MENU
तपाईको ग्रहदशा
 : 139 views
  Sep 15, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल भाद्र ३०–अशोज ५ गते)

 

 

साताको पूर्बाद्र्ध अनुकूल रहने छैन । शुरुमा घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुने छन् । गलत विचारले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । जस पाउने कमै सम्भावना छ ।

 

स्वास्थ कम्जोर हुने छ । विनाकारण खर्च धेरै भई काममा अवरोध आउने योग छ । कुरा काटनेहरु बढ्ने छन् । मंगलवारदेखि भाग्यले साथ दिनेहुदा परिश्रमले महत्वपूर्ण काममा संलग्नभै सफलता हासिल गरिने छ । मनग्य दाम कमाउन सफल भै ठूला व्यक्तिसंग अन्तरकृया गर्ने अवसर पनि मिल्ने छ ।

 

पढाइमा सुधार आउने छ । धर्ममा अझै रुचि बढने छ । व्यापारमा लाभ पाउने, यात्रामा मन रमाउने र मान सम्मान पाइने छाँट छ । प्रेमको मार्गले बैबाहिक मार्गलाई पछ्याउने छ । धैयै राखेर अगाडि बढेमा अन्य कार्यमा पनि सफलता पाउन सकिने छ । बौद्धिक कार्यलाइ अघि बढाउनु राम्रो हुने छ ।

 

 

 

साता पूर्बाद्र्धदेखि नै राम्रो छ । शुरुमा पराक्रम बढने, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुँदै छ । विश्वास गर्नेको विश्वासलाई आत्मसात गर्न सकिने छ । नोकरि तथा राजनितीमा उचित सम्मान पाउनुहोला ।

 

अरुलाई विश्वास दिलाउन सकिने समय छ । मन प्रसन्न रहने छ । व्यापार बढ्ने छ । यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउने योग भए पनि मंगल र बुधबार खर्च मात्र होइन विबाद पनि बढ्ने छ । काममा बेलाबेला अवरोध आइनै रहने छ । हरेस नखानु होला ।

 

कहिले काँहि बुद्धिको सहि उपयोग नहुँदा आफूले आदर गरेका व्यक्तिबाट आलोचना पनि हुनेछ । परिवारिक समस्याल सताउनुको साथै स्वास्थ्यमा संकट आउने छ । गलत विचार बढ्ने र अविश्वासको समस्याले सताउने छ । आर्थिक कठिनाइले दरिलो डेरा जमाउने छ । समय आफ्नो बसमा नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउने छन् ।

 

 

 

 

 

 

 

समय मध्यम रहने छ । साताको शुरु र अन्त्यमा शत्रु वढ्ने विबाद बढने तथा स्वस्ग्यमा संकट आउने योग भएकोले संयम भएर अगाडि बढ्नु होला । यही बेला काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने छ । समयमा निर्णय नहुँदा आफ्नु काममा अरुले अधिकार जमाउन सक्छन ।

 

घरेलु समस्याले सताउने छ । आर्थिक संकट बढ्ने छ । विश्वास गरेकाले धोका दिने छन् । सोम, मंगल र बुधबार भाग्यले साथ दिने हुँदा नयाँ काममा संलग्न भै सफलता प्राप्त हुने छ । मनोबल बढ्ने र कर्म पनि बलियो भएकोले कर्म गर्दा सोचे भन्दा धेरै सफलता मिल्ने र दाम कमाउने अवसर बन्ने छ ।

 

नोकरि तथा राजनीतिमा आफ्नै प्रयासले उच्च सम्मान पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ । बुद्धिको तारिफ पनि धेरैले गर्नेछन् । व्यापारमा राम्रो उन्नति हुने छ । यात्रा रमाइलो हुने छ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ ।

 

 

 

 

 

समय राम्रो छ । साताको शुरुमा बौध्दिकताले साथ दिने भएकोले आफन्तहरुको सहयोग र आफ्नै परिश्रमले काममा सफलता मिल्नेवाला छ । धन मनग्य कमाउने अवसर मिल्दै छ । व्यापारमा सफलता पाउने योग छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईप्रति रहने छ ।

 

बोल्दा विचार पु¥याउनु पर्ला । सोच्ने शक्ति बढ्ने छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काटनेहरु प्रशंसा गर्न थाल्ने छन् । अरुको मन जित्न सजिलै सकिने छ ।

 

सामाजिक कार्यहरु आफन्तहरुबाट टाढा रहेर गर्नु उचित हुने छ । मंगल र बुधबार आलस्यता बढ्ने मात्र होइन, विबाद पनि बढने देखिन्छ । शत्रुले सताउने मात्र होइन आफूमा पनि गलत विचार बढ्ने छ । काममा अवरोध आउने छ । मनमा चिन्ता बढने योग छ । धनमाल हराउन सक्छ । स्वास्थमा संकट आउने भएकोले खानपानमा हल्का ख्याल गर्नु पर्ला ।

 

 

 

साता मध्यम रहने छ । शुरुमा प्रयत्न गर्दा अरुको विश्वास सहजै जित्न सकिनेछ । प्रेममा खुशी प्रकट हुने छ । बैबाहिक प्रसंगका कुराले मात्र पनि मनमा प्रसन्नता बढाउने छ । मनको खुशीले पराक्रम बढ्नुको साथै अधुरा काम बन्दै जाने छन् । नयाँ काम पाउने योग छ ।

खर्च बढेपनि धन सोचेभन्दा बढी नै कमाउने अवसर मिल्नेछ । धर्ममा रुचि बढ्ने छ । भाग्यले साथ दिने छ । कर्म गरेर अघि बढ्दा पदक प्राप्तिसंगै दोसल्ला पनि ओढिने शुभ योग छ । दशैको मुखमा व्यापारमा सफलता पाउनु होला ।

 

यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटमा मन रमाउनेछ । महत्वपूर्ण काम धेरै बन्ने छन् । बृहस्पति र शुक्रवार विबाद र उदासिनता बढनुको साथै गलत विचार मनमा बेलाबेला उब्जने छ ।

 

स्वास्थ्यको संकट केही समय दोहोरिइरहने तथा काममा अवरोध पनि आइरहने छ । दाँतको समस्याले मुखमा अलिबढी नै पिडा हुने अनि सकसक भैरहे भएकोले चिन्ता पनि बढ्ने योग छ । यसले मनमा अझ अनेक तर्कनाहरु पनि बढाउने छ । कुरा काटनेहरु धेरै हुनेछन । विश्वास गरेकाले धोका दिन थाल्ने छन् । लेनदेनमा विबादको सामना गर्दा अलि दह्रो हुनुपर्ला, नरमपनले दिनेलिनेहरुले कमजोरी ठान्ने छन् ।

 

 

 

 

साताको शुरुमा मित्र तथा परिवारीक जमघटले मनोवल बढने छ । काममा सुधार आउने मात्र होइन, आमदानि सहित मान प्रतिष्ठा पनि बढने संयोग सामुन्ने नै छ । पढाइमा सुधार आउने तथा सन्तानको पढाइमा भएको सुधारले मनमा खुशी बढ्ने योग छ ।

 

कुरा काट्नेहरुले प्रशंसा गर्न थाल्ने छन् । विवाद बढ्न सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला । पढाइमा पाउने सफलता निरन्तर कायम रहने छ । बैदेशिक भ्रमणमा जाने शुभ अवसर मिल्ने छ ।

 

अरुबाट सम्मान पनि पाउने बेला शुरु हुँदै छ । व्यापारमा सफल भै आमदानी बढ्ने योग छ । रमाइलो यात्रा हुने तथा पराक्रम बढनुको साथै अधुराकाम बन्ने छन् । नयाँ र आकर्षक काम पाउने योग छ ।

 

अरुको विश्वास सजीलै जित्न सकिने छ । नोकरि तथा राजनीतिमा आफ्नु बर्चस्व बढाउन सकिने, छ फूकीफूकी कदम चालियो भने । आमदानिका नयाँ श्रोत फेला पर्ने छन् । अरुको मन जित्न पनि मजैले सकिने छ । भाग्यले पनि राम्रै साथ दिनेछ । धर्ममा पहिले भन्दा निकै रुचि बढ्ने छ ।

 

 

 

 

 

साताको शुरुमा बौद्धिक कार्यको माध्यमबाट राज्यमा गरेका काम सफल भै पशंसा पाउनु होला । पढाइमा सुधार आउने छ । कुरा काटनेहरु भए पनि प्रशंसकहरु बढ्ने छन् । अरुको विश्वास आफूप्रति रहने छ । शत्रु पराजय हुने छन् । जोस र जाँगर बढ्ने भएकोले सजिलै काममा सफलता पाइने छ । नोकरि तथा राजनीतिमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ ।

 

व्यापारमा गरेका प्रयासहरु सकारात्मक रहने छन् । यात्रा भने रमाइलो हुने छ । भेटघाटमा मन रमाउने छ । धन राम्रैसंग जगेर्ना गर्ने अवसर आउदैछ । सोच्ने शक्ति पहिला भन्दा निकै बढ्ने छ । पहिलो भेटको कुराकानीबाट प्रभावित भइ सहयोग गर्नेहरु बढ्ने छन् । घर तथा सवारी साधन जोड्ने तरखरमा भए सजिलै सफलता मिल्ने छ ।

 

 

साता समय सबैतिरबाट अनुकूल रहने देखिन्छ । शुरुमा बौद्धिक कार्यमा संलग्न भै हातभरि धन कमाउने अवसर मिल्ने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा उच्च स्थान पाउनु होला । राज्यले तपाइको महत्वलाई राम्ररी बुझेको छ भन्ने देखिनेछ ।

 

काममा पनि सुधार आउने छ । राम्रै भुक्तानी हुने काम हात पर्ने देखिन्छ । यसले मनमा हौसला बढाउने र अनुहारमा तेजीपनि देखिन थाल्ने छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । बैबाहिक संबन्ध सुमधुर हुने र प्रेममा अझ सफल भै दशै अघि वा पछि यात्रा गर्ने अवसर मिल्ने देखिन्छ ।

 

मान सम्मान पनि पाउनु होला । व्यापारमा गरेको लगानी सन्तोषप्रद नै रहने छ । शनि, वृहस्पति, राहु प्रतिकूल रहेकोले शत्रु भने बढ्ने छन् । स्वास्थ्यमा संकट नआउा भन्न सकिन्न । अरुबाट हुने कठोर आलोचनाले गर्दा राज्यवाट हातैमा पर्न थालेको अवसर खुस्कन सक्छ । यसले नैराश्यता र उदासिनता भने भयानक रुपमा बढाउन सक्ने छ । खर्च बढ्ने, विबाद बढ्ने र रिषको बेग पनि बढ्न सक्ने भएकोले सफलताको लागी हनुमान चालिसा पाठ गरे धैर्यता मिल्न सक्छ ।

 

 

 

 

समय रामै्र रहे पनि साताको शुरुमा शत्रु बढ्ने र मनमा अनेक कुराहरुले बास गर्ने छन् । स्वास्थ्यमा संकट पनि आउने छ । लेनदेनको विबाद पनि बढ्ने छ । नैराश्यता र उदासिनताले हात परेको कामलाई समेत ओझेलमा पार्ने छ ।

 

अरुका काम धेरै गर्नु पर्ला । जसपाउने सम्भावना कमै रहने छ । सोमवारदेखि पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । भाग्यले साथ दिनुको साथै मान सम्मान पाउने संभावना देखिन्छ ।

 

नोकरीमा उन्नती र राजनीतिमा प्रगति हुने छ । व्यापारमा सफलता पाउने र यात्रामा रमाइने छ । भेटघाटमा सहयोग पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्ने छ । फड्को मार्ने विचार गर्नु पर्ला । पढाइमा सफलता पाउन भने अलि कसरथ गर्नु पर्ला ।

 

 

 

 

साता अनुकूल रहने छ । शुरुमै बोलिको प्रभावले व्यापार बढ्नुको साथै रमाइलो यात्रा हुने योग छ । आँटेको काममा सफलता मिल्ने छ । परिश्रमले आफनु लक्ष पुरा गर्ने छ । आमदानीका श्रोतहरु धेरै फेला पर्ने छन् । नोकरि र राजनीतिमा गरिएको सानै प्रयासले पनि ठूलो सफलता मिल्ने देखिन्छ ।

 

भेटघाटमा मन रमाउने छ पढाइमा सुधार आउने र शैक्षिक उन्नतिको कारण सोचै जस्तो हुने छ । पढ्न परदेश छात्रबृत्तिमा जान सहज वातावरण बन्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । ठूला र सम्मानित व्यक्तिहरुबाट पाउदै आएको सहयोग अझै निरन्तर रहने देखिन्छ ।

 

भाग्यले साथ दिने र धार्मिक कार्यमा रुचि बढ्ने छ । सामाजिक कार्यमा सुधार आउने र मनमा प्रसन्नता बढ्ने छ । मंगल र बुधबार ग्रह प्रतिकूल भएकोले खर्च मात्र होइन, विवाद पनि बढ्ने छ । अरुवाट आलोचना हुने भएकोले संयम रहनु होला ।

 

 

 

 

साता राम्रो छ । शुरुमा परिश्रमले राज्यवाट मान सम्मान र उचित स्थान पाउने योग छ । काममा सफलता पाउने र दाम मनग्य कमाउने अवसर मिल्ने छ । बोलिको प्रभाब अझै बढ्ने छ । पराक्रम बढ्ने र अधुराकाम सम्पन्न हुने योग छ । नोकरी तथा राजनीतिमा आफन्तहरुको सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नु मन प्रसन्न हुने छ ।

 

भाग्यले साथ दिने छ । सामाजिक सेवा र धर्ममा रुचि बढ्ने छ । घर जग्गाको बन्दोवस्त मिल्दै आइरहेको छ । अब व्यापारमा पनि सुधार आउने छ । यात्रामा पनि लाभ मिल्ने छ । बृहस्पति र शुक्रवार स्वस्थ्यमा संकट आउने छ । खर्च बढ्ने, विबाद बढ्ने र विश्वास गरेकाले धोका दिने छन् । आफ्नु प्रयासमा षड्यन्त्र हुने भएकोले सोचेर काम गर्नु पर्ला । गलत विचार बढ्न सक्छ, समयमै सजग हुनु बेश ।

 

 

 

 

समय त्यति नराम्रो छैन । स्वास्थ्यमा समस्या आउने र चिन्ता बढ्ने योग भएकोले साता भरि नै संयम हुनु पर्ला । आर्थिक कारोवारमा अघि नबढ्नु नै उचित छ । बौद्धिक कार्यमा सफलता हुने भएको त्यसको उपयोग गरेर अघि बढ्नाले काममा सुधार आउने तथा मनमा प्रसन्नता झल्कने छ । कर्म र भाग्यका साथ अघि बढे वातावरण अझै सहज हुने छ । राज्य आफ्नो पक्षमा रहने हुदा गरेका प्रयासहरु निस्फल हुने छैनन् ।

 

विचार पु¥याउदा अचनाक ठूला व्यक्तिको सहयोगले मान सम्मान मिल्ने छ । अरुको विश्वास आफूतिर रहने छ । यात्राको अवसर मिल्ने छ । जोसर जाँगर बढ्ने छ । प्रयास गर्दा ठूलो काममा सफलता पाउने र पदक प्राप्तिको योग पनि छ ।

 

कर्ममा जोड दिनु होला । गोपनीयतामा जोड दिए नाम कमाउन पनि सकिने छ । बैदेशिक कार्यमा सफलता सोचे भन्दा बढि नै होला ।

 

Comments

NIC Asia