MENU
‘सिङ्गल’
 : 1,417 views
  Dec 24, 2017

उसले वोल्दै गर्दा उसको कुरामा भन्दा कुरा गर्ने शैलीमा मेरो ध्यान गएको थियो । उसको अनुहार र श्रृङ्गार हेरेर अनुमान गरेकोभन्दा निकै सहज र नम्र पारामा वोल्दै थिइ उ । दायाँ भागको लामो कपाललाई जोगाउदै तालुको विचबाट वायाँ तिरसबै कपाल खौरेको, नाकमा ठूलो वुलाकी, अनी फुली, र पेन्सिल मिसाएर निकै मोटो देखाइएको आँखी भौँ ! सरसर्ती हेर्दा उ चलचित्रको खलपात्रसँग जोडिएर हिड्ने युवती अथवा सन् १९८० को दशकमा चर्चामा आएको पंक भनेर जो कोही पनि धोका खान सक्थ्यो । तर त्यसो थिएन, निलो रङ्गको प्यान्ट, सेतो कमिज अनी कम्मरमा वाकी टाकी सहित आधुनिक सञ्चार माध्यमका उपकरणहरूले उ यो सपिङ मलको सेक्युरिटी गार्ड भएको वुझाउथ्यो ।

 

दुई चार पटक कहिले एक्लै र कहिले आफ्ना सहकर्मीसँग हिडेको देख्दा पनि मलाई उ आफैमा रमाउने स्वभाव भएको जस्तो लागेको थियो ।

 

त्यस दिन म काम गर्ने स्टोर सामु केही होहल्ला जस्तो सुनेर हेर्दा केही युवाहरूसँग उसलाई कुरा गर्दै गरेको देखे । केही वेरपछि के भएरको रहेछ भनेर उसँग जिज्ञासा राख्दा उसले केही युवाहरूले अली वढी होहल्ला गरेको हुनाले त्यसो नगर्न भनेको वताएकी थिइ ।

 

त्यसपछि वेला वेलामा मलमा घुमी रहदा मेरो स्टोरमा समेत आएर केही वेर कुरा गर्न थालेकी थिइ ।

 

आफूलाई २७ वर्षको वताउने उ उमेरभन्दा निकै कलिली देखिन्थी ।

 

‘हेल्लो’ ! मैले आवाज तर्फ हेर्दा सुरुमा त ठम्याउनै सकिन । सधै सेक्युरिटी गार्डको पोसाकमा देखेको उसलाई आज फरक लवाइमा देख्दा म छक्क परेको थिए । निलो जिन्स र माथी रातो रङको जर्सीमा सजिएकी उसको टाउकोमा रहेको क्यापले वाँया तर्फ कपाल खौरेको भागलाई लगभग ढाकेको थियो । अनी पछाडी एकातर्फको मात्र लामो कपाल फुकाएकी थिइ जुन उसको कम्मरभन्दा अली माथीसम्म पुगेको थियो । अनी आँखी भौँ पनि सर्लक्क मिलाएकी । वस्तवमा उ एक दिन अघि आउने भनेकी थिइ, म उसको पर्खाइमा पनि थिए । तर अघिल्लो दिन नआएपछि मैले पनि उ आउने कुरा लगभग विर्सेको थिए ।

 

दुई चार दिन अघि उसँग सामान्य कुराकानी हुदा उसले चार हजार पर्ने पियानो जम्मा चार सय पचासमा पाएको वताएकी थिइ । सङ्गित वाहेक अरु के मा रुची छ भन्ने मेरो जिज्ञासामा उसले आफू फोटोग्राफी, चित्रकला र सङ्गितमा रमाउन मन पराउने वताएकी थिइ । अनी अघिल्लो दिनको समय तय गरेर आफ्ना ति कलाकृतीहरू मलाई देखाउने भनेकी थिइ ।

 

‘सरी है म हिजो आउन सकिन । तिमिलाई अहिले फुर्सद छ ? त्यसो भनी सकेपछि मेरो जवाफ नपर्खी उसले खल्तीबाट मोवाइल निकाली र आफूले पियानो वजाएको भिडियो चलाई । म सङ्गितको पारखी न भए पनि पियानो वजाउदाको वेलाको उसको तल्लीनता देख्दा व्यावसायीक पाराको पियानो वादक जस्तो मलाई लागेको थियो । तर आफूले कहिल्यै पियानो कुनै शिक्षकसँग न सिकेको र सुनेको तथा भिडियो हेरेको भरमा सिक्दै गएको वताइ ।

 

उसले आफूले कोरेका तस्विरहरूको संगालो मोवाइलमा देखाउदै गइ । उसले वनाएका चित्रहरू ‘मोडर्न आर्ट’ भनिने चित्रको झझल्को दिने जस्तो भएको मलाई लागेर आयो । मैले प्रश्न गर्दा आफूले प्रयास गरेको वताइ । एउटा चित्र ठूलो आकाश स्वयंमा एउटा आँखा जस्तो रुपमा थियो । अर्को समुद्रमा ठूलो भंगालो जस्तोमा एउटा सार्क अल्झेको जस्तो थियो ।

 

त्यसपछि उसले आफ्ना केही तस्विर देखाइ । जुन मोडलीङका लागि खिचिएका जस्ता थिए ।

 

‘तिमी यति राम्री अनी थुप्रै गुण पनि रैछन त’ । मेरो कुरामा उ फिस्स हासी मात्र । उसको मुस्कानमा एक किसिमको फिक्कापन थियो ।

 

‘तिम्रो श्रीमान् कहाँ छन् नी ?’ मेरो प्रश्नमा उसले अर्कै तिर अनुहार फर्काएर भनी–के को श्रीमान नी ! विहे नै भएको छैन । व्वाय फ्रेन्ड थियो तर धोका दियो ।
अब त म सिङ्गल छु ।

 

एकपछि अर्को गर्दै तीन जना ब्वाय फ्रेन्डबाट धोका पाएपछि आफू निराश भइसकेको वताउदै उसले भनी–मलाई अव प्रेममा कुनै रुची नै छैन ।

 

‘म आफ्नो ध्यान अव आफ्नो काम, सङ्गित र कलामा मात्र केन्द्रित गर्दै छु । म तीन पटकसम्म धोका पाइसकेको मान्छे हूँ । पहिला त ति केटाहरूका बारेमा सोँच्दा निकै रिस उठ्थ्यो, तर पछि गहिरिएर विचार गर्दा त्यसमा मेरो आफ्नै पनि कमजोरी भएको पाए मैले ।

 

‘प्रेमलाई त्यसै अन्धो भनिएको रहेन छ ।’ उ धाराप्रवाह वोल्दै थिइ–प्रेममा परेपछि मानिस एकोहोरो रुपमा हिड्दो रहेछ, अरु तर्फ ध्यान नै नदिइ ।

 

आफ्नो हकमा पनि त्यस्तै भएको बताउदै उसले अगाडि भनि,‘मैले एकपछि अर्को उनीहरू सबैलाई निकै मायाँ गरे । तर उनीहरूको मनमा म प्रति कस्तो भावना छ, कत्तिको मायाँ छ त्यता तिर ध्यान नै दिइन । मैले सोँचे उनीहरूले पनि मलाई उत्तिकै मायाँ गर्छन् । हो यहीँ नै मैले धोका खाए । वास्तवमा एउटा कोणबाट हेर्ने हो भने मैले आफ्नै आशक्तिबाट धोका पाएकी हूँ ।

 

आफ्ना रसाएर आएका आँखा पुछ्दै उसले भनी–तर चोटले मानिसलाई सहन सक्ने बनाउदो रहेछ । मैले तीन तीन वटा एकै किसिमका चोट सही सके ।

 

‘एउटा कुरा थाहा छ ?’ उसले मोवाइललाई आफ्नो पछाडीको खल्तीमा राख्दै प्रश्न गरी अनी मेरो उत्तर नपर्खीकिन भनी–हामी पहिले पनि त सिङ्गल नै हुन्छौँ लामो समय देखि, अनी बीचमा यसरी कोही भेटिन्छ मायाँ वस्छ फेरी उसले छाडेर गएपछि हामी पहिलेको अवस्थामा त हुने हो नी ‘सिङ्गल’ ! तर त्यसो हुदो रहेन छ । त्यो कसैसँग विताएको विचको समय हाम्रो वाकी जीवनमा प्रभावी हुदो रहेछ ।

 

ति सबै घट्ना आफू टेक्ससमा हुदा भएको र त्यहाँको स्कुलको जागिर छाडेर केही साता अघि मात्र आफू यहाँ आएको बताउदै उसले भनी–शिक्षण पेशा निकै राम्रो हो, तर के गर्नु त्यहाँ हुने राजनीतिले गर्दा त्यो पनि छाड्न वाध्य भए ।

Comments

NIC Asia