MENU
डेटिङ जाँदा हराएको टुँडालदेवीको गहना खोज्दै हाँडीगाउँबासी
 : 1,067 views
  Apr 02, 2018

तस्विरहरु: सुनिल शर्मा 

 

काठमाडौं : काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ । टुँडालदेवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने परम्परा रहिआएको छ ।
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथन भने रोचक छ । छोरी भाटभटेनी आफ्नी आमा टुँडालदेवीलाई भेट्न गएकी रहिछन् । तर भाटभटेनी त्यहाँ जाँदा आमा भने अवैध सम्बन्ध रहेको पोडेसँग ‘डेटिङ’ गइरहेको देखिछन् । यसबाट क्रोधित बनेकी भाटभटेनी राति नै फर्किइन् ।

 

उता ‘डेटिङ’ गएकी आमा टुँडालदेवीको भने गहना पनि हराएछ । त्यसबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको धार्मिक विश्वास छ ।

 

बलि दिएको राँगाको रगतले नुहाएका पूजारीलाई शीरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ । टुडालदेवी मन्दिरको पूजारी अद्यपि पोडे (द्यलाः) जातको हुने गर्दछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia