MENU
ठुलो घरभित्रको अध्यारो कोठा – २
 : [views]
-सरिता अर्याल           Mar 03, 2019

                  

-सरिता अर्याल

सन्तोषीको जीवन फेरी सुरु हुन्छ, मित्रलाल जी, यानिकी मेरा पतिदेव बैदेशिक काममा जानी दिन आयो केहि महिनाको छुट्टी सक्किएपछि उहा कतार फर्किनुभयो । म केहिदिनका लागि माइती गए, मेरो बुबा ममी सबै परिवार निकै खुशी देखिनुभयो म अंगालोमा झम्टेर फेरी त्यो नर्कमा जानी मन छैन बाबा भनेर रुनी मन थियो तर उहाहरुको खुशीको अगाडी मेरो दुख पोख्न सकिन । मेरी प्यारी साथी अस्मिता म आएको खबर संगै मेरो घरमा आइपुगेकी रहिछ, देख्नेबित्तिकै झम्टेर रोइ, काली कति दिन भयो गएपछि हाम्रो याद पनि आउदैन है माया मारिस तैले मेरो यति टाढा हुन्छ बिहे गरेपछि साथीको नाता ? अस्मिताले मलाई मनभरिको आक्रोस व्यक्त गरि नगरोस पनि कसरी म गएदेखि त्यससंग कुराकानी गरेकी थिइन् । ल यो छोड यो सव अहिले त हामी भेट भएका छौ अव सबै कुरा छेउमा राखी हाम्रो बेग्लै दुनियामा रमाउनुपर्छ संगै कलेज जानुपर्छ रमाइलो गर्नुपर्छ उ आफ्ना रसाएका आखा पुछ्दै मुस्कुराउदै थिइ । मेरा झुकेका नज़र देखेर उ प्रश्न गर्छे के भयो प्यारी भर्खर नौली दुलहीको अनुहारमा यो निरासा सुहाउदैन तलाई सव ठिक छ नि ? रोक्न सकिन महिनौ देखि गुम्स्याएको पिडा भक्कानो छोडेर रोएछु सोचे जस्तो देखे जस्तो छैन अस्मिता जीवन म अव तसंग रमाइलो गर्दै फेरी ति दिनजस्तै कलेज जान सक्दिन गोठमा बाधेको गाइ भैसीजस्तै बाधीसकेकी छु म ।

 

सन्तोषी त यो के भन्दैछस ? हो मान्छु म तेरो बिबाह भएको छ तर तेरो जीवन रोकिएको त हैन नि, यति राम्रो पढ़छेस, कलेज टपर सबै गुरुहरुको आखामा बसेकी छस तेरो सपना ठुलो छ जुन तैले साकार गर्नुपर्छ अनि एक उदारणीय नारि बन्नुपर्छ । उसलाई के थाहा म अव आमा बन्नी तयारीमा लाग्नुपर्छ भनेर, केहि बर्षपछी म आफु जिम्मेवार बनेसकेपछी बच्चाको बारे सोचुम्ला भन्दा, उसको दुइ झापड खाइ सुनेको त्यो तुत्छ गालि ….. बिहे गरेपछि जति छिटो पायो उति जाति म बिदेस जादा त पराइ पुरुषसंग जिस्केर बस्न पाउदिनस के थाहा म नभएको मौका छोपी के के गर्छेस बच्चा भयो भनि त उसको हुर्काइमा व्यतित हुन्छेस, त्यति भएपछी कोहि पराइ पुरुषले आखा लगाउनी होइनन मेरा पतिदेवको महान सोच । थाहा छैन मेरो जीवनमा के भैरहेको छ, अव हुनी घटनालाइ कसरी सम्हाल्ने छु, कसरी सहन्छु यो कुराबाट भागि कतै भाग्न सक्दिन । धेरै देखेको छु, श्रीमानको कमाइमा रजाई गरि पोइला गएका आइमाईहरु त्यसैले म तलाइ एक सुको पाठाउदीन घरमै पठाउछु चाइएको बेला माग्नु, सा सानो कुरामा खाचो पर्दा कसरी सासु ससुराको मुख ताक्न जानु आफै दिनी उहाहरुको चलन छैन छोराले मलाइ पठाएको छ भन्नि धारणा पालेका जो छन् । समाजमा धेरै किसिमका घटनाहरु हुन्छन तर त्यसकै पछाडी लागेर आफ्नो मान्छेहरुमा यसरी अविस्वास पाल्नु के जीवनको लागि राम्रो हो ?

 

मलाइ मेरा साथिसंगी परिवार आफन्तजन सबैबाट नजर बन्दमा राखिएको थियो, मेरा श्रीमान जी, उहाको आज्ञाअनुसार म एक बिबाहित महिला हु उसको बुढा बाहेक अरु कोसँग के कुरा हुन्छ र ? फोन एक मिनेट बिजी हुनुभएन म चाहे मेरै परिवारसंग बोलेको किन नहोस त्यहा उसको बुजाई म अरु भिन्न पुरुषसंग गफ लडाईरहेको हुन्छ । उसको फोन आएको एक सेकेन्ड ढिला नगरी उठाईहाल्नु पर्छ नत्र अनेकौ कुराहरु खेलाएर बस्छन, पक्कै म कुनै पर पुरुषसंग भलाकुसारी कसेकी हुन्छु, सुन्दा अचम्म लाग्ला म बाथरुम जादापनि आफ्नोसाथ फोन बोकेकी हुन्छु । उसको मिसकलको घन्टी आएपछि मात्र म अनलाइन हुने गर्छु त्यो पनि सिर्प उसंग मात्र कुरा गर्न, चाहे त्यो बिहान ४ बजेको होस् या रातिको २ बजेको होस् उसको मनअनुसार म चल्नुपर्दछ । मैले यो सव सुनाइरहदा सोच्दै हुनुहुन्छ होला अनि आफ्नो बुढा हो उसंग बोल्नु परिहाल्यो के खराब छ यसमा संका भइहाल्छ सम्बन्धमा ! संकाको एक उचित ठाउ हुन्छ जव यसले आफ्नो कामभन्दा बाहिर सोच्छ त्यहा प्रतिफल अलग आउन सक्छ हजुर ।

 

अनि आयो उसको कल अथवा भिडीयो कल म आफ्नै घरको त्यो चारकुने कोठाको भित्र हुनुपर्दछ, कल गर्नासाथ मेरो हालखबर भन्दा उसलाई चिन्ता रहन्छ म कहा छु कहा हो पहिला बाहिर देखा अनि त्यो फोन चारदिसा घुमाउनु पर्दछ । मेरो सन्चो बिसन्चोको चासो लागेर कल गर्छ कि के को लागि अचम्म लाग्छ आखिर यो सव के का लागि न मैले उसले यसरी संका गर्नुपर्ने, बन्धेज़ लगाउनुपर्ने कार्य नै गरेकी छु ।

 

बिस्तारै समय बित्दै गयो हिजोको बाबुआमाकी प्यारी छोरीबाट बुहारी, श्रीमती हुदैँ आज एक सुन्दर छोरीको आमा बनिसकेकी छु । यो नौ महिनाको समय निकै कठिनपूर्ण रह्यो आफ्नो मान्छेको साथ खोजिमा व्यतित भयो समय, यो समयमा जस्तो सुकै भएपनि उसको साथ पनि चाहिरहेकी थिए । कति सपनाहरु भएपनि जव एक सन्तानको आमा बनिसकेपछि कुरा अलग हुनी रहेछ छुट्टै जिम्मेवारी थपिदो रहेछ । अव मैले मेरा लागि मात्र होइन मेरी छोरीको लागि उनको हेरचाह साथै भविस्यको लागि सोच्नुपर्दछ । यो ठुलो घरभित्रको अध्यारो कोठाको साया मेरि छोरीमाथि पर्न दिदिन, आफु जलेर भएपनि छोरीको सुनौलो भविस्यको लागि सोचेर रमाउन थालेकी थिए । उसको बुजाई जे जस्तो भएपनि मेरी छोरी कुरा नबुझे पनि उनि मेरो साथी अनि बाच्नुको साहारा बनिसकेकी छिन । तर अचानक मेरा ठुलो घरमा बस्नुहुने मेरा परिवारमा यो खुशीको सहन भएन पहिलो बुहारी पहिलो सन्तानको रुपमा बंश जोगाउने छोराको चाहमा चलेका छोरीको आगमनसंगै उहाहरुमा नैराश्यता थपिएको थियो । यसरी दिनप्रतिदिन मानसिक पिडा हुन थाल्यो परिवारबाट अनकौ बहानामा हद नै पार गरेर मानसिक पिडा झेल्नुपरेको थियो कति खुसि थियो मेरो जीवन आज सबै अलग छ ! न त अव भागेर कतै जान सक्छु न त यसलाई सम्हालन कुरा नगरेको पनि होइन घरमा किन यस्तो भैरहेको छ भनि जान्न खोजे तर मेरो कुरा अर्थ न व्यर्थको भयो ।

 

मेरो गाउको साइलि भाउजुलाइ दाजुले कति माया गर्छन बुहारी नभनी छोरीजस्तै ब्यवहार गर्छन घर परिवार तर उनि कहिले सन्तुस्ट खुशी हुन् सकिनन् साइला दाजुले उनको सुन लाउने रहर पुरा गर्न सकेनन्, बिहान बेलुकै घुर्की लाएर बसेकी छन् । तर उनीलाई के थाहा जीवन खुशी ठुलो घर सुन धन सम्पति होइन यस ठुलो घरभित्रपनि एक अध्यारो कोठा हुन्छ र हरेक अध्यारो कोठामा यस्तै अनेकौ कथा भेटिन्छन ।

 

यसरी दिनदिनैको अत्याचार सहेर म अरु थप दिन यो अध्यारो कोठामा बस्न सकिन, बरु डुंगा, पिटेर भएपनि म मेरी छोरीलै उज्यारो भविस्य दिन्छु भनि यस घरबाट भागी एक गाउमा सानो बस्तीमा पालको छहारीमुनि संगर्ष गर्दैछु । आज मैले त हिम्मत हारिन मरेर भन्दा संगर्ष गरेर एक छाक तार्नेछु भनि अठोट पालेर नया पाइला अगी सारेकी छु ।

 

तर आज कयौ सानी नानिहरु सहर, धन सम्पतिको लोभमा परिवारको दबाबमा यस्तो दलदलमा फसिरहेका छन्, …. कति मेरा सन्तोषी दिदि जस्तै दिनदिनै मानसिक तथा सारीरिक पिडा सहिरहेका छन्, …. कति मेरा साथिहरु मानसिक पिडाका कारण आज मानसिक असन्तुलनको पीडक त कतिले बर्सेनि आत्महत्या गर्न बाध्य   छन् । अवका दिनका प्रिय सन्तोषीको बुबा आमा उनि केहि गर्नी अठोट गर्छिन भनि तपाई साथ् दिनुहोला तर एउटा बिबाह नै छोरीको जीवन भनि नठानीदिनुहोला ।

जय नारि, जय न्याय …

 

 

     

Comments

NIC Asia