भारतको मणिपुरबाट ४० नेपाली सहित १०१ महिलाको उद्दार, एकजना मानव तस्कर पनि पक्राउ
: 53 views
: 53 views
Feb 02, 2019
काठमाडौं, १९ माघ : भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट ४० नेपाली सहित १०३ महिलाको उद्दार गरिएको समाचारमा जनाइएको छ । उनीहरुलाई अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका थियो । इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङबाट उद्दार गरेको हो । उनीहरुलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको आशंका गरिएको छ ।
माइती नेपालले दिएको सूचनाको आधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । विभिन्न ठाउँबाट १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गर्दै उनीहरुलाई छिट्टै नेपाल ल्याइने जनाएकोछ ।
इन्डियन एक्सप्रेसका अनुसार मानव तस्कर सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ पनि पक्राउ परेकाछन।