MENU
तपाइको ग्रहदशा
 : 363 views
  Aug 18, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल भाद्र २–९ गते)

 

 

साताको पूर्वार्ध, उत्तरार्ध अनूकूल रहने छ । शुरुमा परिश्रम गर्दै व्यवसायिक काममा संलग्नभै सफलता हासिल गर्दै मनग्य दाम कमाउने अवसर मिल्ने छ । ठूला व्यक्तिसंग अन्तरकृया गर्ने अवसर मिल्ने छ ।

 

पढाइमा सुधार आउने छ । भाग्यले पनि साथ दिने छ । धर्ममा रुचि बढने छ । कूटनैतिक तथा व्यवसायिक काममा सफलता पाउने, यात्रामा मन रमाउने र मानले सम्मानित हुने योग छ । प्रेमको मार्गले बैबाहिक मार्गलाई पछ्याउने छ । अन्य कार्यमा पनि सफलता पाउन सकिनेछ ।

 

बौद्धिक कार्यलाई अघि बढाउनु राम्रो हुने छ । आइत र सोमवार स्वास्थ्यमा संकट आउने तथा घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुनेछन् । गलत विचारहरुले काममा बाधा सिर्जना गर्नेछ । अरुको काम धेरै गर्नु पर्ला । जसपाउने कमै सम्भावना छ । आर्थिक कारोवारमा विवाद हुने, विनाकारण खर्च धेरै हुने र काममा अवरोध आउने योग छ । कुराकाटनेहरु बढ्ने छन् ।

 

 

 

साताको पूर्बाद्र्ध राम्रो छ । शुरुमा परिश्रमले अधुरा काम बन्ने तथा नयाँ काम पाउने र दाम मनग्य हात पर्ने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । विश्वास गर्नेको विस्वासलाई आत्मसात गर्न सकिने छ ।

 

व्यवशायिक तथा वैदेशिक कार्यमा राम्रो सफलता पाउनु होला । कूटनैतिक कार्य र प्रेमको मार्गमा अरुलाई विश्वास दिलाउन सकिने छ । मन प्रसन्न रहने छ । प्रसन्नता बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउने योग भए पनि मंगल, बुध र बृहस्पतिवार रोग बढ्ने, विबाद बढने र काममा अवरोध आउने योग छ । बुद्धिको सहि उपयोग नहुँदा ठूला व्यक्तिबाट आलोचना हुने छ ।

 

परिवारिक समस्याले सताउनुको साथै आर्थिक संकट आउने छ । चिन्ता बढ्ने र अविश्वासले सताउनेछ । नोकरी तथा राजनीतिमा स्थानान्तरण हुने छ । संकटको सामना गर्नु पर्ने योग छ । समय आफ्न बसमा नहुदा आफनु काममा अरुले अधिकार जमाउने छन् ।

 

 

 

 

 

 

समय मध्यम रहने छ । शुरु र अन्त्यमा विबाद, आर्थिक संकट बढनुको साथै स्वास्थमा संकट आउने छ । काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने छ । समयमा निर्णय नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउन सक्छन् ।

 

घरेलु समस्याले सताउने छ । शत्रु बढ्ने छन् । मंगल, बुध र बृहस्पतिवार भाग्यले साथ दिने हुँदा नयाँ काममा संलग्ग भै सफलता प्राप्त हुनेछ । मनोबल बढ्ने र कर्म पनि बलियो भएकोले कर्म गर्दा सोचे भन्दा धेरै सफलता मिल्ने र दाम कमाउने अवसर मिल्ने छ । नोकरी तथा राजनीतिमा आफ्नै प्रयासले उच्च सम्मान पाउने योग छ ।

 

पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिने छ । बुद्धिको तारिफ पनि धेरैले गर्नेछन् । व्यापारमा राम्रो उन्नति हुनेछ । यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिल्ने छ ।

 

 

 

 

समय शुरु र अन्त्यमा राम्रो छ । आफन्तहरुको सहयोग र आफ्नै बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । व्यापारमा सफलता पाउने योग छ ।

 

ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहने छ । बोल्दा विचार पु¥याउनु पर्ला । सोच्ने शक्ति बढ्ने छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरु प्रशम्सा गर्न थाल्ने छन् ।

 

अरुको मनजित्न सजिलै सकिने छ । घर भित्रका कार्यहरुमा आफन्तहरुको साथमा रहेर काम गर्नु उचित हुनेछ । मंगल, बुध र बृहस्पतिवार आलस्यता बढने ट । विबाद बढ्ने र शत्रुले सताउनुको साथै गलत विचार मनमा आइराखेर काममा अवरोध आउने छ ।

 

मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउन सक्छ । स्वास्थमा संकट आउने भएकोले खानपानमा ख्याल गर्नुपर्ला ।

 

 

 

साता राम्रो रहने छ । शुरुमा पराक्रम बढ्ने भएकोले प्रयत्न गर्दा अरुको विश्वास पनि जित्न सकिने छ । प्रेममा खुशी प्रकट हुने छ । बैबाहिक कुराले प्रसन्नता बढाउने छ । बौध्दिकता बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योगछ ।

 

खर्च बढे पनि धन मनग्य कमाउने अवसर मिल्ने छ । धर्ममा अरुचि बढ्ने छ । भाग्यले साथ नदिने भएकोले कर्म गरेर अघि बढ्दा अरुको मन जितेर मान सम्मान र पदक प्राप्ति गर्न सक्ने योगछ ।

 

व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटमा मन रमाउनेछ । महत्वपूर्ण काम धेरै बन्नेछन । शुक्रबार विबाद र उदासिनता बढ्नुको साथै गलत विचारले घर जमाउने छ ।

 

दाँत र मुखमा पिडा हुने अनि चिन्ता बढ्ने योग छ । स्वास्थमा संकट आउने तथा काममा अवरोध आउने र मनमा अनेक तर्कहरु पनि बढने छन् । कुरा काटनेहरु धेरै हुनेछन । विश्वास गरेकाले धोका दिने छन् । लेनदेनमा विबादको सामना गर्न बाध्य हुनुपर्ला ।

 

 

 

 

साताको शुरुमा वोलिको प्रभाव बढ्ने छ । पराक्रम बढ्ने योग छ । पढाइमा पाउने सफलता निरन्तर रहने छ । बैदेशिक कार्यको शुभअवसर मिल्ने छ । अरुबाट सम्मान पनि पाउनु होला ।

 

व्यापारमा सफल भै आमदानी बढ्ने योग छ । रमाइलो यात्रा हुने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग छ ।

 

अरुको विश्वास जित्न सजिलै सकिने छ । नोकरि तथा राजनीतिमा आफ्नु बर्चस्व बढाउन सकिने छ । आमदानिको नयाँ श्रोत फेला पर्नेछ । अरुको मन जित्न पनि सजिलै सकिनेछ । भाग्यले पनि साथ दिनेछ । धर्ममा रुचि बढ्ने छ । सूर्य तथा शनिको प्रतिकूलताले स्वास्थमा बाधा आउने छ । गलत विचार बढ्ने, विबाद बढने र काममा अवरोध आउने तथा मनमा चिन्ता चुलिने छ ।

 

लेनदेनमा कठिनाइ र आर्थिक संकट सिर्जना हुन सक्ने भएकोले सफलताको लागि संयम हुनु जरुरी छ गोपनीयतामा जोड दिनु होला ।

 

 

 

 

साताको शुरुमा बौध्दिक कार्यको माध्यमबाट राज्यमा गरेका काम सफलभै प्रशंसा पाउनु होला । पढाइमा सुधार आउने छ । कुरा काट्नेहरु भए पनि प्रशंसकहरु बढ्ने छन् । अरुको विश्वास आफूप्रति रहने छ । शत्रु पराजीत हुने छन् ।

 

जोस र जाँगर बढ्ने भएकोले सजिलै काममा सफलता पाउने योग छ । नोकरि तथा राजनीतिमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । व्यापारमा गरेका प्रयासहरु सकारात्मक रहने छन् । यात्रा पनि रमाइलो हुनेछ । भेटघाटमा मन रमाउने छ ।

 

धनमग्य कमाउने अवसर मिल्ने छ । सोच्ने शक्ति बढ्ने छ । पहिलो भेटमानै प्रभावित भइ सहयोग गर्ने रु धेरै भेटिने छन् । शत्रुलाई सजिलै परास्त गर्न सकिने छ । नयाँ कामको शुरुवात हुने वलियो सम्भावना छ ।

 

 

साता समय अनुकूल रहने छ । शुरुमा बौद्धिक कार्यमा सम्लग्न भै मनग्य धन कमाउने अवसर मिल्ने छ । धार्मिक र सामाजिक क्षेत्रमा उच्च स्थान पाउनु होला । राज्यले तपाइको महत्वलाई राम्ररी बुझ्ने देखिन्छ ।

 

काममा सुधार आउने छ । मनमा हौसला बढ्ने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । बैबाहिक चर्चा अघि बढ्ने र प्रेममा सफल भै यात्रा गर्ने अवसर मिल्ने छ ।

 

मान सम्मान पनि पाउनु होला । व्यापारमा गरेको लगानि सन्तोशप्रद रहने छ । शनि तथा वृहस्पतिको प्रतिकूलताले शत्रु बढ्ने, खर्च बढ्ने, चिन्ता बढ्न सक्ने छ । धैर्यतामा जोड दिनु होला । काम गर्दा गोपनीयता अपनाउनु उचित हुने छ । बोल्दा पनि विचार पु¥याउनु वेश ।

 

 

 

 

समय राम्रै रहने छ । शुरुमा धन लाभ हुनाले मनोवल बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । भाग्यले साथ दिनुको साथै मान सम्मान पाउने योग छ । नोकरिमा उन्नति, राजनीतिमा प्रगति, व्यापारमा सफलता र यात्रामा रमाउने योग छ । भेटघाटमा सहयोग पनि पाइने छ । मित्र तथा परिवारको उचित सहयोग मिल्ने छ । समयमा सुधार आउने भएकोले फड्को मार्ने विचार गर्नु पर्ला ।

 

पढाइमा सफलता पाउन अलि कसरथ गर्नु पर्ला । आइत, सोमबार खर्च बढ्ने छ । विवादले शत्रु बढ्ने छन् । मनमा अनेक कुराहरुले बास गर्ने देखिन्छ ।

 

स्वास्थ्यमा संकट पनि आउने छ । लेनदेनमा विबाद पनि बढ्ने छ । नैराश्यता र उदासिनताले हात परेको कामलाई समेत ओझेलमा पार्ने छ । अरुको काम धेरै गर्नु पर्ला । जसपाउने सम्भावना कमै छ ।

 

 

 

 

साता अनुकूल रहने छ । शुरुमा मान सम्मान मिल्नुको साथै बोलिको प्रभावले कूटनैतिक र वैदेशिक कार्यका साथै व्यापारमा लाभ हुने छ । माइलो यात्रा हुने योग छ । आँटेको काममा सफलता मिल्ने छ । परिश्रमले आफनु लक्ष पूरा गर्ने छ । आमदानीका श्रोतहरु धेरै फेला पर्ने छन् । नोकरि र राजनीतिमा सानै प्रयासले पनि ठूलो सफलता मिल्ने देखिन्छ ।

 

भेटघाटमा मन रमाउने योग छ । पढाइमा सुधार आउने छ । शैक्षिक उन्नतिको कारण सोचे जस्तो हुने र पढ्न परदेश छात्र बृत्तिमा जान सहज वातावरण बन्नेवाला छ । कुराकाटनेहरु प्रशंसा गर्न थाल्ने छन् ।

 

ठूला व्यक्तिहरुबाट पाउदै आएको सहयोग अझै पाउने योग छ । भाग्यले साथ दिने र धार्मिक कार्यमा रुचि बढ्ने छ । सामाजिक कार्यमा सुधार आउने र मनमा प्रसन्नता बढ्ने छ । मंगल, बुध र बृहस्पतिवार खर्च वढ्ने छ । विवाद र चिन्ता दुबै बढ्ने भएकाले संयम भएर काम गर्नु उचित हुने छ ।

 

 

 

 

साता राम्रो छ । शुरुमा भाग्यले साथ दिने भएकोले थोरै परिश्रम गर्दा पनि काममा सफलता पाइने छ । नगद तथा सुनचाँदी मनग्य जोड्ने अवसर मिल्दै छ । बोलिको प्रभाब अझ बढ्ने छ ।

 

पराक्रम हुँदै छ र त्यसले चर्चा झन् बढने छ । अधुराकाम भटाभट बन्ने योग छ । नोकरि तथा राजनीतिमा आफन्तहरुको सहयोग र नयाँ मित्रको अगमनले अन्तत आफ्नु मन प्रसन्न हुने छ ।

 

धर्ममा रुचि बढ्ने छ । घरजग्गाको बन्दोवस्त पनि हुने छ । व्यापारमा पनि सुधार आउने छ । यात्रामा पनि लाभ मिल्ने छ । शुक्रवार स्वास्थ्यमा संकट आउने, खर्च हल्का बढ्ने छ । विबादले जरा हाल्न खोज्ने भएकोले विश्वास गरेकाले धोका नदेलान् भन्न सकिदैन । षड्यन्त्रको तानावाना बुन्न सक्ने भएकाले सोचेर मात्र पाइला चाल्नु पर्ला । गलत विचार बढ्न सक्छ । धैर्य बाँधेर सजग हुनु बेस हुने छ ।

 

 

 

 

समय त्यति नराम्रो छैन । शुरुमा स्वास्थ्यमा संकट आउने र खर्च बढ्न सक्ने छ । विबाद तथा चिन्ता चुलिने योग भएकोले संयम हुनु होला । आइतबारदेखि भाग्यले साथ दिने भएकोले बौद्धिक कार्यमा सफल हुनुहुने छ ।

परिश्रम गरेर अघि बढ्दा काममा सुधार आउने तथा मनमा प्रसन्नता बढ्ने छ । बुद्धिले साथ दिने भए पनि कर्म र भाग्यलाइ एकसाथ अघि बढाए मात्र वातावरण अरु सहज हुने छ भन्ने नभुल्नु होला ।

मान सम्मान मिल्ने छ । अरुको विश्वास आफूतिर रहने छ । यात्राको अवसर पनि मिल्ने छ । जोश र जाँगर अचम्मैंसंग बढ्ने छ । प्रयास गर्दा ठूलो काममा सफलता पाउने र पदक प्राप्तिको पनि योग छ ।

कर्ममा जोड दिनु होला । गोपनीयता भुल्नै नहुने जड हो तपाईको लागि । यसो भएपछि नाम कमाउनबाट कसैले रोक्न सक्दैन । बैदेशिक कार्यमा सफलता सोचे भन्दा बढिनै मिल्ने देखिन्छ ।

 

Comments

NIC Asia