MENU
स्वर्णलाई स्वर्ण स्वागत
 : 144 views
  Dec 25, 2018

 

विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । स्वर्ण विजेता महर्जनलाई एअरपोर्टमा गरिएको भव्य स्वागतको हेरौं तस्विरहरु।

 

थाइल्याण्डको चाङमईमा भएको १०औं  विश्व च्याम्पियनसीप शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेर मंगलबार स्वदेश फर्केका बडि बिल्डर महेश्वर महर्जन आफूले पाएको स्वर्ण पदक देखाउदै । तस्वीरहरु  : रत्न श्रेष्ठ, रासस, ।

पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताउनुभयो । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भन्नुभयो । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनले भन्नुभयो । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ÷नौ लाख खर्च गरेको बताउनुभयो ।

 

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल हुनुभएको थियो ।

 

विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जित्नुभएको थियो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्नुभएको हो । बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

थाइल्याण्डको चाङमईमा भएको १०औं  विश्व च्याम्पियनसीप शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेर मंगलबार स्वदेश फर्केका बडि बिल्डर महेश्वर महर्जन आफना आमालाई अंगालो मार्दै ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia