MENU
गोयबल्स शैलीको सरकार र रनभुल्ल कांग्रेस
 : [views]
- श्रीबाबु कार्की उदास    Feb 09, 2019
  • 163
    Shares

सधैं सत्ताको गुलियोमा लटपटिएकाे कांग्रेसले प्रतिपक्षमा रहँदा जनताको मन मुटुमा बस्न सक्ने वातावरण निर्माण गर्नु नै आजको आवश्यकता हो र कांग्रेसको भबिस्य उज्ज्वल बनाउने बलियो आधार देखिन्छ । अन्यथा आफ्ना उरन्ठेउला भातृ संस्थालाई सडकमा उफारेर र दुईचारवटा सरकारी गाडीमा आगजनी वा तोडफोड गरेर संस्थापक नेता स्व. बी.पी. कोइरालाले देखेको समाजवादको सपना पुरा गर्न सकिदैन भन्ने टुंङ्गाेमा पुग्न कांग्रेस नेतृत्वतहले ढिलो गर्नुहुन्न । अन्यथा नेपाली कांग्रेस क्रमशः हिउँझै पग्लिएर जाने अबस्थामा पुग्दैन भन्न सकिँदैन।

 


– श्रीबाबु कार्की उदास

 

बिसौं शताब्दीको चौथो दशकतिर बेलायतमा चरम तानाशाह एल्डाेफर हिटलरको राज्य थियो । हिटलरको तत्कालीन संचारमन्त्री थिए – जोशेफ गोयबल्स ।

हिटलरका अन्धभक्त्त गोयबल्सको एउटा मान्यता थियोे कुनै पनि कुरालाई सयौं पटक दोहोर्याइ तेहेर्याइ भन्ने हो भने जस्तोसुकै असत्य कुरा पनि सत्य साबित गर्न सकिन्छ । यो शैलीलाई अहिले ‘गोयबल्स शैली’ भनिन्छ । गोयबल्सले हिटलरको शाशन टिकाउन सबै कुरालाई सयौं चोटी दोहोर्‍याए सत्य साबित गर्न खोज्दथे ।

सयचोटी दोहोर्‍याए भनेपछि जस्तोसुकै असत्यलाई पनि सत्य बनाउन सकिन्छ भन्ने हिटलरकालीन गोयबल्स शैलीको पछिल्लो संस्करण ओली सरकारका केही मन्त्रीहरूमा पनि देखिन थालेको छ ।

जसको परिणामले कांग्रेस देशभर आन्दोलनमा उत्रिएको छ । कांग्रेसको यो आन्दोलनको देश दाैडाह भनेको ओली सरकारको भन्डाफाेर नै हो । आज सदनमा कांग्रेस मरिचझैँ चाउरिएको छ । नेकपाको दुईतिहाई सरकार नेपाली कांग्रेसको कुनै आवाज सुन्न तयार छैन । सरकार आजसम्म जेजति बिकास भयो त्यो हामीले गरेको हो भन्ने प्रचार गरिरहेको छ । प्रतिपक्षसंग दुईतिहाईको घमण्ड सरकारको चरमरूपमा प्रतिबिम्बित भएको छ । जसको पछिल्लो एउटा उदाहरण सदनमा पास भएको चिकित्सक शिक्षा विधेयकलाई लिन सकिन्छ ।

यो बिधेयक कांग्रेसको कडा अबरोधका बाबजुद पनि सरकारले मार्सल लगाएरै पास गराएर छोड्याे । सरकार इतरका बुद्धिजीवीहरु अहिले यो बिधेयकलाई ‘मार्सल-बिधेयक- २०७५’ भनेर ब्याख्या गरिरहेका छन । प्रतिपक्षी कांग्रेस चिकित्सा शिक्षा बिधेयकको बिरोधमा सदनमा संसद बहिष्कार गरिरहेको छ । सडकमा उसका भातृ भगिनी संस्था आन्दोलित छन ।

एक चिकित्सक त्यही बिधेयककाे मस्यौदामा जसरी आफुसङ्ग सरकारले सम्झौता गर्‍यो । त्यो अक्षरश: पालना गर्नुपर्छ भनेर १६ औं पटकको आमरण अनशनमा सुतिरहेका थिए । आफ्नो एक सचेत नागरिकको निशस्त्र हतियार सत्याग्रहलाई कुनै पर्वाह नगरी जबर्जस्त बिधेयक पास गराउन सदनको कार्यबाही अगाडि बढाउँछ । सदनको यो असम्झदारीबाट गतिलो पाठ सिकेर अहिले कांग्रेस नाभिदेखिको बल लगाएर सडक, सदन र सहरकेन्द्रित आन्दोलन गरेर सत्ताको बिरोधमा उत्रिएको छ ।

सरकारको बिरोध हिंसान्मोख भएर होइन, शभ्य, शालीन र सु-संस्कृत ढंगले गर्न सकेन भने कांग्रेसले आफ्नो भबिस्य सुनिश्चित गर्न कठिन छ । हिजोसम्म विपक्षको कुनै भूमिका देखाउन नसकेको कांग्रेस अहिले बिउँझेको मात्रै छैन । जनतासङ्ग कसरी पुग्ने ? भनेर अतालिएको अनुभव हुन्छ । यो ऊर्जाले कांग्रेसको नेतृत्व तहमा गम्भीर छलफल र बहसको थालनी भएको छ भन्ने महशुस गर्न सकिन्छ । ओली सरकारको क्षयीकरण हुँदै गइरहेको यो स्थितलाई सिर्जनात्मक र रचनात्मक रूपबाट जनताको घर आगनमा पुग्ने र उनीहरुको सुखदुखमा साथ दिनसके कांग्रेस आगामी चुनावबाट प्रतिपक्षको बेन्चमा,निरीह भएर बस्नुपर्ने अबस्था हुने थिएन की ?

सधैं सत्ताको गुलियोमा लटपटिएकाे कांग्रेसले प्रतिपक्षमा रहँदा जनताको मन मुटुमा बस्न सक्ने वातावरण निर्माण गर्नु नै आजको आवश्यकता हो र कांग्रेसको भबिस्य उज्ज्वल बनाउने बलियो आधार देखिन्छ । अन्यथा आफ्ना उरन्ठेउला भातृ संस्थालाई सडकमा उफारेर र दुईचारवटा सरकारी गाडीमा आगजनी वा तोडफोड गरेर संस्थापक नेता स्व. बी.पी. कोइरालाले देखेको समाजवादको सपना पुरा गर्न सकिदैन भन्ने टुंङ्गाेमा पुग्न कांग्रेस नेतृत्वतहले ढिलो गर्नुहुन्न । अन्यथा नेपाली कांग्रेस क्रमशः हिउँझै पग्लिएर जाने अबस्थामा पुग्दैन भन्न सकिँदैन।

इतिहासदेखि नै विभिन्न भंगालामा बग्नुपर्ने नियतिबाट कांग्रेस ग्रसित छ । यद्यपि अशंख्य भंगालामा बगेपनि र चिरामा बिभाजित रहेपनि कांग्रेस जोड्ने रसायन इतिहासमा निकै बलियो थियोे र मजबुत थियोे । कांग्रेस निर्माणका सात दशकमा यो पटक नेपाली कांग्रेस यति कमजोर देखियो कि, जो इतिहासकै एक गम्भीर दुर्दशाबाट तङरिनै नसक्ने अबस्थामा गुज्रिएको छ । कांग्रेस कमजोर हुनुको पछाडि कुनै कारण छ भने त्यो हो – नेतृत्वदायी भूमिकाको खडेरी । नेतृत्व तहबाट कार्यकर्ताको संरक्षक गर्न नसक्नु । पार्टीको लामोसमयदेखि नीतिगत कुरामा कुनै प्राज्ञिक छलफल नहुनू र समयको परिवर्तनशील परिस्थितिसंग झुकाव नराख्दा कांग्रेस कुहिरोमा अलमलिएको काग झैँ देखियो । पछिल्लो ( विशेष गरि २०६२/ ६३ पछि ) बलमिच्याइको राजनीतिक गतिविधिमा कांग्रेसको खास भूमिका न्यून रहेको देखियो । यसमा स्थानीय पार्टी कार्यकर्ताले आफुलाई मनोबैज्ञानिक ढंगले असुरक्षित महसुस गरेको हो कि भन्न कुनै अप्ठ्यारो नहोला । कांग्रेस कर्याकर्ताले कहिल्यै पनि आफ्ना सरकारले गरेका राम्रो र दूरगामी कार्यक्रमको मार्केटिङ्ग गर्न सकेनन ।

आफ्नै पार्टीभित्र पनि ‘मैले गरेको ठीक, अरुले गरेको बेठीक’ भन्ने परिपाटी नेपाली कांग्रेसका लागि सधैं घातक बन्ने गरेको देखिन्छ । राणा फाल्ने कांग्रेस, पन्चायत फाल्ने कांग्रेस, राजा फाल्ने कांग्रेस, राजनीतिक परिवर्तनको सबै नेतृत्व गर्ने कांग्रेस, संविधान-सभाबाट संविधान जनताको हातहातमा पुर्याउने कांग्रेस तर यी सबै कुराको स्वामित्व ग्रहण गर्न कांग्रेस सधैं चुकिरहेको छ । सातसालदेखि बैसठ्ठी/त्रिसठ्ठी सालको जनाअन्दोलनसम्म आइपुग्दा नेपाली कांग्रेस अन्यदलहरुलाई आफ्नै जुवामा नार्दै आएको एक सशक्त र नेपाली राजनीतिको मीयो बनिरहेको थियोे । कांग्रेसको आह्वानमा हालसम्म भएका राजनीतिक परिवर्तनका कुनै आन्दोलनबाट ‘ब्याक’ हुनु परेको परिस्थिति थिएन । राजनीतिक रूपमा सबैभन्दा बढी आलोचनाहरुबाट आलोचित यो पार्टी जनताको नजरमा फलेको आँपको बृक्षझैँ थियोे ।

‘फलेकै बृक्षले धेरै झट्टी सहनुपर्छ’ भन्ने शाश्वत सत्य कांग्रेसमा लागू थियोे । सातदशक लामो यात्रा तय गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका कार्यकर्ताकालाई हँसिया हतौंडामा मतदान गर्न मात्रै लगाउनु भएन, कांग्रेसका अथाह शुभचिन्तक, कार्यकर्ता र मतदाताहरुलाई पार्टीको यो गम्भीर तथा अदुरदर्शी निर्णयले नमिठाे गरि मन कुड्याइ दिने ऎतिहासिक भुल समेत गर्नुभयो । सधैं स-गर्व चारतारे झण्डा बोकेरै आएका पार्टीका कार्यकर्ताले स्थानीय चुनावमा अनिच्छापूर्वक इतिहासमा बर्ग दुश्मन भनिएको तत्कालीन माओबादीको झण्डा बोक्न बाध्य पारियो । लाखौं कार्यकर्ताहरुले यो गठबन्धनपाई “अप्राकृतिक गठबन्धन” को संज्ञा दिए पनि पार्टीको केन्द्रीय रणनीतिले पार्टीभित्रै “मौन-बिद्रोह” को परिस्थिति सृजना गर्न पुग्यो । यो मौन-बिद्रोहले नै इतिहासकै ठुलो नेपाली कांग्रेस पार्टीलाई ‘बोन्साइ-कांग्रेसमा’ रूपान्तर गर्ने प्रमुख आधार बनाउन पुग्यो ।

कांग्रेसको आन्तरिक कलह त इतिहासदेखि नै भुसको आगोझैँ सल्किरहेको थियो । कांग्रेसको यो नेतृत्वको टकराव न हिजो मथ्थर भयो, न आज हुन्छ, न भोलि मथ्थर हुने परिस्थिति देखिन्छ । नेतृत्व तहमा भएको गम्भीर त्रुटिले आम कांग्रेसको मन मात्रै अमिलो बनेन, जसको फलस्वरूप कांग्रेसकै सक्रिय सदस्यहरुले विपक्षमा मतदान गर्न पुगेका प्रसस्त उदाहरण छन । तपाईं हाम्रै गाउँघरमा नेपाली कांग्रेसको क्रियाशील सदस्यहरु भन्दा चुनावमा कांग्रेसले प्राप्त गरेको मत किन न्यून हुनपुग्यो ? यसमा हामीले कत्तिको समीक्षा गर्यौ ? यसले के देखाउँछ भने – कि कांग्रेसको नीतिनिर्माणमा केन्द्र कमजोर छ, कि पार्टीको टिकट दिने प्रणालीमा गम्भीर खोट छ भन्ने संकेत गर्छ, पार्टीमा गरेको योगदान ।

जनताको आँखामा लोकप्रिय, निस्वार्थ भावको ब्यक्तित्व, आर्थिक र नैतिक आचरणले युक्त, तार्किक र सिर्जनशील, जनताप्रति समर्पित भावले युक्त भएका ब्यक्तिलाई हामीले चुनावी प्रक्रियामा सामेल गर्न कत्तिको सकियो ? यो खोजीनीति हुन जरुरी छ । नेपाली कांग्रेसको सबै तहमा यो विषयलाई छलफल चलाउन जरुरी छ । अन्यथा पार्टीले पार्टीमा लगानी गरेको छ भन्ने बहानामा -भ्रष्ट आचरण, नैतिक रूपमा कमजोर, अलोकप्रिय, सैद्धान्तिक दरिद्रता र परम्परागत जडसूत्रवादले ग्रसित ब्यक्तिहरुलाई पार्टीले संरक्षण र अबसर दिदै जाने हो भने कांग्रेस अझै कमजोर बन्दैजाने निश्चित छ ।

हामीले कांग्रेस शुद्धिकरण र सुदृढीकरणका लागि यी सातदशकदेखि आजसम्म के के गर्यौं त ? एउटा पार्टी जो लामो समयदेखि सत्तामा रहँदा जानाजान वा अन्जानमा हुने शक्तिको दुरुपयोगमा पार्टी कति चनाखो रह्यो त ? त्यो विषयको हेक्का हामीलाई कहिल्यै भएन । यदि कांग्रेस सुदृढीकरणतर्फ जाने हो भने भ्रष्टआचरण भएका केन्द्रदेखि तल्लोतहसम्म आफ्नो अर्को नभनि अनुशासनको दायरामा ल्याउनु पर्छ । आज धमाधम पार्टीका उच्चतहमा रहेका नेताहरुलाई सत्तामा रहँदा अख्तियार दुरुपयोगका लान्छनाहरु आउँदा तल्लो तहमा मौनता सुरु गर्नुपर्ने परिस्थिति देखिन्छ । ‘आफ्नाले गरे ठिक, अर्काकाले गरे बेठिक’ भन्ने बानी सबै पार्टीका कार्यकर्तालाई पचिसकेको छ । नेपाली कांग्रेसले यी कुरामा कत्तिको ख्याल पुर्याएको छ ? सडकमा आन्दोलनरत कांग्रेस नेतृत्वलेअब आफ्ना कार्यकर्तासङ्ग एउटै सिरान गरेर सुत्दा के जवाफ दिने ? या आफुले गरेका कमजोरीहरुलाई महत्त्व दिने कि नदिने ? गल्ती हजार हुनसक्छ तर ती गल्तीहरुलाई सच्याएर जानु नै आजको कांग्रेसको महत्त्वपूर्ण पक्ष होला ।

 

 

 

 


  • 163
    Shares
  •  
    163
    Shares
  • 163
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia