MENU
आपूर्तिमन्त्री र थप प्रहरी पुगेपछि तरकारी व्यापारी र विचौलियाको भागाभाग
 : 228 views
  Aug 20, 2018

काठमाडौँ, ४ भदौ : व्यापारी र विचौलियाले तरकारी अनुगमनमा गएको टोली थुनेको खबर पाउनासाथ आपूर्तिमन्त्री मातृका यादव कालिमाटी पुगेका छन् । थप प्रहरी पनि पुगेपछि व्यापारी र विचौलियाको भागाभाग भएको छ । प्रहरीले कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको छ ।

 

अनुगमनमा गएका सरकारी टोलीलाई नियन्त्रणमा लिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। आज बिहान अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको सरकारी टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका थिए। सरकारी टोली थुनेको आरोपमा अध्यक्ष खतिवडा पक्राउ परेका हुन् ।

 

अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोध गरेपछि बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको थियो। कालिमाटी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, आपूर्ति सचिव, आपूर्तिका महानिर्देशक, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलयायत घटनास्थल पुगेका छन्।

 

पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको थियो।

Comments

NIC Asia