MENU
साधारण सभामा राउटे देखी मुसहरसम्म सम्मानित
 : [views]
  Feb 01, 2019

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले आफ्नो ११ औ साधारण सभाका अवसरमा शिर्षा साना किसान कृषि सहकारी संस्थाका सदस्य मदन सिंह राउटेलाई उत्कृष्ट किसानका रुपमा सम्मान गरेको छ ।

विहिवार सम्पन्न भएको साधारण सभाका अवसरमा जंगलमा बस्दै आएका राउटे समुदायलाई शिर्षा साना किसान कृषि सहकारीले अहिले आयआर्जनका काममा संलग्न गराउँदै आएको छ । पुरस्कृत हुने राउटेले बाख्रा र कुखुरा पालन गर्दै आउनुभएको छ । यसैगरी संघले लाटिकोइली, सुर्खेतका छबीलाल खड्कालाई पनि उत्कृष्ट किसानका रुपमा सम्मान गरेको छ ।

 

नेपालमै च्याउको वीउ उत्पादन गर्ने युवा किसान दुलारी, मोरङ्गका सरोज नेपाललाई पनि संघले सम्मान गरेको छ । साना किसान कृषि सहकारी संस्था मार्फत महको व्यवसाय गर्दै आउनुभएको मकवानपुरको काँकडाका दिपनप्रजा (चेपाङ) पनि यस वर्ष उत्कृष्ट किसान बन्नुभएको छ । इनर्वासिरा बारा साना किसान कृषि सहकारी संस्थाकी सदस्य सबरा खातुन यस वर्ष उत्कृष्ट किसान वन्न सफल हुनुभएको छ ।

 

उँहाले गाई भैंसी र बाख्रा पालन गरिरहनुभएको छ । यसैगरी कुनै समय मुसा मारेर खाने जाती पविता देवीमुसहर अहिले बाख्रा पालेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । रघुनाथपुर धनुषा साना किसान कृषि सहकारी संस्थाकी सदस्य उँहालाई पनि यस वर्षको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिएको छ । यसैगरी गाई भैंसी पालन र तरकारी खेति गरिरहेका पदरिया, सिराहाका सदस्य दिनेश शाह पनि उत्कृष्ट किसानका रुपमा सम्मानित हुनुभएको छ ।

 

उत्कृष्ट किसानहरुलाई अर्थ मन्त्री डा युवराज खतिवडाले प्रशंसा पत्र र नगद ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले सानाकिसान कृषि सहकारी संस्था गुमी सुर्खेतकी प्रवन्धक दिपा राना, सानाकिसान कृषि सहकारी संस्था रघुनाथपूर धनुषाका प्रवन्धक दिपनारायण पुर्वे र सानाकिसान कृषि सहकारी संस्था महारानीझोडा झापाका प्रवन्धक चिरन्जीबि भण्डारीलाई पनि सम्मान गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia