MENU
सबैकाम महिलाले नै गर्नु पर्ने ?
 : 2,233 views
  Feb 03, 2018

 

–सुषमा रेग्मी

कान्छी बहिनी सानै भएकीले उनलाई भने छुट्टी हुन्थ्यो तर उनी भने सबैका काम कुरामा मद्धत गर्ने सहयोगी थिइन् । आमाको काम सुपरभिजन र तरकारी केलाऊने अनि स्वीटर बुन्ने थियो । शुक्रबार उनीहरु सबैले आ–आफ्नो लुगा धुनें र शनिबार भने पूरै परिवार डुल्न निस्कन्यो ।

 

हाम्रो हजुर आमा धेरै वर्ष काशीबासमा बस्नु भयो । उहाँसंग हामी नातीनातिनाहरु पहिलो, दोस्रो र तेस्रो पुस्ता गरेर पालैपालो बनारसमा बस्यौं, त्यहीं पढ्यौं पनि । त्यसपछि त तौलिहवास्थित घर त स्कूल बिदाको समयमा मात्र जान थाल्यौं ।

 

यसरी म पनि तेह्र वर्षदेखि चार वर्षसम्म त्यहीं बसें । सत्र वर्षकी हुँदा त बिबाह भैहाल्यो ।

 

बनारसमा जहाँ बस्थ्यौं, हामी केटाकेटीहरु घरबेटीको घरको संस्कृति देख्दा छक्क पथ्र्यौं । घरबेटीले छोरी, छोरा, श्रीमती र आफूलाई कार्य बिभाजन गरी सबैलाई काम बाँडफाँड गरिदिएका थिए । उनीहरुको परिवारमा काम नगर्ने कोही हुँदैनथ्यो । तर उमेर, क्षमता र अनुभवको आधारमा काम भने बाँडिएको हुन्थ्यो ।

 

घरपट्टिको प्रेस थियो । ऊनीमाथि प्रेसको जिम्मेवारी थियो । उनी प्रेस हेर्थे । श्रीमती सबैलाई खाना बनाऊथिन र भाँडा बर्तन सफÞा पनि गर्थिन् । छोरी कलेज पढ्थिन् ।

 

कलज पढ्न गए पनि छोरीले पनि घरको काम गर्नै पथ्र्यो । ऊनी सबैको कोठा मिलाउथिन् । खाना खान्थिन् र कलेज जान्थिन । छोरो स्कुलमा पढ्थ्यो तर हरेक बिहान पसलमा गएर तरकारी, दुध र आवश्यक सामान लिएर आउथ्यो । स्कूलबाट घर फर्कदा भने घरमा चाहिने खुद्रा मसिना सामान झुण्ड्याएर लखतरान परेर आउथ्यो ।

 

तर आईतबारको दिन सबैजना डुल्न जाने मात्र होइन, घरमा कसैले खाना नै खाँदैनथे । सबैजना घर बाहिरै खाना खान्थे र बेलुका पनि घरमा खाना पाक्दैनथ्यो ।

 

हाम्रो घरपट्टिको यही नै रुटिन थियो । कहिले काही ‘तुम भी चलो’ भन्थे हामीलाई । हुन त हामीहरुको काम पनि बाडिएको थियो । हामी केटाकेटीहरुले पनि उनीहरुको बनारसी चालमाल देखेर आफ्नै खालको रुटिन बनाएका थियौं ।

 

आईतबार बिदाको दिन भएकोले हामीले पनि बाहिर जाने चलन शुरुवात ग¥यौं । हामी भने आइतवार घरपट्टि भन्दा धेरै ढिला घरबाट निस्कन्थ्यौं ।

 

दिउसो खाजा खाने बेलामा हामीहरु पनि घर बाहिर जान्थेम । र, खाना होईन, तर हामी घर फर्कनु अगाडि बनारसको प्रख्यात चाट मज्जाले जिब्रो पड्काइ–पड्काइ खान्थ्यौ । अहिले पनि त्यतीखेरको चाट संझदा मुखमा पानी आउछ !

 

यी पुराना कुरा अहिले आएर किन लेख्नु प¥यो ? तपाईहरु जो जो यो लेख पढिरहनु भएको छ, सबैको मनमा पनि यही सवाल उत्पन्न भएको होला । हो, यो कुरा संझनामा आउनुको पनि कारण छ ।

 

त्यस्तै गरी धेरै पछि हामी जावलाखेल खेलमा डेरामा बस्दा पनि बर्माबाट आएको भारतीय परिवार र हामी एऊटै घरमा बस्थेम । संयोगको कुरा, त्यो परिवारमा पनि कार्य बिभाजन थियो ।

 

अङ्कलको काम तरकारी, फलफुल र रासन ल्याऊने थियो । ऊनी कुनै अफिसमा अफिसर थिए । जेठो छोराको काम पत्थर कोइला, गोल ल्याऊने ल्याउने थियो । कान्छो छोराको काम गहुं, धान कुटाउने पिसाउने थियो । जेठी छोरीको काम पत्थर कोयला बालेर खाना बनाऊने र माईली छोरीको काम सबैको कोठा मिलाउने थियो ।

 

कान्छी बहिनी सानै भएकीले उनलाई भने छुट्टी हुन्थ्यो तर उनी भने सबैका काम कुरामा मद्धत गर्ने सहयोगी थिइन् । आमाको काम सुपरभिजन र तरकारी केलाऊने अनि स्वीटर बुन्ने थियो । शुक्रबार भने उनीहरु सबैले आ–आफ्नो लुगा धुनें र शनिबार भने पूरै परिवार डुल्न निस्कन्थ्यो ।

 

हामी नेपाली परिवारहरु भने अमेरिकामा छन् भने भरपूर सहयोग गर्छन् । तर नेपाल फर्कने बित्तीकै ऊही सामन्ती पारा । ओच्छ्यानमा चिया ! लुगा कपड़ा पनि अरुले ठिक्क पारिदिनु पर्ने । अफिस बाहेक अरु काम गर्दै नगर्ने परिपाटी धेरै जसोको घरमा अहिले पनि छ ।

 

सगोल परिवारको त कुरै छाडौं, अहिलेको सानो परिवारमा पनि सगाउने भन्ने कहींकतै देखिदैन । देखियो भने त्यो अपवाद मात्र हो । र, छुट्टिको दिन आफ्नो सानो परिवारसंग डुल्न जाने पनि हुदैन ।

 

काठमाण्डौंमै बस्ने बिदेशी परिवार छन् भने ती भारतबाट फर्किएकै किन नहुन् परिवारमा एक अर्काले सगाउने संस्कार हुन्छ । मेरो घर छेउछाउकाहरु आईतबारको दिन सपरिवार चर्च जान्छन् । घुमफिर गर्छन् । तर हामी हिन्दू–बौद्ध परिवारमा भने केटा मानिसले अफिस बाहेक अरु कामै गर्न हुन्न भन्ने जस्तो छ ! किन होला ?

 

पहिला–पहिला त केटा मानिसहरु कित साथी भाइसंग, कि त तास खेलेर बिताऊने गर्थे । सायद तेसैको छाप अहिलेका पढे लेखेकाहरुमा पनि त्यही सरेको होकि ?

 

हाम्रो घर परिवारमा घरभित्रको सबै काम महिलाले नै गर्नु पर्ने हो र ? सबै बोझ किन महिला माथि मात्रै ? घरभित्रको काम देखिने काम पनि होईन । अनि हामी कहाँ प्राय सपरिवार नै मिलेर घुम्न जाने चलनले पनि फैलने र फुल्ने अवसर कहिल्यै पाएन किन होला ?

 

केही दिन अघि एकजना चिनजानको महिला मेरो घरमा आऊनु भयो । उहाँले घरभित्रको गुनासो पोख्नु भयो । मैले पनि उहाँको मनमा हुँडलीएको थुप्रो पोखिएर हलुका होला भन्ठानेर चार घण्टा सुनें ।

 

उहाँको दुखेसो थियो, के पैसा दिने बित्तीकै हामी महिला घरका नोकर हौं र भन्या ? सबैलाई सर्भिस दिनु पर्ने ? त्यो पनि अहिलेको हेल्पर न पाईने जÞमानामा ? उहाँका कुरा मलाई जायज लागे । मेरो मनकै कुरा उहाँले भनिरहे जस्तै लाग्यो । अनि भन्न मन लाग्यो, पढ़े लेखेका मानिसमा रहेका यस्ता मध्ययुगीन सोच र मानसिकताको अन्त्य कहिले होला ? शायद, थुप्रै संख्यामा ७ सय ६१ स्थानीय, प्रदेश र संघीय संसदमा पुगेका नयाँ नेपालका नेता र नेतृहरुले यसतर्फ बिचार गर्लान ? संघीय गणतन्त्र नेपालका नयाँ जनप्रतिनिधिबाट आशा गरौं कि भर परौं ?

 

(लेखक रेग्मी ७० वर्ष काटिसक्नु भयो । उहाँको सोख अहिले पनि बाग बगैंचामा फूलदेखि फलका र तरकारीका साना विरुवाहरुलाई आकर्षक बनाउनु हो । कलमी, छाँटकाट र चित्ताकर्षक रुपमा प्रस्तुत गर्नु नै उहाँको विशेषता हो ।

साना साना कुराहरुलाई मिलाएर आकर्षक रुपमा प्रस्तुत गर्न उहाँ माहिर हुनुुहुन्छ । घरगाउमा सर्वसाधारणले प्रयोग गरिरहेका सामानहरु उहाँको रोजाइमा परेको सहजै देखिन्छ । सामान्य सामानहरु पनि उहाँले सजाएपछि आकर्षक मात्र बन्दैनन् कति महंगा होलान्, सबैले यस्तै सोच्छन् । चाहे ती खानेकुरा हुन् वा भाँडाकुँडा । फालिएका वस्तुहरु पनि उहाँको हातमा परे भने ती आकर्षक हुने मात्र होइन, तिनमा जवानी नै आउछ ।

त्यसैले झरेर गएका मात्र होइन, सुकिसकेका फूल, पात र हाँगाहरुलाई पनि नेपाली परंपरागत भाँडाहरुमा पनि चित्ताकर्षक बनाउने खुबी उहाँमा रहेको उहाँले सजाएका फूलका तस्वीरहरुले नै बताउछन् । उहाँको लगनखेलस्थित निवासमा पुग्नेहरुको एउटै प्रतिक्रिया हुन्छ–यतिसानो क्षेत्रफललाई पनि एउटा ठूलो पार्कमा परिणत गरेको अनुभूति मात्र होइन, सयौंथरि बोटविरुवाको संकलनले गर्दा बोटानिकल गार्डेन नै पुगेको महसूस भयो । उहाँको घरमा आश्रय लिइरहेका चराचुरुंगी र पुतली लगायतका किराहरुको चलखेल अर्को आकर्षण हो । यसवाहेक पनि उहाँका अरु बिशेषता छन्, जो उहाँका प्रस्तुतिले प्रष्ट्याउदै जाने अपेक्षा सहित–संपादक ।)

Comments

NIC Asia