MENU
राशीफल/तपाइको ग्रहदशा
 : [views]
  Aug 11, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल श्रावण २६–भदौ १ गते)

 

 

साताको पूर्बाद्र्ध प्रतिकूल रहने छ । शुरुमा घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुने छन् । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छन् । अरुको काम धेरै गर्नु पर्ला । जसपाउने संभावना भने कमै छ ।

 

स्वास्थ्य कमजोर हुने छ । विनाकारण खर्च धेरै हुने र काममा अवरोध आउने योग छ । कुरा काटनेहरु बढ्ने छन् । मंंगलबारदेखि परिश्रमले महत्वपूर्ण काममा संलग्न हुने र सफलता पनि हासिल हुने छ ।

 

ठूला व्यक्तिसंग अन्तरकृया गर्ने अवसर मिल्नुको साथै पढाइमा सुधार आउने छ । भाग्यले पनि साथ दिने छ । धर्ममा रुचि बढ्ने छ । व्यापारमा लाभ पाउने, यात्रामा मन रमाउने र धनार्जन हुने योग छ । पे्रमको सम्बन्धले बैबाहिक मार्गलाई पछ्याउने छ । अन्य कार्यमा पनि सफलता पाउन सकिनेछ । नोकरि तथा राजनीतिमा बौद्धिकपनलाई अघि बढाएपछि त्यसले उचित प्रतिफल पस्कने छ ।

 

 

 

साताको पूर्बाद्र्ध राम्रो छ । शुरुमा पराक्रम बढ्ने, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुने छ । विश्वास गर्नेको विश्वासलाई आत्मसात गर्न सकिने छ । बौध्दिक कार्यमा तथा विद्या आर्जनमा उचित सफलता पाउनु होला ।

 

अरुलाई विश्वास दिलाउन सकिने छ । मन प्रसन्न रहने छ । व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई साह्रै हर्षित बनाउने योग भए पनि आइतबारदेखि घरेलु समस्याले काममा बाधा आउने र पढाइमा अवरोध देखिने क्रम बढ्ने छ ।

 

बुद्धिको सहि उपयोग नहुदा ठूला व्यक्तिबाट आलोचित हुनु पर्नेछ । शत्रुले समस्या खडा गर्नुको साथै मित्रहरुका समस्याले सताउने छन् । आर्थिक कठिनाइले दरिलो डेरा जमाउनेछ । समयमा आफ्नो बसमा नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउने छन् । संयम भएर अघि बढ्नु मै उचित छ ।

 

 

 

 

समय मध्यम रहने छ । शुरुमा मंगल र बुधबार शत्रु बढ्ने, विबाद बढ्ने र स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध आउनेर मनमा चिन्ताले घर जमाउने छ । समयमा निर्णय नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउन सक्छन ।

 

घरेलु समस्याले सताउने छ । शत्रु बढ्ने छन् । आइत, सोम, बृहस्पति र शुक्रबार पराक्रम बढ्ने र नयाँ काममा संलग्ग भै सफलता प्राप्त हुँदा मनोबल बढने र कर्मबलियो हुनुको साथै भाग्यले भरपूर साथ दिने भएकोले कर्म गर्दा थालेका काममा सफलता मिल्ने छ ।

 

दाम कमाउने अवसर मिल्ने छ । नोकरि तथा राजनितीमा आफ्नै प्रयासले उच्च सम्मान पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिने छ । बुद्धिको तारिफ पनि धेरैले गर्नेछन् । व्यापारमा राम्रो उन्नति हुनेछ । यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ ।

 

 

 

 

समय राम्रो छ । आफन्तहरुको सहयोग र आफ्नै बौद्धिक उन्नतिले काममा सबलता आउने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । व्यापार विस्तार हुने योग छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईप्रति रहने छ । बोल्दा भने विचार पु¥याउनु पर्ला । सोच्ने शक्ति तीब्र रुपमा बढ्ने छ ।

 

पराक्रम बढनुको साथै अधुरा काम सम्पन्न हुने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरु प्रशम्सा गर्न थाल्ने छन् । अरुको मन सहजै जित्न सकिने छ । घर भित्रका कार्यहरुमा आफन्तहरुबाट साथ रहेपछि मात्र अगाडि बढ्नु उचित हुनेछ ।

 

आइत र सोमबार भने विबाद बढ्ने, शत्रुले सताउनुको साथै गलत विचार मनमा बढ्ने भएकोले काममा केही अवरोध आउने छ । धनमाल हराउन सक्छ । स्वास्थ्यको ख्याल गर्नु पर्ला ।

 

 

 

साता मध्यम रहने छ । शुरुमा मंगल र बुधबार शत्रु बढने छन् । विबाद चुलिएपछि उदासिनता बढ्नु स्वाभाविकै हो । गलत विचार बढ्ने, दाँत र मुखमा पिढा हुने अनि चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा संकट आउने तथा काममा अवरोध देखापर्ने भएकोले मनमा अनेक तर्कनाहरु पनि बढ्ने छन् ।

 

कुरा काटनेहरु वरिपरि हुनेछन । विश्वास गरेकाले धोका दिनेछन् । लेनदेनमा सामान्य विबादको सामना गर्नु पर्ला । आइत, सोम, बृहस्पति र शुक्रबार भने मित्र तथा परिवारीक सहयोगले गर्दा अरुको विश्वास जित्न सकिने छ ।

 

अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । खर्च बढे पनि धन मनग्य कमाउने अवसर मिल्नेवाला छ । धर्ममा रुचि बढ्ने छ । भाग्यले साथ दिने छ । कर्मगरेर अघि बढ्दा व्यापारमा सफलता पाउनु होला । यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटमा मन रमाउने छ । महत्वपूर्ण काम धेरै बन्दै जाने छन् ।

 

 

 

 

साताको शुरुमै पराक्रम बढ्ने भएकोले व्यापारमा सफल भै आमदानी बढाउन सकिने छ । मन खुशी हुने छ । रमाइलो यात्राको शुरुवात हुनाले मनोबल बढनुको साथै अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । अरुको विश्वास जित्न सजिलै सकिने छ । मान सम्मान पाउने योग छ ।

 

नोकरि तथा राजनीतिमा आफनु बर्चस्व बढाउन सकिने छ । आमदानिको नयाँ श्रोत फेला पर्नेछ । अरुको मन जित्न पनि सजिलै सकिने छ । भाग्यले पनि साथ दिने छ । इश्वर भक्तिमा रुचि बढ्ने छ ।

 

आइत र सोमवार खर्च बढ्ने छ । गलत विचार मनमा पलाउने र त्यसले आफन्तबीच पनि विबाद बढाउने छ । काममा अवरोध आउने तथा मनमा चिन्ता अत्यधीक बढाउने सम्भावना छ । कुरा काट्नेहरुले आगोमा धीउ हाल्न सक्छन् । सचेत हुनुहोला । झुटा आरोप लाग्न सक्ने भएकोले गोपनियतामा ध्यान दिनुहोला । पढाइमा पाइरहिएको सफलता भने निरन्तर रहिरहने छ ।

 

 

 

 

साता राम्रो छ । परिश्रमकासाथ राज्यमा गरेका काम सफलभै सर्बत्रबाट प्रशंसा पाउनु होला । पढाइमा झन् सुधार आउने छ । कुरा काट्नेहरु भए पनि समयको कारण तपाईका प्रशंसक बन्ने छन् । अरुको विश्वास आफूप्रति झन् बढी रहेको देखिनेछ । शत्रु पराजीत हुने छन् ।

 

जोस र जाँगर बढ्ने भएकोले सजिलै काममा सफलता पाउने योग छ । नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । व्यापारमा गरेका प्रयासहरु सकारात्मक रहने छन् । यात्रा पनि रमाइलो हुने छ ।

 

भेटघाटमा मन रमाउने छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । सोच्ने शक्ति अचम्मैसंग बढ्ने छ । पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्नेहरु धेरै भेटिने छन् । मंगल र बुधबारका दिन प्रतिकूल हुनाले खर्च बढ्ने, विबाद बढ्ने, स्वास्थ्यमा बाधा, मनमा चिन्ता र काममा अवरोध आउन सक्ने भएकोले खाँदा बोल्दा राम्रसंग विचार पु¥याउनु पर्ला ।

 

 

समय मध्यम रहनेछ । शुरुमा नैराश्यता र उदासिनता बढ्ने र अन्त्यमा खर्च बढ्ने छ । विबाद बढ्ने छ । अरुबाट आलोचित हुनु पर्ने भएकोले काममा सफलता पाउन अलि कसरथ नै गर्नु पर्ला ।

 

मनमा अनेक कुराहरुले बास गर्ने छन् । स्वास्थ्यमा संकट पनि आउने छ । लेनदेनमा विबाद पनि बढ्न सक्छ । अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहने छ ।

 

आइतबारदेखि बृहस्पतिवारसम्म मनोबल ह्वात्तै बढ्ने छ । कहिल्यै नभेटिएकाले पनि साथ दिने छन् । मान सम्मान पाउने योग छ । नोकारिमा उन्नती र राजनीतिमा प्रगति हुने योग छ । व्यापारमा सफलता पाउने र यात्रामा रमाउने अवसर प्रतीक्षा गरिरहेछ ।

 

भेटघाटमै सहयोग गर्नेहरुले हात फैलाउने योग देखिन्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन चिताए जति नभए पनि राम्रैसंग हात पर्ने छ । त्यसलाई कम भन्न मिल्दैन । मित्र तथा परिवारको उचित सहयोग मिल्ने कुरा निरन्तर रहिरहने छ । समयमा सुधार आउने भएकोले फड्को मार्ने विचार र आँट गर्नु पर्ला ।

 

 

 

 

साताको पूर्बार्ध प्रतिकूल रहने छ । स्वास्थ्यमा बाधा आउनुको साथै काममा अवरोध आएपछि मनमा चिन्ता औधी बढ्ने छ । कुरा काट्नेहरु सलबलाउने छन् । विश्वास गरेकाहरुवाट धोका हुने छ । मंगलवारदेखि समय अनुकूल हुँदै जाने छ ।

 

कूटनैतिक यात्राको निमन्त्रणा आउने र राष्ट्रिय कार्यमा संलग्नभै अन्तरकृया गर्दा अरुबाट मनग्य प्रशंसा हुने छ । आफन्तको सहयोग मिल्ने भएकोले मनोबल बढ्नेछ । बोलिको प्रभाव बढने, पराक्रम बढने, अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग ढोकैमा छ ।

 

शत्रु पराजीत हुने भएकाले महत्वपूर्ण काममा जोड दिनु होला । बौद्धिक कार्यमा संलग्न भै धार्मिक र सामाजिक क्षेत्रमा उच्च स्थान पाउनु होला । राज्यले तपाइको महत्वलाई राम्ररी बुझ्ने छ ।

 

काममा सुधार आउने छ । मनमा हौसला बढ्ने छ । धन मनग्य कमाउने अवसर मिल्दै छ । मान सम्मान पनि पाउनु होला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहने देखिन्छ । यात्रा गर्ने अवसर मिल्दै छ ।

 

 

 

साता पूर्बाद्र्ध र उत्तराद्र्ध अनुकूल रहने छन् । शुरुमा व्यापार बढ्नुको साथै रमाइलो यात्रा समेत हुने योग छ । आँटेको काममा सफलता मिल्ने छ । परिश्रमले आफनु लक्ष पूरा गर्ने छ । आमदानीका श्रोतहरु धेरै फेला पर्ने छन् ।

 

नोकरी र राजनीतिमा सानै प्रयासले पनि ठूलो सफलता मिल्ने छ । भेटघाटमा मन रमाउने योग भए पनि आइत, सोम, मंगल र बुधबार खर्च बढ्ने, विबाद बढ्ने र पढाइमा अवरोध आउने छ ।

 

स्वास्थ्यको प्रतिकूलताको कारणले काम सोचे जस्तो नहुने र कुराकाटनेहरु बढ्न थाल्ने छन् । ठूला व्यक्तिहरुबाट पाउदै आएको सहयोग अव नपाउने योग छ । भाग्यले साथ नदिने र नगद कारोबारमा संकट आउने छ । मनमा चिन्ता बढने योग भएकोले सचेत हुनु उचित हुने छ । सवारी चढ्दा र चलाउँदा सजग रहनु होला ।

 

 

 

 

साता राम्रो छ । शुरुमै परिश्रमले सफलता पाउने र दाम मनग्य कमाउने अवसर मिल्ने छ । बोलिको प्रभाब पहिले भन्दा बढ्ने छ । पराक्रम बढ्ने र अधुरा काम बन्ने योग छ ।

 

नोकरि तथा राजनीतिमा आफन्तहरुको सहयोग र नयाँमित्रको अगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ । भाग्यले साथ दिनेछ । धर्ममा रुचि बढनेछ । घरजग्गाको बन्दोवस्त पनि हुने छ । व्यापारमा पनि सुधार आउने छ । यात्रामा पनि लाभ मिल्ने छ ।

 

मंगलवारदेखि स्वास्थ्यमा बाधा आउन थाल्ने छ । मनमा चिन्ता बढने, विबाद बढने, आर्थिक मामलामा संकट आउने र विश्वास गरेकाले धोका दिने भएकाले आफ्नु प्रयास निष्फल हुने सम्भावना छ । सोचेर काम गर्नु पर्ला । गलत विचार बढ्न सक्ने भएकोले सजग हुनु बेश हुने छ ।

 

 

 

 

समय त्यति नराम्रो छैन । शुरुमा बौद्धिक कार्य असफलता हुनसक्छ त्यसैले पहिल्यै त्यसतर्फ सजग रहनु होला । शत्रुसंग चनाखो रहँदै स्वास्थ्यको ख्याल गर्नु होला । परिश्रम गरेर अघि बढेमा आइतारवारदेखि बृहस्पतिवारसम्म काममा सुधार आउने तथा मनमा प्रसन्नता बढ्ने छ ।

 

कर्म र भाग्यका साथ अघि बढे वातावरण सहज हुने छ । मान सम्मान मिल्ने छ । अरुको विश्वास आफूतिर रहने छ । यात्राको अवसर मिल्ने छ । जोस र जाँगर बढने छ । प्रयास गर्दा ठूलो काममा सफलता पाउने र पदक प्राप्तीको योग पनि छ ।

 

कर्ममा जोड दिनु होला । गोपनीयतामा सजग रहे नाम कमाउन सकिने छ । बैदेशिक कार्यमा सफलता सोचे भन्दा बढिनै मिल्ने छ । आमदानीको शुभ अवसर पाउनाले मनोबल बढ्ने छ । प्रेमको आकर्षण बढने तथा वैवाहिक कुरा अघि बढने योग भयकोले खुशी हुनुहोला ।

 

Comments

NIC Asia