MENU
ग्लोबल आइएमई बैंकले रेमिट्यान्स बचतमा रु.५०० बोनस दिने
 : [views]
  Feb 03, 2019

 

ग्लोबल आइएमई बैंक लि. ले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई बचत गर्ने बानीमा बसाल्नको लागि बैंक खातामा जम्मा गरेमा बोनस स्वरुप रु ५०० उपलब्ध गराउने भएको छ । विदेशबाट नेपालमा भित्रिने रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचत गरी व्याज आर्जन समेत गर्न सकुन भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो । श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडी ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन् भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्राहकले ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिनेछ ।

ग्लोबल आइएमई बैंक लि. आम नागरिकमा बचत गर्ने बानीको बिकास गराउनको लागि प्रोत्सहान गर्ने उद्धेश्यले यस्तो योजना अगाडी सारेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Comments

NIC Asia