MENU
डा. केसीको सत्याग्रह स्थगन, संघर्ष जारी रहने
 : 43 views
  Feb 01, 2019

 

काठमाडौँ, १८ माघ : चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ ।

अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो ।

“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताउनुभयो ।

डा केसीले पुस २५ गते इलाम पुगेर अनशन शुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएपछि सरकारले डा केसीलाई थप उपचारका लागि यही माघ ३ गते त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।

डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । यसअघि आजै पूर्वविशिष्ट व्यक्तिले डा केसीसँग भेट गरी अनशन स्थगित गर्न आग्रह गर्नुभएको थियो । (रासस)

 

 

काठमाडौं, माघ १८ :डा. केसीका अभियन्ता डा. अभिषेकराज सिंहका अनुसार डा. केसीले सत्याग्रह स्थगन गरेका छन् ।चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । आफूसँग भएको सम्झौताअनुसार विधेयक ल्याउनुपर्ने माग गर्दै अनशनमा बसेको भए पनि सरकारले उनलाई पेलेरै विधेयक पारित गराएको थियो ।

बिहीबार राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएपछि डा. केसीलाई संघर्षको रुप फेरेर आन्दोलनमा होमिन चौतर्फि दबाब परेको थियो ।

शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारीको हातबाट डाक्टर के सीले जुस खाएर अनशन तोडेका थिए।

 

Comments

NIC Asia