MENU
दुध किन्ने ? लिटरको २५० रुपैयाँ !
 : [views]
  Sep 11, 2018

महोत्तरी, २६ भदौ : चाडपर्व नजिकिएसँगै महोत्तरीका अधिकांश स्थानमा दुधको मुल्य आकाशिएको छ । यहाँ दुध प्रतिलिटर दुई सयदेखि दुई सय ५० पुगेको छ ।

 

चौठीचन्द्र र तिज पर्व बुधवार एकैदिन परेको हुँदा बजारमा दुधको माग बढेकाले मूल्य आकाशिएको हो । तर, अब दशैँ, तिहार, छठलगायत चाड पनि नजिकिएकाले मूल्य घट्ने संभावना नरहेको स्थानीय बताउँछन् । ओरही बजारमा मंगलबार दुध प्रतिलिटर दुई सय ५० रुपैयाँ छ ।

सदरमुकाम जलेश्वरमा मंगलबार दुई सय प्रति लिटरमा बिक्री भएको छ । चर्को मुल्य तिर्दासमेत बजारमा दुध नपाएपछि ग्राहकहरु गाउँ गाउँसम्म पुगेर किनिरहेको स्थानीय बताउँछन् ।

 

तर, औरही नगरपालिका २ स्थित धनलक्ष्मी दुध डेरी उद्योगका संचालक धर्मेन्द्र यादव भने आफुहरुले दुध प्रति लिटर ६० रुपैयाँमा नै बेचेको बताए । दर्ता नभएका डेरीहरुले मनोमानी मुल्य राखेर बेच्ने गरेको र केही डेरीहरुले ग्राहकलाई फर्काएर दुध साइकल र मोटरसाइकलमा राखेर महंगो मुल्यमा वेच्ने गरेको उनले बताए ।

 

चौठीचन्द्र पर्वमा दही, खीरलगायत विशेषगरी दुधका परिकारहरु चन्द्र देवलाई चढाउने गरिन्छ । तीजको अघिल्लो दिन भने दुधबाट बनेका परिकारको दर खाने गरिन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia