आर्थिक वृद्धि ५.८ प्रतिशत हुने विभागको अनुमान

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी विभागले ५.८ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको हो । बजेटमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए ।

एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने अनुमान गरेका छन् । आर्थिक वर्षको बाँकी तीन महिनाको अवधिमा कोभिड–१९ लगायत अरू कारण अर्थतन्त्रमा कुनै असर नपार्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको विभागले जनाएको छ ।

चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड र चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रहने अनुमान विभागले गरेको छ ।

यस क्रममा चालु आर्थिक वर्षको छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सचनाहरू एवं बाँकी अवधिको अनमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका अधारमा वस्तु तथा सा अनुमान गरी २०७८/७९ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७७/७८ को संशोधित अनुमान तथा विगत आर्थिक वर्ष २०७६/७७ को अन्तिम अनुमान प्रकाशित गरिएको हो ।

विभागको राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन नीतिबमोजिम आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ का अनुमानहरूलाई क्रमशः परिमार्जन सहित प्रकाशित गर्दै लगिने विभागले जनाएको छ।हालसम्म पनि विश्वमा कोभिड १९ को महामारीको अवस्था विद्यमान रहेको, कोभिड १९ को असरलाई न्यन गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने नै देखिएको विभागको भनाइ छ।