MENU
गण्डकी बोर्डिङ स्कुल – फर्केर हेर्दा
 : 1,084 views
  Jun 16, 2018

 

सुनिल उलक 

 

 

बाटुलेचौर गाँउ पञ्चायतको दिप देखी काजीको खोरसम्म ठूलो चौर थियो । झण्डै सात कि.मी. लामो यो चौरलाई लामाचौर भनिन्थ्यो । यसै गाँउका जिम्मावाल मुखिया तोरणबहादुर खत्री समाजसेवी तथा शिक्षाप्रेमी हुनुहुन्थ्यो । वहाँलाई आफ्नो मनसाय प्रकट गर्नासाथ वहाले आफ्नो तथा केही अन्य गाँउले समेत ५ जनाको जग्गा गरि ३५ रोपनी भन्दा बढी अमला बिसाउनेको डाँडो तथा पाखो जमिन लक्षबहादुर गुरूङको घरमै बसि २०२२ कार्तिकमा नेपाली आदर्श बिद्यालयको नाममा दानपत्र गरिदिए ।

 

 

      लामबद्ध बिद्यार्थीहरू

 

 

नेपाली आदर्श बिद्यालयको नाम परिवर्तन भइसकेको हुदा त्यति पर्याय नहुन सक्छ । तर गण्डकी बोर्डिङ स्कुल भनियो भने जो कोहीको चिर परिचित नाम हुन सक्छ । यहा छोटो रूपमा नेपाली आदर्श बिद्यालयको स्थापना कसरी भयो भन्ने चर्चा गर्न चाहन्छु ।

 

 

 

बि.सं. १९५८ मा देवशम्शेरले जनताको लागी पनि शिक्षाको आबश्यकता भएको महसुस गर्दै देशैभर भाषा पाठशालाहरू खोल्न लगाए । यहि क्रममा पोखरा बिन्द्यबासिनी परिसरमा संस्कृत पाठशालाको शुभारम्भ भयो । आधिकारिक रूपमा पोखरामा खुलेको पहिलो पाठशाला यहि नै हो । तर पोखरा बाइसे चौबिसे राज्यकाल देखी नै शिक्षाको लागी प्रख्यात भैसकेको थियो । कास्कीका राजा कुलमण्डन शाहले बि.सं. १५२४ मा म्याग्दी राखुका पद्मपाणी पाध्यलाई कास्कीमा ल्याइ पिढी पाठशालाको शुरूवात गरेका थिए । कास्कीमा त्यतिबेला नै संस्कृत शिक्षाको जग मजबुत हुन थालेको थियो । यसरी कास्कीमा शिक्षाको शुरूवात भए संगै बाइसे चौविसे राज्यका राजकुमारहरू कास्कीमा संस्कृत शिक्षा अध्ययनको लागी आउदथे । त्यसै कारणले होला “बिद्या हराए कास्की जानु, न्याय हराए गोर्खा जानु” तथा “संस्कृत पढ्न कि काशी जानु कि कास्की जानु” भन्ने उखानहरू चलेका ।

 

 

बिद्यालयको पहिलो प्राचार्य २०२३ जेठ २९ देखी २०२५ मंसिर २९ सम्म

 

 

 

युनाइटेड मिशन टु नेपाल, साइनिङ हस्पिटल तथा स्थानिय बिच २०२३ सावन १७ गते भएको सम्झाैता

 

 

यसरी बि.सं. १९५८ मा शुरूवात भएको संस्कृत पाठशाला पछि बि.सं. २००६ मा नदिपुरमा खुलेको पब्लिक स्कुलले अंग्रेजी विषयको साथमा अन्य विषयहरू पनि पढाउन थालेको थियो । यस पछि देशमा प्रजातन्त्र आए लगत्तै बिद्यालयको खुल्ने क्रम ह्वात्तै बढ्यो । यहि क्रममा कन्या स्कुल, शिशु प्राइमरी स्कुल (ज्ञानभूमी), सोल्डर्स वोर्ड स्कुल, बाराही तथा अन्य थुप्रै बिद्यालय खुलेका थिए । यसरी हेर्दा २००६ देखी २०१६ बिचमा शैक्षिक जागरण युग चलेको थियो । यो समयमा पोखरा तथा यसको वरपर थुप्रै बिद्यालयहरू खुले ।

 

 

 

बाटुलेचौर गाँउ पञ्चायतमा पनि सोही समयमा प्राथमिक पाठशालाहरू खुलिसकेका थिए । यति धेरै बिद्यालय खुलिसके पनि एउटा स्तरिय अंग्रेजी पठनपाठन हुने बिद्यालयको खाँचो थियो । यसको साथै एउटा राम्रो आवासिय बिद्यालयको चाहना पोखरेलीको लागी पनि भैसकेको थियो । यहि भएर वाटुलेचौरको छिमेकी गाँउ अर्मलाका लक्षबहादुर गुरूङ अञ्चल पञ्चायतका सभापति भएको समयमा राम्रो बिद्यालय खोल्ने सोच्नु भयो, सकभर आफ्नै गाँउ नजिकै खोल्ने चाहना जाग्न थाल्यो । जसको लागी वहा लागी रहनु भएकै थियो । त्यहि समयमा युनाइटेड मिशन टु नेपाल भन्ने सस्था नेपालमा प्रवेश गरिसकेको थियो । बि.सं. २०१७ मा नै गोरखामा मिशनरी स्कुलको स्थापना गरिसकेका थिए । त्यसैले थापाथलीमा रहेको युएमएनको कार्यालयमा निर्देशक जोनाथन लिण्डेलसंग भेटी आफ्नो चाहना सुनाउन पुगे, लिण्डेलबाट सकारात्मक जवाफ प्राप्त भएपछि भौतिक पूर्वाधारको तैयारी थाल्नुभयो । राष्ट्रिय पञ्चायतका अध्यक्ष राजेश्वर देवकोटा, अञ्चलाधिश नन्दबहादुर मल्ल तथा शिक्षा निरिक्षक बिन्दु नेपालीसंगको छलफल पछि बिद्यालयको लागी जग्गा खोज्नको लागी गाँउलेसंग सल्लाह गर्न पोखरा आइ पुग्नुभयो ।

 

 

 

युनाइटेड मिशन टु नेपालको बाहिरी उद्धेश्य सामाजिक सेवा भएपनि भित्री उद्धेश्य धर्म प्रचार नै थियो । बेलायतमा पनि मिशनरीको रूपमा बिभिन्न स्थानमा सामाजिक सेवा गर्दै धर्मप्रचार गरिरहेको मिशनबाट नै सञ्चालित युनाइटेड मिशन टु नेपालले पनि आफ्नो उद्धेश्य पुरा हुन सक्ने सम्भावना देखेको हुदा नै तत्कालै स्विकृती दिएको थियो ।

 

 

 

घाममा बसेर पढ्दै बिद्यार्थिहरू

 

 

बाटुलेचौर गाँउ पञ्चायतको दिप देखी काजीको खोरसम्म ठूलो चौर थियो । झण्डै सात कि.मी. लामो यो चौरलाई लामाचौर भनिन्थ्यो । यसै गाँउका जिम्मावाल मुखिया तोरणबहादुर खत्री समाजसेवी तथा शिक्षाप्रेमी हुनुहुन्थ्यो । वहाँलाई आफ्नो मनसाय प्रकट गर्नासाथ वहाले आफ्नो तथा केही अन्य गाँउले समेत ५ जनाको जग्गा गरि ३५ रोपनी भन्दा बढी अमला बिसाउनेको डाँडो तथा पाखो जमिन लक्षबहादुर गुरूङको घरमै बसि २०२२ कार्तिकमा नेपाली आदर्श बिद्यालयको नाममा दानपत्र गरिदिए ।

 

 

 

जमिन प्राप्त भएपछि सानो मेनेजिङ बोर्डको गठन गर्नुभयो । जसमा सभापतिको रूपमा आफै लक्षबहादुर गुरूङ रहनु भयो भने, उपसभापतिमा चन्द्रसिह घले, सेक्रेटरीमा भूपी शेरचन, सदस्यमा ब्यापारीको तर्फबाट त्रैलोक्यमान श्रेष्ठ, बुद्धिजीवीबाट पण्डित मुक्तिनाथ शर्मा, स्थानिय पञ्चायतबाट प्रधानपञ्च मानबहादुर खत्री, स्थानिय कार्यकर्ताबाट कृष्णबहादुर भण्डारी, जग्गादाताको तर्फबाट तोरणबहादुर खत्री क्षेत्री तथा युएमएनका प्रतिनिधि सदस्य राखियो ।

 

 

 

म्यानेजिङ कमिटी तथा युएमएनका प्रतिनिधीलाइ जग्गा निरिक्षण गराउने क्रममा जोनाथन लिण्डेल तथा हवार्ड बार्क्लेले सो जमिन बिद्यालयको लागी उपयुक्त नभएको भनिए पछि वहाहरूले नै सुझाएको हालको जमिनको लागी कुरा गर्न अनुरोध गरियो ।

 

 

 

युनाइटेड मिशन टु नेपाल, साइनिङ हस्पिटल तथा स्थानिय बिच २०२३ सावन १७ गते भएको सम्झाैता गर्दै 

 

 

 

काजीको खोर भनिने हालको जमिन पनि खरदार तोरणबहादुर खत्री क्षत्री तथा वहाका आफन्त सुब्बा रणबहादुर खत्री क्षत्री, बेल खत्री क्षत्री, बिचारी रणबहादुर खत्री क्षत्री, ओमबहादुर खत्री क्षत्री र क्षेत्रबहादुर खत्री क्षत्रीको जमिनमा नै बिद्यालय शुरूवात गर्ने सहमती भयो । जसका लागी राजेश्वर देवकोटाको पहलमा श्री ५ को सरकारका तर्फबाट रू २०,००० सहयोग प्राप्त भयो । बिद्यालय सञ्चालनको लागी यसका साथै स्थानियको जनश्रमदानबाट छाप्रोहरू बनाइ २०२३ जेठ २९ गते राजा महेन्द्रको शुभजन्मोत्सवको अवसर पारेर बिद्यालय समुद्घाटन भयो । समुद्घाटन अगाडी बिद्यार्थी भर्नाको लागी पनि निकै कठिनाइ भएको थियो । तर पनि पोखरा र पोखरा वरपरका गरि करिव ४५ बिद्यार्थी भर्ना गर्न सफल भए यि बिद्यार्थी बिद्यालयको छात्रावासमा बस्नु पर्ने थियो । यसको साथै बाटुलेचौर गाँउ पञ्चायतका १२ बिद्यार्थीलाई भने छात्रावासमा बस्न नपर्ने तथा अन्य शुल्कमा पनि केही छुटको ब्यबस्था गरिएको थियो ।

 

 

 

यसरी शुभारम्भ भएको बिद्यालयमा प्रधानाध्यापकको रूपमा गोरखा आँप पिपलको जनता मिडिल स्कुलका शिक्षिका मार्था मुखियालाई पोखरामा बोलाइ नेपाली आदर्श बिद्यालयको प्रथम प्रधानाध्यापक (प्राचार्य) बनाइयो । यसका साथै बेलायतबाट बोलाइएका कलिन स्मिथ (Colin Smith), मिस पाट मेवी (Pat Mabey), भोजराज मरहठ्टा, राजकुमार तुलाधर, सुवजित तामाङहरूले शुरूवातमा पढाउन थाले । यसको केही समयमा नै मिस डेविस, शान्ती इसाक सुब्बा, कृष्ण (भक्त) बहादुर थापा, प्रेमबहादुर थापा तथा राजकुमार तुलाधरकी श्रीमतीले पनि पढाउन थाल्नु भयो ।

 

 

 

त्यो बेलाको शुरूवाती दिनमा निकै कठिनाइ थियो । तसर्थ समय समयमा बिद्यार्थीहरू घट्ने बढ्ने भइ नै रह्यो । यसका साथै बिद्यार्थीहरूबाट कहिले काही जायज वा नाजायज मागहरू पनि हुन्थे । जसले कुनै बेला बिकराल रूपसम्म लिए ।

 

 

 

बिद्यालयको भवन

 

 

 

२०२४ सालतिर आउनु भएका शान्ती सर बिद्यार्थी बिच छिट्टै निकै प्यारा भए । वहा पढाइको साथ साथ अन्य मनोरञ्जन गराउथे । छुट्टीको बेला बिद्यार्थीलाई लिएर याम्दीमा पौडी खेल्न लैजान्थे, हरेक साँझ भए पछि हाउस हाउसमा गएर बिद्यार्थीहरूलाई कथा सुनाउने गर्दथे । बिद्यार्थीलाइ साथी झै ब्यबहार गर्ने शिक्षक शान्तीका केही गतिविधी प्राचार्य जोनाथन लिण्डेललाई सुनाइदिए । मार्था मुखियाले बोलाएकोले खर्साङबाट आएका शान्ती ईसाक सुब्बालाई बिद्यार्थीहरु छुट्टीमा घर गएको मौका पारी बिद्यालय प्रशासनले निस्काशन गरिदिए । त्यसै त खाना खानु अगाडी प्रे गर्नुपरेकोमा रिसाईरहेका बिद्यार्थीहरु छुट्टी पछि बिद्यालय आउदा आफ्नो प्रिय शिक्षक शान्ती सरलाई बिना अन्य निस्काशन गरेको थाहा पाएपछि प्राचार्यको कार्यकक्षमा पुगे ।

 

 

 

तर प्राचार्यले बिद्यार्थीहरुले शिक्षक, कर्मचारी तथा आफैलाई पनि आक्रमण गर्न आएको भन्दै तुरन्त बिद्यालय बन्द गराई सबै बिद्यार्थीलाई घर पठाई दिए । यसको लगत्तै अभिवावक, सञ्चालक समितीको अध्यक्ष, लक्षबहादुर गुरूङ सबैलाइ पत्रबाट जानकारी पठाइयो । साथै आन्दोलनमा सहयोग गर्ने सबै बिद्यार्थीहरूलाइ पनि निष्कासित गरिदियो । यसरी निष्कासित बिद्यार्थी मध्य गगन गुरूङ र पूर्णलाल कायस्थको अभिवावकले हामीले पढाउन चाह्याै भने पढाउन पाउने कि नपाउने भनि सोध्दा अब आइन्दा यस किसिमको आन्दोलन नगर्ने भन्ने लेखेर माफि मागेमा एकै जना भए पनि पढाउन तैयार रहेको भनिए पछि गगन गुरूङ र पूर्णलाल कायस्थले १० कक्षामा पढाइ शुरू गरे साथै एसएलसी पनि दिए । जसमा पूर्णलाल कायस्थ प्रथम श्रेणीमा र गगन गुरूङ दोश्रो श्रेणीमा उतिर्ण हुन सफल भए । यहि दुइ बिद्यार्थी सम्मिलित भएर बिद्यालयले २०२८ सालबाट एसएलसी दिन थालेको थियो । तर अन्य बिद्यार्थीहरूले बिद्यालय छोडेर अन्य बिद्यालयमा पुगेको हुदा २०२९ र २०३० मा एउटै पनि बिद्यार्थी एसएलसी दिनको लागी थिएन । २०३१ पछि बिद्यार्थीहरू नियमित एसएलसीमा सम्मिलित भए ।

 

 

 

श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट दिइएको स्विकृती पत्र

Comments

NIC Asia