MENU
मुगुको ल्होसार
 : [views]
-कविराज कार्की   Jan 21, 2019

 

 

मुगु जिल्लाको पुर्वी क्षेत्रमा बसोवास गर्दै आएका लामा समुदायहरु पौष शुक्ल प्रतिपदाका दिन देखि  आफ्नो मौलिक पहिचान बोकेको परम्परागत ल्होसारपर्व धुमधामका साथ मनाइरहेका छन् ।

नेपालमा  बसोबास गर्ने विभिन्न जात जातिहरुका मौलिक परम्परामा आधारित थुप्रै चाडवाडहरु भए पनि मुगुम कार्मारोङ्गका जनजातीहरु आफ्नो एकमात्र विशेष पर्व ल्होसार विलकुलै फरक र अनौठो शैलीमा मनाइ रहेका छन् । उनिहरुको भेषभुषा‚ गहना र मनाउने तरीका हेर्दा साँच्चै नेपाल साँस्कृतिक तथा मौलिक पहिचानको धनि देशका रुपमा चिनाउन सकिन्छ ।

फागुनमा पर्ने ग्वाल्भो ल्होसारको समयमा बर्षे वाली लगाउने चटारोका कारण  यतिखेर फुर्सद हुने भएकाले विशेष महत्वका साथ हप्ता भरी विभिन्न थरी नाच गान गर्ने र इष्ट मित्रहरुलाई आ–आफ्नो घरमा पाउना बोलाई छ्याङ्ग लगाइत मिष्ठान्न भोजन खुवाइ ल्होसार पर्व मनाउने प्रचलन भएको कुरा मुगुम कार्मारोङ्ग गाँउ पालिका प्रमुख छिरिङ्ग क्याप्ने लामाले बताएका छन्  ।

इष्ट मित्र धेरै हुनेहरुको ल्होसार पर्व करिव एक महिना सम्म पनि चलिरहन्छ । गाँउका लामा र धामीहरुलार्इ प्रत्येक घर बाट ल्याइएको छ्याङ्ग र पुजा सामग्री चढाउने प्रचलनले सामाजिक एकता र मित्रता कायम गरेको पाइन्छ । परम्परागत बहुमुल्य गहनामा सजिएका स्थानिय महिला तथा पुरुषहरुको सामुहिक नाच निकै आकर्षक तथा मनमोहक देखिन्छ । बाजा बजाउदै घरघरमा जाने पूरुषको टोलिका साथै अनौठो मुकुट लगाएर नाचिने नाचले घर तथा समुदायमा अनिष्टको अन्त्य भै सबैलाई शुभ होस् भन्ने गरेको बुझिन्छ ।

बदलिदै गएको आधुनिक जीवनशैलीका कारण अन्य समुदायहरुका मौलिक संस्कृति लोप हुदै जान थालेको अवस्थामा यो समुदायले भने बचाई राखेको पाइन्छ ।

यस क्षेत्रको लोक संस्कृति बचाइ राख्ने हो भने जातिय पहिचान जोगिनुका साथै पर्यटक आकर्षणका कारण आय आर्जनको प्रमुख विषय समेत बन्ने सक्ने कुरा बुद्दिजिविहरुको कथन छ ।

शव्द तस्विर : कविराज कार्की /  मुगु     

 

 

 

 

 

 

 

 

 

 

 

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia