MENU
चेलाको उद्दार
 : 76 views
            -सरिता अर्याल      Feb 02, 2019

ए माइती नेपाल नेपाली चेलीलाई ललाई फकाई लगेर मुम्बईको कोठीमा बेचिएकी चेलीको त तिमीले उद्दार गर्यौ तर गर्न सकेनौ त्यहि साउदीको कोठीमा बर्सौ पहिलेदेखि अलमल परेका मेरा दाजुको उपकार ।

 

 

 -सरिता अर्याल 

 

‘तपाइ हामि मिलेर पुछौँ ति कुना कप्चेरामा रोएर बसेका पुरुषको आँसु’

 

रोशन बिहानको कलेज त्यसपछि दिनभरिको कामबाट फर्किने क्रममा उ सधै साझा गाडी प्रयोग गर्ने गर्छ महिला सिट मात्र खालि देख्छ । उसका थकित सरिर  थाकेको हुन्छन् उसको मन अनि शरीर दुबैले उभिएर यात्रा गर्न अप्ठ्यारो मानिरहेको हुन्छ तरपनि उसले त्यो ठाउमा बस्ने आट गर्दैन । अनेकौ कुरा खेलाउछ किन महिलामात्र पुरुष पनि हुनुपर्ने रत्नपार्कदेखि काडाँघारीसम्म त्यो सिट खालि हुन्छ तर कोहि पुरुष बस्ने आट आउदैन रोशन जस्ता यस्तै हजारौ थकित युबकहरु बलवान पुरुषको उपनामले धेरै कुरामा जवरजस्ती सहमति जनाई सहभागी हुदैछन ।

यता सिता आन्टी आफ्नो सानो छोरालाई सिकाउदै छिन बाबु त छोरा होस् कहिल्यै रुनुहुदैन … बालापनको त्यो अबोध मस्तिष्कमा त्यसरी ज्ञान भरिदैछ हाम्रो हुर्काइमा । यस्तै हाम्रा पुरुष दाजुभाइको कुरा निकाल्दै जाने हो भनि कति छन् कति, कहिलेसम्म यहाँ निर्मला एक चेली मात्र पिडित छैनिन समाजमा त्यस्ता कैयौ निर्मल कुना पसी रोइरहेका छन् र आफुले आफैलाई खत्तम गर्दैछन । सुनाउने कसलाई बहादुरको नेमट्याग दिइएको छ, त्यसैले कयौ पुरुष दबेर बसेका छन् ।

‘छोरी महिला चेलीमात्र  पिडित हुदैनन् खोलियोस अब यस्तो सस्था जहा चेलाको उद्दार एक पिडित युबकको उद्दार हुनेछ ।’

ए माइती नेपाल नेपाली चेलीलाई ललाई फकाई लगेर मुम्बईको कोठीमा बेचिएकी चेलीको त तिमीले उद्दार गर्यौ तर गर्न सकेनौ त्यहि साउदीको कोठीमा बर्सौ पहिलेदेखि अलमल परेका मेरा दाजुको उपकार । आज १२ बर्स बितिसक्यो प्रदेस गएका स्यामलाल दाजु फर्केर आएका छैनन । मेरो मानसपटलमा अझै याद छ १२ बर्ष पहिले ति दाजुले बोलेका बोलिसंगै बिसाएका बिन्ति …. ए बुझाइदेउन मेरी आमा बाबुलाई प्रदेशमा मात्र पैसा टिप्न सकिदैन म कुटोकोदालो खन्नेछु र आफ्नै कुमालेबारी सम्माउनेछु भनेर धुरुधुरु रोएको ।

आज हराए मेरो स्यामलाल दाजु पनि, थाके ति बुढि आमाका आँखा बिर्सिन छोराले कस्तो हुदा बस्नुस है आमा म छिटै फर्केर आउछु भनि पाउ छोएर गएको । स्यामलाल दाजुजस्तै खाडी मुलुकमा बर्सौ वर्षदेखि लापत्ता भएका ति दाजुहरुको खोइ कसले गर्ने उद्दार, खोइ कसले दिने तिनको कुरामा चासो ? कयौ हाम्रो नेपाली दाजुभाई खाडी मुलुकमा अनायासै मारिएका छन् । कारण थाहाँ पाउछौ त हामि ? हजारौ सम्पर्कबिहिन छन् थाहा छैन लास बनिसके या सास बाँकी नै छ ? लाखौ खर्च गरि अनेकौ परिक्षा संगै ब्याक्तिगत बिबरणको लेखाजोखा गरेर पठाएजस्तै कसले गर्ने गैसकेको दाजुहरुको दैनिकी कार्यको लेखाजोखा ?

रेमिटान्सले देश बिकास भएको छदैछ, अरु कुराको के चासो हामीलाई ? सामाजिक संजालको भित्ताहरुमा जिउ नै सिरिंग हुनेगरी एक नेपालीको साउदीमा मृत्युदण्ड, कयौ युवाहरु अलपत्र न फर्किन साथमा पासपोर्ट अनि अर्कोतिर हजारौ नेपालि युवाहरु अरबको जेलमा कैद छन् । फेरी देख्न पाए हुनी केहि दिनपछि उनीहरुको उद्दारको खबर तर …? । केहि दिनपछि आउदैनन फेरी तिनको उद्दार भएको छ, र यसकारण युबकलाइ मृत्युदण्ड दिईदैछ भनेर, यी त केबल अहिले फेसबुकको न्युजफिड स्क्रोल गर्दैजादा देखिने दृश्यमा मात्र सिमित छन् । जिम्मेवार को ? दोष हामि कोमाथि देखाउने ? साचै त्यो नर्कजस्तो खाडीमा बिचल्ली परेका नेपालि दाजुको चित्कार हामि नेपालिले नसुनेका हौ त् ? नारि हित नारी हक अधिकारका लागि सधै लडेकै छौ अव पालो पुरुष हित युबक हक अनि अधिकारको ।

गठन गरियोस सरकार पक्षबाट बैदेसिक रोजगारमा गएका युवाको दैनिकी लेखाजोखा नीति । खोलियोस अर्को माइती नेपाल गरोस काम युबकका लागि, पिडित युबकका लागी लेखाजोखा, पिडित श्रीमानको उजुरी उठाईयोस, साउदीमा अलपत्र परेका युवाका मुदा समाबेश गरियोस । जसले स्यामलाल दाजुजस्ता हजारौ गुमनाम दाजुको उद्दार गरोश, आइयोस समाचारका पानाहरुमा १२ बर्सदेखि साउदी/कतारमा अलपत्र परेका, जेलमा परेका एक सय एकाउन्न पुरुषको अथवा चेलाको उद्दार र नेपाल फर्काइ नेपालमै स्वावलम्बी सिप सिकाइ आत्मनिर्भर बनाइदैछ ।

यो बिषय म एक एक्काइस बर्सिय युवतीको मानसपटलमा यसै आएन रमाइला मिठा कहानीमा रमाएर बस्नुको सट्टा यस्ता कुराले धक्का दिईरहेको छ भनि पक्का बिसय गहनसिल छ भोलिका बिषय समस्या भन्दापनि समाधानको होस् र छिट्टै नै ति अल्मलिएका चेलाको उद्दार होस् ।

जय देश, जय नेपाल

 

 

Comments

NIC Asia