MENU
एकतर्फी माया
 : 1,160 views
  Feb 25, 2018

 

 

उसलाई त्यस रुपमा मैले पहिलो पटक देख्दै थिए । त्यस रुपमा भन्दा पनि त्यस स्थितिमा भन्दा उचित होला । परैबाट मैले उसलाई चिनी सकेको थिए र उसलाई सहजै चिनेकोमा म स्वयंलाई अनौठो लागेको थियो । किनभने उसको रुपरङ्ग अहिले वेग्लै थियो, नितान्त वेग्लै ।

 

सपिङ मलमा आउदा पनि उसको अनुहारमा श्रृङ्गारपटारको कुनै चिनो थिएन । कांइयोसँग कुनै साइनो नभएको जस्तो देखिएका कपालका जगल्टा अनी अस्त व्यस्त कपडा । एउटा पुरानो जस्तो देखिने कालो रङ्गको ट्राउजर र माथी घरवस्दा लगाउने जस्तो साधारण पुरानो, मैलिएको टिसर्ट ।

 

अहँ ! उ यो हुनै सक्दैन, एक मनले भन्यो । तर यो उ नै थिइ । मैले आफ्नो मनमा त्यति कुरा खेलाउदासम्म उ मेरो काउन्टर नजिकै आएर चुपचाप उभिइ । खै त उसमा त्यो फुर्तिलोपन, त्यो चञ्चलता, अनी अरु वेला वोल्न र मुस्कुराउन समेत खप्पिस जस्तै देखिने उसका आँखा पनि त शुन्यतामा हराए जस्ता थिए ।
एकैछिनपछि उसले विस्तारै भनी–हाम्रो ब्रेकअप भयो नी !

 

मैले प्रतिकृया दिन नपाउदै अगाडि भनी–उसले भन्यो म प्रति उसमा ‘त्यस’ किसिमको कुनै ‘फिलिङ्ग’ नै आउदैन रे !

 

‘अनी, यो कुरा वुझ्न उसलाई साढे तीन वर्ष लागेछ !’ मेरो मुखबाट अनायास निस्क्यो ।

 

मेरो कुरा सुनेर उ लगभग भक्कानीएको शैलीमा वोली–म प्रति उसले कहिल्यै प्रेम देखाएन । वास्तवमा मैले उसलाई एकतर्फी रुपमा नै मायाँ गरेकी रहेछु ।

 

साढे तीन वर्षको सम्बन्धमा उनीहरू लिभ इन रिलेसनसिपमा थिए । तर उसले भने जस्तै उसको ब्वायफ्रेन्डले कहिल्यै पनि उ प्रति त्यस किसिमको आशक्ति अथवा प्रेम नै प्रकट गर्दैनथ्यो, कमसे कम सार्वजनिक रुपमा त कहिल्यै त्यसो देखिएन ।

 

कतिसम्म भने सँगै हिड्दा उ ब्वायफ्रेन्डसँग अली टाँसिन खोज्थी तर उसले भने संकोच माने जस्तो गथ्र्यो । अनी कहिलेकाही आफूहरू महिना दिन हुदा पनि कतै घुम्न अथवा डेटिङ्गमा नगएको गुनासो उसले वेला वेलामा गर्थी । तर पनि कियाना भने सधै एकतर्फी रुपमा उ प्रति प्रेम प्रदर्शन गर्न छाडेकी थिइन ।

 

फेसवुकमा उसको ‘स्टाटस’ पनि आफ्नो ब्वायफ्रेन्डले आफूलाई कति धेरै मायाँ गर्छ भनेर लेखिएको हुन्थ्यो तर उसको त्यस किसिमका स्टाटसलाई उसको ब्यायफ्रेन्डले लाइक गर्नु वाहेक कुनै किसिमको कमेन्ट भने कहिल्यै गरेको देखिएको थिएन ।

 

आफ्नो ब्वायफ्रेन्डलाई लिएर उ निकै गर्व गर्थी । हुन पनि उ निकै सुन्दर थियो । अग्लो अनी खेलाडीको जस्तो गठिलो शरिर । उसको अनुहारमा केही कमी देखिन्थ्यो भने त्यो हो मुस्कानको अभाव । उसँग एक दुई पटक भेट हुदा मैले कहिल्यै पनि उ मुस्कुराएको देखिन ।

 

एक पटक कियानाले फेसबुकमा आफ्नो कुनै साथीलाई अप्रत्यक्ष रुपमा कटाक्ष गर्दै लेखेकी थिइ–कसैले मेरो पिठ्यू पछाडी कुरा काट्दैमा मलाई कुनै असर पर्दैन । त्यसरी इश्र्यालु हुनुको साटो हिम्मत छ भने मेरो अगाडि आएर कुरा गर । म उभन्दा केही कम छैन । मसँग काम छ, आफ्नै कार छ अनी मलाई मायाँ गर्ने ब्वायफ्रेन्ड छ ।
तिनै ताक हो उसले कुरैकुरामा हाम्रो पूर्वीय सभ्यतामा हुने मागी विवाहका बारेमा आश्चार्य प्रकट गर्दै सोधेकी थिइ–राम्ररी नचिनेको मान्छेसँग एक्कासी विहे कसरी गर्न सकेको होला ! म त भए त कुनै हालतमा नसक्ने ।

 

उसको कुरा सुनेपछि मैले ‘तिम्रो र तिम्रो ब्वाइफ्रेन्डको भेट कहाँ भएको हो ?’ भनेर सोध्दा उसले ‘एउटा इन्टरनेट साइटको नाम लिदै भनेकी थिइ–म्याचडटकम मा ।

 

मैले त्यसपछि भनेको थिए–जसरी तिमीहरूको भेट म्याच डटकमले गरायो हामीकहाँ हाम्रा अभिभावकहरूको पहलमा विहेवारी हुने गर्छ ।

 

 

त्यसक्रममा मैले अचेल नेपाल, भारत जस्ता दक्षिण एसियाली मुलुकमा पनि प्रेम विवाहको प्रचलन वढ्दै गएको र मागी विवाह अघि पनि केटा र केटीको भेट हुनु सामान्य भइ सकेको बताएको थिए ।

 

‘मैले कसरी आँशु थामेर वसेकी छु मलाई नै थाहा छ ।’ उसको भनाइले मलाई वर्तमानमा तानेको थियो ।

 

 

‘के गर्ने सारै लाजको मर्नु भएको छ मलाई । मेरो साथीहरूको समूहमा ब्वायफ्रेन्ड नभएको अब म मात्र भए । मैले कसरी मुख देखाउनु उनीहरूलाई भन त ! मेरो त जिन्दगी नै वरवाद भयो ।

 

त्यति भन्दा नभन्दै उसको आँखा रसाएर आएको थियो ।
 

Comments

NIC Asia