MENU
यस्तो त घोडाघोडी ताल क्षेत्रमा छाडिएको ५६ किलोको अजिंगर
 : [views]
  Sep 27, 2018

धनगढी, ११ असोज : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरबाट उद्धार गरिएको ५६ किलोको अजिंगर घोडाघोडी ताल क्षेत्रमा छाडिएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाही, वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर बुढा, इलाका वन कार्यालय सुखडका ज्ञानु चौधरी, घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष दीपेन्द्रबहादुर शाही र इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधिको रोहोबरमा ताल क्षेत्रमा अजिंगर छोडिएको हो। सो अजिंगर मंगलबार साँझ घोडाघोडी ४ रामपुरका स्थानीयबासी सिताराम चौधरीले च्याउ खोज्ने क्रममा श्रीराम सामुदायिक वनमा देखेका थिए।

अजिंगर देखेपछि चौधरीले श्री राम सामुदायिक वन उपभोक्ता समितिका सचिव मंगल चौधरीलाई खबर गरेका थिए। सचिव चौधरीले इलाका वन कार्यालय सुखडमा खबर गरेपछि वन कार्यालयको टोलीले अजिंगरको उद्दार गरेको थियो ।

 

भर्खरै कुनै जनावर खाएको अजिंगरको जिउको बीच भाग फुलेको थियो । सो अजिंगर इन्डियन रक प्रजातिको भएको बताइएको छ । नेपालमा इन्डियन रक र वर्मिज गरी दुई प्रजातिका अजिंगर पाइन्छन् ।

बेलाबेलामा घोडाघोडी नगरपालिकाका विभिन्न क्षेत्रमा अजिंगर देखिने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घस्रने वन्यजन्तुको सूचीमा अजिङ्गरलाई सूचीकृत गरेको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia