MENU
परिवारमा भाइरलको प्रकोप-पत्नी,बुहारीसहित प्रचण्डपनि अस्वस्थ
 : [views]
  Jan 22, 2019

नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनि निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकलेकेही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।

 

मन्त्री मगर अस्वस्थ

 

खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।

 

भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनि सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएको स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिएका छन् ।

 

मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

 

त्यसै गरि प्रचण्ड पत्नी सीता दाहाल पनि बिरामी छिन । केहिदिन अघिदेखि उनलाई अस्पतालमा राखिएको छ ।

Comments

NIC Asia