MENU
एक सच्चा संसदवादीको अवसान
 : [views]
  Aug 13, 2018

 

‘बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्था’मा एक कम्युनिष्ट पार्टीको तर्फबाट पहिलो सभामुखको रुपमा भारतमा संसदीय सर्वोच्चता, पद र संस्थागत गरिमा अभिवृद्धि गर्न खेलेको भुमिका संसारभरिका संसदीय व्यवस्थाका पक्षपातिको लागि सवैभन्दा प्रेरणाको श्रोतको रुपमा ‘सोमनाथ लिगेसी’ छाडेर गएका छन् ।

 

भारतको लोकसभाका पूर्व सभामुख सोमनाथ चटर्जीको ८९ बर्षको उमेरमा हृदयघातको कारण आज बिहान कोलकातामा निधन भएको छ । उनी बिगत केहि बर्षयता मृगौला रोगसंग संधर्षरत थिए । उनको जन्म १९२९ मा भएको थियो । उनी १९६८ मा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) प्रवेश गरेका थिए ।

 

उनी २००८ सम्म उक्त पार्टीका नेता रहेका थिए । उनी १९७१ देखी लोकसभाका सदस्य निर्वाचित भएका थिए र उनी लगातार १० पटक लोकसभामा सदस्य निर्वाचित भएका थिए । उनले १९८४ मा एक पटक मात्र पश्चिम बंगालको जाधबपुर लोकसभा क्षेत्रबाट ममता बनर्जीसंग पराजित भएका थिए । उनी २००४ मा लोकसभाको सभामुखमा १७ पार्टीको सर्मथनमा निर्विरोध निर्वाचित थिए । बेलायतमा कानुनको उच्च अध्ययन गरेका सोमनाथ एक कुशल वक्ताका रुपमा पनि चिनिन्थे । सोमनाथ चटर्जी आफै एक संस्था थिए र उनको लागि कुनै परिचयको मोहताज आवश्यकता छैन ।

 

 

सोमनाथ एक आफैमा संस्था हुन र एक संसदीय बिरासत पनि हुन । उनी संसदीय सर्वोच्चताको पक्षपाती मात्र होइन, त्यसको अकिञ्चन अभ्यासकर्ता थिए । ‘बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्था’मा एक कम्युनिष्ट पार्टीकोतर्फबाट पहिलो सभामुख भएर संसदीय सर्वोच्चता र संस्थागत गरिमा अभिवृद्धि गर्न उनले खेलेको भुमिका संसारभरिका संसदीय व्यवस्थाका पक्षपातिको लागि सवैभन्दा प्रेरणाको श्रोत हो । साथै संसदीय राजनीतिक पदावलीमा ‘सोमनाथ लिगेसी’ भनेको पनि त्यहि हो ।

 

 

भारतले २००८ मा अमेरिकासंगको परमाण सम्झौतालाई लिएर उनको राजनीतिक पार्टी भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)ले संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) छाड्यो । त्यसपछि भाकपा(मार्क्सवादी)ले सोमनाथलाई लोकसभा सभामुखबाट राजीनामा गर्न दवाव दियो ।

 

 

उनले सभामुखको निष्पक्षता र संवैधानिक दायित्वको कारण पदत्याग गर्न अश्विकार गरे । त्यहि कारण उनलाई भाकपा(मार्क्सवादी)ले पार्टीबाट निश्कासन गरियो । तर, उनले त्यसको कुनै पनि प्रवाह गरेनन् । उनले सभामुखको पदको गरिमा, महिमा र भूमिकालाई डगमगाउँन दिएन । उनले भारतीय संसदीय सर्वोच्चतालाई कायम गरे । उनले सभामुखको रुपमा कहिल्यै पनि व्यक्तिगत, पार्टीगत वा विचारधारात्मक आग्रह वा पुर्वाग्रहले कुनै पनि कदम चालेनन् । सवै प्रकार कदम चाल्न उनीमाथि परेका दवाव झेल्ने साहस र दृढता देखाए । त्यसैको परिणाम भारतीय जनता पार्टी जस्तो विचारधारात्मक रुपले अति दक्षिण पन्थी राजनीतिक पार्टीका नेतासमेतले उनलाई सम्मानपूर्वक हेर्ने गर्थे ।

 

 

सोमनाथले लोकसभा सदस्य, संसदीय समिति र लोकसभा सभामुखको रुपमा खेलेको भुमिकाबाट नेपालका पनि नेताहरुले पाठ सिक्न सक्छन् । सार्वभौम जनताले निर्वाचित सार्वभौम संसदको सर्वोच्चतालाई कायम राख्नको लागि संसद नै सबै समस्याको समाधन गर्ने र संसदीय व्यवस्थालाई बलियो बनाउँन संसद भित्र र बाहिरका सवै राजनीतिक शक्तिले आफैले आफुलाई तयार गर्न ‘सोमनाथको लिगेसी’बाट धेरै सिक्न सक्छन । संसद बाहिरबाट र संसदीय पद्धतिभन्दा बाहिरबाट समाधान खोज्ने प्रवृति नेपालमा खतरनाक रुपमा देखिदैछ ।

 

 

एक व्यक्तिले पदीय मर्यादाको पालना गर्दा व्यक्तिको भन्दा पनि पदको मर्यादा बढ्ने तथ्य सोमनाथले सिकाएको पाठ हो र त्यसलाई सबै संसदवादीले आत्मसात गर्दा राम्रै होला ।

Comments

NIC Asia