MENU
तपाईको ग्रहदशा
 : 221 views
  Jul 21, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

 

२०७५ साल श्रावण ५ गते शनिबार

समय मध्यम रहने छ । शुरुमा व्यापार राम्रो हुनुको साथै वैदेशिक कार्यमा सफलता हासिल गरी धन मनग्य कमाउने अवसर मिल्नेवाल छ । मान सम्मान पाउने योग छ ।

 

प्रेम जीवनलाई बैवाहिक जीवनमा संलग्न गराउन अरुको विश्वास जितेर सफलता पाउने ठूलो योग छ । पढाइमा सफलता राम्रै मिल्ने छ । बुद्धिको तारिफ पनि होला । धार्मिक यात्रागर्ने अवसर पनि मिलने छ ।

 

आइत, सोम र मंगलवार स्वास्थ्यमा बाधा आउने संभावना भएकोले खाँदा बोल्दा विचार पु¥याउनु पर्ला । कुरा काट्नेहरुले मौका हेरेर फसाउने प्रयत्न गर्ने छन् । घरेलु समस्याले सताउने हुँदा सफलताको लागि घर बाहिरै रहनु उचित हुने छ । धनमाल हराउन सक्छ । विश्वास गरेकाले धोका दिने हुनाले सजग रहनु होला ।

 

 

 

 

साता मध्यम रहने छ । शुरुमा शत्रु बढ्ने तथा नैराश्यता र उदासिनताले गर्दा बोलिको प्रभाब नपर्ने भएकोले सबैकार्य असहज बन्ने छन् । रोगले सताउदा सोच्ने शक्तिमा ह्राश आउने छ ।

 

नजीककाले पनि कुरा काट्ने छन् । धर्ममा अरुचि बढ्ने छ । मन खिन्न हुने र धनमाल हराउन सक्छ । महत्वपूर्ण काम आइत, बुध र बृहस्पतिवार नगर्नु बेश । अन्य दिनमा व्यापार वृध्दि हुनुको साथै वैदेशिक कार्यमा शुरुवात गरेका कामहरु विचार गरेर अगाढि बढाउदा ठूला व्यक्तिसित अन्तरकृया गरेर सबै समस्यालाई पार लगाउन सकिने छ ।

 

भाग्यले साथ दिने छ । ठूलो आमदानीको अवसर मिल्ने छ । बौद्धिक कार्यमा संलग्न भै अरुको विश्वासले सफलताको मार्ग प्राप्त हुनेछ । प्रतिस्पर्धा गर्नु परे पनि आफ्नु लक्ष पुरा हुने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।

 

साता राम्रो रहने छ । शुरुमा बौद्धिक र धार्मिक कार्यमा संलग्न भै मनोबल बढ्ने छ । आँटेको काममा सफलता मिल्ने क्रम यथावत रहने छ । विश्वास गरेकाले अटुट साथ दिनेछन् । कुरा काटनेहरु पनि प्रसंसा गर्न थाल्ने छन् ।

 

परिश्रम गर्दा धन मनग्य कमाउने अवसर मिल्ने छ । पराक्रमको गति अरु बढ्ने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापारमा सुधार आउने छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटमा मन रमाउने छ ।

 

राज्यमा आफ्नु दक्षता प्रस्तुत गर्ने अवसर पनि मिल्ने छ । अरुले विस्वास पनि गर्ने छन् । भाग्यले पनि साथ दिने छ । सोम र शुक्रबार शत्रु वढ्ने अनि खर्च पनि बढने छ । विबाद बढे पछि स्वास्थ्यमा बाधा पनि आउने र आफन्तहरुको उपेक्षाले मनलाई अशान्त बनाउने छ ।

 

निर्णय गर्न गाह्रो हुने भएकोले काम गर्दा सोचेर गर्नु पर्ला । उतार चडावको सामना डटेर गर्नु पर्ला ।

 

 

साताले मध्यम फल दिने छ । शुरुमा ग्रहको अनुकूलताले पारिवारीक सहयोग र मित्रको सद्भाव, बौद्धिकता र परिश्रमले मनग्य धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानिमा प्रगति राम्रो छ ।

 

प्रयत्न गर्दा काममा पनि सफलता मिल्ने छ । पढाइमा लाभ पाउने योग छ । मान सम्मान पाउनु होला । जोस र जाँगर धेरै बढ्ने भएकोले नयाँ काममा संलग्न भै सफलता प्राप्त गरेर आनन्द पनि लिनु होला ।

 

धनार्जन पनि राम्रै हुने छ । नोकरि तथा राजनीतिमा सफलता पाउने योग छ । बुध र वृहस्पतिवार शत्रु बढ्ने छन् । स्वास्थ्यमा संकट आउने छ । विबाद बढ्ने तथा चिन्ता बढ्ने योग छ ।

 

अरुको काम धेरै गर्नु पर्ने तर जस नपाउने भएकोले विचार गर्नु पर्ला । कुरा काट्नेहरु बढ्ने छन् । विश्वास गरेकाले धोका दिने छन् । धनमाल हराउन सक्छ । झुट्ठा आरोप लाग्ने सम्भावना भएकोले गोपनीयतामा जोड दिनु होला ।

 

 

समय राम्रो छ । शुरुमा पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापार अघि बढाएमा लक्ष प्राप्तिमा बाधा पुग्ने छैन । परिश्रमले काममा सफलता मिल्नुको साथै दाम मनग्य कमाउने अवसर मिल्ने छ ।

 

यात्रा गर्ने अवसर मिल्ने छ । व्यापारमा पनि लाभ मिल्ने छ । नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । बोलीको प्रभाब बढ्ने क्रम यथावत रहने छ । बौद्धिक कार्यमा रुचि बढ्ने छ ।

 

घर तथा सवारी साधन जोड्ने अबसर मिल्ने छ । सोमबारदेखि बृहस्पतिबारसम्म खर्च बढ्ने, विबाद बढने र शत्रु बढ्ने भएकोले गोपनीयता अपनाउनु उचित हुने छ । स्वास्थ्यमा बाधा र परिबारिक समस्या तथा मित्रसित विबाद हुँदा बुद्धिले काम नगरेर समस्या आउने छ ।

 

पढाइमा सानु सफलता प्राप्त गर्न पनि धेरै परिश्रम गर्नु पर्ने छ । काममा लगानीको प्रतिफल पाउन निकै कसरथ गर्नु पर्ने भयकोले संयम रहनु होला ।

 

 

समय राम्रो छ । प्रयास गर्दा धेरै काममा सफलता मिल्ने छ । बोलिको प्रभाव बढ्ने र अरुको विश्वास जितिने छ । मान सम्मान पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेवाला छ ।

 

पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरि तथा राजनीतिमा गरेका प्रयासहरु प्रसंसनीय हुने छन् । सभा सम्मेलनमा जाने अवसर मिल्ने छ । तपाईको लगनशीलता र इमान्दारिताको प्रसंसा गर्नेको कमी नहोला ।

 

व्यापारमा पनि सफलता पाउने योग छ । यात्रामा पनि लाभ मिल्ने छ । पढाइमा रुचि बढ्ने, मनोबल बढ्ने, धार्मिक कार्यमा रुचि विस्तार हुने छ । विदेशबाट शुभ समाचार आउने सम्भावना भएकोले खुशी हुनु होला । शनि, सोम र बुधबार स्वास्थ्यमा बाधा आउने छ । शत्रुले अक्रमण गर्ने हँुदा मन अशान्त रहने छ ।

 

ग्रह गोचर राम्रो छ । शुरुमा बौद्धिकता बढ्नाले मनोबल पनि बढने छ । काममा धेरै सफलता मिल्ने छ, मित्रहरुको सहयोग बृद्धि नभए पनि । आफ्नै विचार अघि बढ्दा अरुबाट प्रसंसा हुने योग भएकोले सामाजिक काममा संलग्न भै मनमा प्रसन्नता बढ्ने छ ।

 

घर जग्गा जोड्ने तरखरमा हुनुहुन्छ भने सफलता सजिलै पाउन सकिनेवाला छैन । गाह्रो हुने छ । अरुबाट सहयोग पाउने सम्भावना कम छ ।

 

सामाजिक क्षेत्रमा आफनु बर्चस्व बढाउन भने सकिने छ । भाग्यले साथ दिने छ । नोकरि तथा राजनीतिमा सोचे जस्तै लाभ पाउनु होला । आमदानीका श्रोतहरु प्रसस्तै जुट्ने छन् । नयाँ कामहरु पनि धमाधम पाउने योग छ ।

 

शुक्रबार स्वास्थ्यमा बाधा आउने भएकोले व्यापारमा सफलता प्राप्त हुने छैन । बोल्दा अलि विचार पु¥याउनु भए राम्रो । ठूला व्यक्तिले भने भरोसा गर्ने योग छ ।

 

 

समय साताको शुरुमा राम्रो नभए पनि आइतवारदेखि भने राम्रो हुने देखिन्छ । शुरुमा खर्च मात्र होइन विबाद पनि बढ्ने छ । स्वास्थ्यमा संकट आउने भएकोले खानपान गर्दा संयम हुनु ज्यादै जरुरी छ ।

 

रिसको बेग बहुत बढने देखिन्छ । लेनदेनमा विवादको सामना गर्नु पर्ला । लक्ष प्राप्तिमा बाधा नपु¥याउनको लागि आफूले गरेका कामलाई गोप्य राख्ने प्रयास गर्नु पर्ला । योप्यतावारे साता भरिनै सचेत रहनु होला ।

 

आइतवारदेखि मनोवल बढ्ने छ । आफन्तहरुको सहयोग र बोलिको प्रभावले व्यापार व्यवशायमा सफलता पाइने छ । धन मनग्य कमाउने तथा यात्रा गर्ने अवसर मिल्ने छ । भेटघाटलाई अरुले सकारात्कम रुपमा लिने हुँदा पर्याप्त सहयोग प्राप्त हुने छ ।

 

भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । कर्म समेत बलियो भएकोले नोकरि तथा राजनीतिमा सोचेको स्थान र मान मिल्ने छ । अरुको विस्वास जितेर अगाडि बढ्ने योग छ । राज्यबाट पनि सम्मान पाउनुहोला ।

 

 

साता राम्रो छ । शुरुमा पराक्रम बढ्नाले काममा सफलता पनि मिल्ने छ । अरुबाट सहयोग प्राप्त भै मनग्य धन लाभ हुने भएकोले मन पनि ज्यादै रमाउनेछ । पराक्रमको तिब्रता कायमै रहने छ ।

 

आफन्तहरुबाट पनि तपाईको सफलताको लागि प्रयत्न हुनेछ । वैदेशिक कार्यका अवसर हरु मिल्ने छन् । मान सम्मान पनि राम्रै मिल्ने छ । पहिले कुरा काटनेहरुले पनि प्रसंसा गर्न थाल्ने छन् ।

 

ठूला व्यक्तिसित अन्तर सम्बाद गरेर अघि बढ्ने प्रेरणा प्राप्त होला । पढाइमा गरेका प्रयास साता भरिनै अनुकूल हुने छन् । आइत, सोम र मंगलवार खर्च बढ्ने, विबाद वढ्ने तथा चिन्ता बढने भएकोले स्वास्थ्यमा संकट सिर्जना हुने छ ।

 

लेनदेनमा अघि नबढनु उचित हुने छ । अरुको विश्वासमा अघि बढ्दा धोका हुन सक्ने भएकोले काम गर्दा आफ्नै प्रयासले अघि बढ्नु उचित हुने छ ।

 

साता राम्रो छ । शुरुमा परिश्रम गर्नु परे पनि धेरै कुरामा सफलता मिल्ने छ । खस्केको व्यापारमा सुधार आउनाले सामाजिक सम्मान पाउन थालेपछि मन प्रसन्न हुने योग छ । निर्णयको क्षमताको परिपक्वताले महत्वपूर्ण काम बन्न सक्ने छ । सकृय रहनु उचित होला ।

 

लेनदेनमा बल नगर्नु राम्रो । एक पछि अर्काे परिश्रमले सफलता झन् प्राप्त हुनेछन । नोकरि तथा राजनीतिमा आफ्नु बर्चस्व बढाउदै व्यापारमा सोचे भन्दा बढिनै लाभ पाउने योग छ ।

 

यात्रा रमाइलो हुने छ । भेटघाटले अघि बढ्न प्रेरित गर्नेछ । देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनु होला । धन मनग्य कमाउने अवसर मिल्ने छ । प्रसंसा गर्नेहरु प्रसस्तै हुने छन् । पराक्रम बढने क्रम पनि यथावत रहने छ । लेखन मार्ग बलियो छ । प्रेमको सफलतासंगै बैबाहिक चर्चाले तिब्रता लिने छ । बुध र बृहस्पतिवार खर्च बढ्ने छ । गलत विचार मनमा बढ्नुको साथै परिवारीक झमेलामा चिन्तितः हुनु पर्ने योग छ ।

 

 

साताको शुरुमा धार्मिक तथा सामाजिक कार्य गर्ने अवसर मिल्ने छ । भोजमा संलग्न हुने र सोच्ने शक्ति बढ्ने योग छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । अरुको विश्वास आफु तिर रहने छ ।

 

पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफना कुराले अरुको मन जित्न सकिने छ । नोकरि तथा राजनीतिमा प्रयास गर्दा राम्रो सफलता पाउन सकिनेछ ।

 

व्यापार निम्ति गरिने यात्राले मनमा खुशी बढाउने छ । बोल्दा अलि विचार गर्नु पर्ला । प्रेममा आनन्द आउने भएकोले उत्सुक रहनु उचित हुनेछ ।

 

शुक्रबार रोग बढने, खर्च बढने र विबाद पनि बढने भएकोले चिन्ता पनि बढ्ने योग छ । स्वास्थ्यमा संकट आउनाले मनमा शंका उपशंका बढ्ने छ । काममा अवरोध आउने योग भएकोले महत्वपूर्ण कामहरु शुरु नगर्दा राम्रो ।

 

 

साता राम्रो भए पनि शुरुमा खर्च बढ्ने, विबाद बढ्ने र शत्रुले बाधा उत्पन्न गर्ने छन् । स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध आउदा गलत विचार बढने र त्यसले झन् चिन्ता बढाउने देखिन्छ ।

 

बोल्दा विचार पु¥याउनु होला । सफलताको लागि गोपनीयतामा जोड दिनु होला । आइतबारदेखि पराक्रम बढ्ने छ । काममा सफलता मिल्ने छ । व्यापारमा लाभ हुने छ ।

 

यात्रामा सफलता मिल्ने छ । पढाइमा सफलता मिल्ने छ । बुद्धिले अरुलाई सजिलै बस गर्न सकिने छ । नोकरि तथा राजनीतिमा गरेका प्रयासहरु सकारात्मक रहने छन् ।

 

आमदानीको नयाँ श्रोत फेला पर्ने छ । भेटघाटमा मन प्रसन्न रहने छ । भाग्यले साथ दिने छ । कर्ममा जोड दिनु होला । सन्तानको सफलताले खुशी बढ्ने छ । पहिलो भेटमा नै अरुले सहकार्यको प्रस्ताब राख्ने छन् ।

 

 

Comments

NIC Asia