MENU
अलौकिक गोसाइकुण्ड
 : [views]
-सुनिल शर्मा   Feb 25, 2019
सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल गोसाईकुण्ड रसुवाको स्याफ्रु गाउँ विकास समिति अन्तर्गत लाङ्टाङ् राष्ट्रिञ्य निकुञ्ज क्षेत्रमा पर्छ। गोसाईकुण्ड धार्मिक तथा पर्यटकीय हिसाबले ख्याती कमाएको क्षेत्र हो । रसुवा जिल्लामा अवस्थित गोसाईकुण्ड ताल समुन्द्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाईमा छ । त्रिशूली नदिको उद्गम स्थलको रुपमा रहेको यस कुण्डमा वर्षको दुईपटक धार्मीक मेला लाग्ने गर्दछ । दशहरामा र जनैपुर्णीमामा दशहरामा भन्दा जनैपुर्णीको मेलामा धेरै जिल्ला र विदेशीहरुको समेत जमधटहुने गर्दछ भने वाह्य पर्यटकहरु भने जुनसुकै महिनामा त्यस स्थानमा पुग्ने गर्दछन् ।
गोसाईकुण्ड तालमा स्नान गरेपछी मनले चिताएको पुराहुने जनविश्वास रहेको छ । बाग्मती अञ्चालको उत्तर तिब्वती सिमानामा जोडीएको रसुवा जिल्लामा रहेको गोसाईकुण्डको धार्मीक महत्व युगौ देखि रहदै आएको छ । काठमाडौँबाट रानिपौवा, त्रिशुली, वेत्रावती, कालिकास्थान, राम्चे हुदै एक सय अठार कि मि यात्रा पछि रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ । धुन्चे बाट पैदल लौरीविनाएक को उकालो पारगरेपछि चन्दन बारिको तेरपैलोबाटो हुदै चोलाङपाटि को बाटो एक दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ ।
गोसाईकुण्ड सगैँ धार्मिक, जैविक, विविधता, ऐतिहासिक,पर्यटकिय र सांस्कृति महत्व बोेकेको भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड र सुर्य कुण्ड जस्ता प्रख्यात कुण्डहरु यस क्षेत्रमा रहेको छ । काठ्मान्डौ देखि गोसाईकुण्ड सम्म जादाँ बाटोमा पर्ने रानिपौवा बाट देखिने नुवाकोट र रसुवा जिल्लाका प्राकृतिक दृष्श्य लाङ्टाङ, गणेश हिमाल को दृश्य मात्र होईनचन्दनबारीको चीज, खानको लागि रेन्वो ट्राउट माछा, ढिडो र सिस्नोको स्वादले मनै लोभ्याउछ । साच्चैनै  स्वर्गको अनुभुति गर्न सकिने गोसाईकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरुका लागी उत्कृष्ट तपोभुमि पनि मानिन्छ ।
शब्द /तस्वीर : सुनिल शर्मा
 
#experienceNepal 
#visitnepal2020
#Nepal TourismBoard

Comments

NIC Asia