उनले भनिन्, ‘वास्तवमा उनी (इमरान खान) चुनाव होस् भन्ने चाहँदैनन्, गठबन्धन सरकारले जनतालाई राहत दिएमा उनको नाम लिने कोही हुँदैन भन्ने उहाँलाई थाहा छ।’

उनले तोकिएकै मितिमा निर्वाचन हुने पनि बताए। ‘तोकिएकै समयमा निर्वाचन हुन्छ’, उनले भने।

मरियमले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्नेहरूले आफूले राजीनामा दिनुपर्ने पनि बताइन्।

‘सरकार बदलियो, तर उनको (इमरान खान) भाषणको क्यासेट फेरिएको छैन,’ उनले भने।